नीर शाहले ५४ लाख तिर्नु पर्दैन ?
नेपाल टेलिभिजनका अध्यक्ष नीर शाहले टेलिभिजनलाई ५४ लाख रुपियाँ तिर्न बाँकी छ । सांग्रिला च्यानलका नामबाट उनले नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गरेबापतको उक्त रकम टेलिभिजनलाई तिर्न बाँकी रहेको हो । उक्त च्यानलका सञ्चालक नीर शाह स्वयम् हुन् । एकातिर प्रतिस्पर्धी च्यानलका सञ्चालकलाई नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त गर्न नमिल्ने कानुनी व्यवस्था मिचिएको छ भने संस्थानमा आर्थिक कारोबार र भुक्तानी बाँकी व्यक्तिलाई नियुक्त गर्न नमिल्ने कानुनको पनि ठाडो उल्लंघन भएको छ ।अध्यक्ष शाह रकम तिर्न आलटाल गरी उक्त रकम मिनाह गराउने प्रयासमा रहेका छन् । यसअघि ५४ लाख नै मिनाह गराएका शाहको यस पटकको आगमनमा बाँकी रकम मिनाह गराउने प्रयास असफल हुने भएको छ । उक्त रकम तिर्न बाँकी रहेको भन्दै कर्मचारीले अख्तियारमा उजुरी हालेका र अख्तियारले छानबिन थालेपछि शाह कर्मचारीविरुद्ध खनिएका छन् । कर्मचारीहरू शाहको उक्त नियुक्ति खेलकुदमन्त्रीले गरेको नियुक्तिसँग मिल्दो भएको भन्दै मन्त्री मीनेन्द्र रिजाललाई समेत कारबाही हुनुपर्ने बताउन थालेका छन् ।
मन्त्री रिजालले गरेको सञ्चालक समितिका सदस्य पदको नियुक्तिसमेत विवादित भएको छ । गत साता नेपाल टेलिभिजनका स्थानीय समाचारदाता भोला थापालाई सञ्चालक समितिको सदस्यमा नियुक्ति गरेका छन् । थापा एकातिर संस्थानकै स्थानीय समाचारदाता हुन् भने अर्कोतर्फ अरनिको टेलिभिजनका अध्यक्ष । समान प्रकृतिको व्यवसायमा संलग्न व्यक्तिलाई सञ्चालक जस्तो पदमा नियुक्ति गर्न नपाउने प्रावधानको ठाडो उल्लंघन भएको छ ।
नेपाल टेलिभिजनको सल्लाहकारमा त्यहीँका नायब महाप्रबन्धक दीपकमणि धिताललाई नियुक्त गरिएको छ । संस्थानकै बहालवाला कर्मचारी कसरी सल्लाहकारमा नियुक्त गर्न मिल्छ ? मन्त्रालयका अधिकारीहरू नै प्रश्न गर्छन् । यस्ता विवादास्पद नियुक्ति यतिमा मात्र सीमित छैनन् । महाप्रबन्धक लक्ष्मण हुमागाईंलाई मन्त्रालयमा हाजिर गराई त्यहाँ निमित्त महाप्रबन्धकको जिम्मेवारी उनै दीपकमणि धिताललाई दिइएको छ । संस्थानका महाप्रबन्धक पदमा हुँदाहुँदै मन्त्रालयमा हाजिर गराउने कुनै प्रावधान नै छैन । त्यतिमात्र होइन, धितालभन्दा वरिष्ठ नायब महाप्रबन्धक हुँदाहँुदै कनिष्टलाई निमित्त दिनु नेपाल टेलिभिजनको विनियमविपरीतको काम हो । नियमविपरीत भएका यी सबै कामको छानबिन हुनुपर्दैन ? संस्थानको कानुनी सल्लाहकार ज्ञानेन्द्र नेपाललाई हटाई गान्धी पण्डितलाई नियुक्त गरिएको छ । मासिक १० हजारमा काम गर्ने नेपाललाई हटाई पण्डितलाई ३० हजार दिइएको छ ।
नेपाल टेलिभिजनको कार्यक्रम तीन वर्षका लागि मिडिया हवलाई दिने र त्यसबापत करिब तीन करोड कमिसन खाने काम भएको छ । उक्त काममा नेपाल टेलिभिजनका अध्यक्ष नीर शाह, निमित्त महाप्रबन्धक दीपकमणि धिताल, सञ्चालक समितिका सदस्य गोविन्द धिताल र मिडिया हवका सोम धितालबीच गोप्य सम्झौता भएको छ । उक्त सम्झौताबमोजिम तीन वर्षमा वार्षिक २० देखि २५ करोडका दरले करिब ७० देखि ७५ करोडको कारोबार मिडिया हवले पाउने र उक्त कारोबार एकलौटी गर्न दिएबापत सोझै तीन करोड कमिसन प्राप्त हुनेछ । यति ठूलो घटना हुँदासमेत अख्तियार दुरुपायोग अनुसन्धान आयोग चुप लागेर बसेको छ । यति नांगो नाच हुँदा पनि चुप लागेर बस्नुपर्ने अख्तियारलाई के बाध्यता छ होला ? कतै नीर शाह र लोकमान कार्कीको पुरानो दरबारीया सम्बन्धले काम गरेर हो कि ? अथवा मन्त्रीसँगको विराटनगरतिरको सम्बन्धले हो ?
–टेलिभिजनको बिजोग देख्न बाध्य कर्मचारीहरू
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply