आपत्मा कुन दूताबासले कति रकम पठाए ?
जापान सबभन्दा अघि
काठमाडौं । वैशाख १२ मा आएको भूकम्प पछि नेपाललाई विभिन्न देशका सरकार, अन्तराष्ट्रिय दातृ निकाय, विभिन्न मुलुकमा रहेका नेपाली दूतावास र महावाणिज्य दूतावासले अहिलेसम्म ३ अर्ब २७ करोड १९ लाख ४ सय ४२ रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेर सहयोग गरेका छन् ।
साउन १९ गतेअगावै प्रधानमन्त्री कोषमा रकम जम्मा गरिसकेका ती देश र दूताबासले अहिले पैसा संकलन कार्य रोके पनि जापानस्थित दूतावासले भने निरन्तर पैसा संकलन गरेर पठाइरहेको छ । जापानस्थित नेपाली दूतावासले साउन १९ सम्ममा ४१ करोड ६७ लाख १३ हजार १ सय १८ रुपियाँ जम्मा गरेकोमा अहिलेसम्म बढाएर ५९ करोड रुपियाँ प्रधानमन्त्री कोषमा जम्मा गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता तारा पोखरेलले जानकारी दिए । राजदूत डा. मदन भट्टराई हरेक दिन जस्तो त्यहाँ सहयोग संकलनमा सहभागी छन् । जापानीहरूले स्वतस्फूर्त रूपमा समेत दूताबासमा सम्पर्क गरेर सहयोग प्रदान गरिहरेको थाहा भएको छ । राजदूत डा. भट्टराईको सक्रियताले पनि त्यत्तिकै भूमिका निर्वाह गरेको थाहा भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार विभिन्न देशका सरकार र दातृ नियोगले मात्र प्रधानमन्त्री कोषमा १ अर्ब ५१ करोड ३ लाख ८ सय ६४ रुपियाँ जम्मा गरेका छन् भने नेपाली दूताबास र महावाणिज्य दूताबासले १ अर्ब ७५ करोड ९७ लाख १८ हजार ५ सय ७८ रुपियाँ जम्मा गरिसकेका छन् ।
विभिन्न देशका सरकार तर्फ अल्जेरियाले १० करोड १३ लाख ४२ हजार ९ सय ८७, भुटानले १० करोड ११ लाख ४९ हजार ९ सय ९९, क्याम्बोडियाले १ करोड २ लाख, हङकङ ६६ करोड २० लाख, मकाओले २५ करोड ३० लाख, थाइल्यान्डले १२ करोड २४ लाख, लाओसले १ करोड २ लाख, क्रोसियाले ५१ लाख ९३ हजार ८ सय ७७, भियतनामले ५१ लाख १४ हजार, काजकास्तानले २ करोड ४ लाख, ब्रुनाई दारुसालमले ३ करोड ७० लाख ७३ हजार २७, जर्जियाले ५१ लाख, पूर्वी टिमोरले ५ करोड १० लाख र एसियाली विकास बैंकले ३० करोड ६० लाख रुपियाँ
प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् ।
विभिन्न मुलुकमा रहेका नेपाली दूताबासले त्यहाँका सामाजिक संघसंस्था, उद्योगी, व्यापारी र पेसाकर्मीहरूसँग संकलन गरेर झन्डै २ अर्ब रुपियाँ पठाएका छन् ।
नेपाली दूताबासमध्ये दक्षिण कोरियाले १५ करोड ७७ लाख ६८ लाख ४ सय ३०, चीनले १३ करोड ९२ लाख ८७ हजार १ सय ९९, जापानले ५९ करोड, इजरायलले ३० लाख ६९ हजार ५ सय १६, बंगलादेशले ५ करोड ५३ लाख ६६ हजार ९ सय १९, स्विट्जरल्यान्डले ३७ लाख ८४ हजार ८ सय ३७, थाइल्यान्डले क्याबोडियाको समेत जोडेर ४६ करोड ६९ लाख १३ हजार १ सय २६ र कुबेतले १ करोड ८१ लाख ७७ हजार ७ सय ३० रुपियाँ पठाएका छन् ।
त्यस्तै, छिमेकी मुलुक भारतस्थित दूतावासले बु्रनाईको समेत जोडेर २० करोड ७ लाख १५ हजार २ सय रकम जम्मा गरेको छ । ब्राजिलले ९ लाख ३६ हजार १४, कतारले ८३ लाख ९८ हजार ४ सय ५१, हङकङले १ करोड ९८ लाख ६२ हजार ६ सय ३, दक्षिण अफ्रिकाले ९१ लाख ९१ हजार १ सय ६१ र मलेसियाले ४ करोड ८० लाख ८४ हजार ५ सय ६७ रुपियाँ जम्मा गरेका छन् ।
भारतको कलकत्तास्थित महावाणिज्य दूताबासले १ करोड ८१ लाख ६८ हजार ७ सय १ रुपियाँ जम्मा गरेको छ भने ल्हासाले २ करोड ४ लाख १७ हजार ५३ पठाएका छन् ।
दूताबासहरूमध्ये यूएईले ९ लाख ९६ हजार ७ सय २५, अस्ट्रेलियाले ५९ लाख ५७ हजार ७ सय १५, यमनले १ करोड १० लाख ३३ हजार ४ सय ४८, बेलायतले ३ करोड १७ लाख ६९ हजार ९ सय ५०, साउदी अरबले ६२ लाख ९३ हजार १ सय ४८, पाकिस्तानले ४९ लाख ५३ हजार ४ सय ६८, रुसले १२ लाख ९७ हजार ८ सय ४८ र डेनमार्कले २ लाख ६३ हजार ४ सय ६५ पठाएका छन् ।
त्यसैगरी, फ्रान्सले ३१ लाख १४ हजार २ सय, क्यानडाले ६८ लाख ७७ हजार ९ सय २, बहराइनले ४२ लाख ३ हजार ४ सय ६२, जर्मनीले २६ लाख ३६ हजार १ सय ३२, म्यान्मारले ५२ लाख ४८ हजार ३ सय ७२, बेल्जियमले २ लाख ९१ हजार ६ सय ९९, इजिप्टले २ लाख ६८ हजार १७, श्रीलंकाले २३ लाख ४४ हजार ८, अमेरिकास्थित महावाणिज्य दूताबासले ४४ लाख ३८ हजार ३ सय ७८ र दूताबासले ८ करोड ८ लाख ८० हजार रुपियाँ प्रधानमनत्री राहत कोषमा जम्मा गरेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply