एमालेमा मात्रै एकमत कांग्रेस र एमाओवादीमा समस्या
काठमाडौं । संविधान निर्माण सन्दर्भमा एमालेभित्र देखिएको एकताको प्रतिस्पर्धी दलहरूले समेत खुलेर प्रशंसा गर्ने गरेका छन् । पार्टी निर्णयविरुद्ध आफूखुसी गर्दै हिँडेका आफ्ना सभासद्लाई काबुमा राख्न नसकेका नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख तीन दलको बैठकमा एमाओवादी नेता र आफ्नै पार्टीभित्र सधैं प्रतिपक्षीको भूमिकामा रहेका वरिष्ठ नेता शेरबहादुर देउवाको सामुन्नेमै एमाले र एमालेका नेताहरूको प्रशंसा गरे ।
संविधान निर्माणमा सहमति खोज्न गत साता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टी निर्णयविरुद्ध जथाभावी बोल्दै हिँडेका अमरेशकुमार सिंह, सुरेन्द्र चौधरी, दिनेशप्रसाद यादवलगायतका मधेसका सभासद्लाई कारबाही गर्न नसकेको बारे अन्य पार्टीका नेताहरूले प्रधानमन्त्री कोइरालालाई प्रश्न गरेका थिए । जवाफमा एमालेको प्रशंसा गर्दै कोइरालाले भनेका थिए– ‘तपाईंहरूको पार्टी जस्तो एकढिक्का कहाँ छ र ? संविधान निर्माणका सन्दर्भमा कसैले पनि पार्टी निर्णयविपरीत चुइअँसम्म बोलेको छैन ।’ हुन पनि पार्टीभित्रका अरू कतिपय विषयमा फरक–फरक मत भए पनि संविधान निर्माणमा कसैको फरक मत देखिएन । जतिसक्दो चाँडो संविधान जारी गर्नुपर्छ, प्रदेशहरू पहाड र तराई जोडिएका हुनुपर्छ, जतिसक्दो कम प्रदेश हुनुपर्छ भन्ने जस्ता मूलभूत कुरामा मात्र संविधानका धाराभित्रका मसिना कुरामा पनि एमालेमा समस्या देखिएन । चाहे, मधेसी, दलित वा जनजाति नै किन नहुन्, नेतृत्वको निर्णयलाई सबैले समर्थन गरेका थिए । त्यसमाथि एमालेमा प्यानलगत रूपमा प्रतिस्पर्धा गरेर नेतृत्वका लागि प्रतिस्पर्धा गरेको नवौं महाधिवेशन भएको अरू पार्टीका जस्तो धेरै समय भएको पनि थिएन । नेतृत्वले पार्टीका अन्य सबालमा गरेका एकपक्षीय निर्णयलाई लिएर नोट अफ डिसेन्ट लेख्नेसम्मका काम नभएका पनि होइनन् । संविधान निर्माणकै सन्दर्भमा पनि संस्थागत रूपमा बैठक बसेर निर्णय गरेर भन्दा पनि नेतृत्व एकल निर्णयबाट अघि बढ्दा पनि संविधान जारी गर्ने मूल्यमा कसैले नेतृत्वको विरोध बोल्ने आवश्यकता ठानेनन् । कांग्रेस र एमाओवादीमा खासगरी मधेसका नेताहरूले पार्टी निर्णय नमान्ने, बैठक नै बहिष्कार गरेर हिँड्ने जस्ता गतिविधि देखाए पनि एमालेमा यस्ता कुनै गतिविधि छिटपुट रूपमा समेत भएनन् ।
विदेशीको जिम्मा बरिष्ठलाई
यसैबीच, संविधान निर्माणको सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायसँग कुरा गर्ने र यो प्रक्रियाप्रति सकारात्मक धारणा बनाउन आग्रह गर्ने काममा सरकारी संयन्त्र चुकेको आरोप लागिरहेका बेला एमालेले वरिष्ठ नेता माधवकुमार नेपाललाई त्यस कामको जिम्मा दिएको छ । अध्यक्ष केपी ओलीले पूर्वप्रधानमन्त्री नेपालाई सोमबार साँझ उक्त अनुरोध गरेलगत्तै वरिष्ठ नेता नेपालले मंगलबार बिहान चिनियाँ राजदूत ऊ चुन्ताईलाई भेटिसकेका छन् भने भारत, अमेरिका, युरोपेली संघलगायतका राजदूतलाई भेट्ने र संविधान निर्माणको विकसित घटनाक्रमबारे जानकारी गराउने साथै समर्थन बटुल्ने प्रयास गर्ने बुझिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply