मधेसी नेतालाई खुलापत्र मधेसी नेताजीहरू !
तपाईहरू, मधेसीको अधिकार मधेसीलाई दिलाउन जोडतोडका साथ लाग्नुभारछ ! आफ्नो अधिकार माग्नैपर्छ, माग्नुस् ! मेरो पनि पूरै समर्थन छ ! आ, यति चैं स्पष्ट भनिदिनुस् न, कि, मधेसीका कुन–कुन अधिकारको चाहिा, हनन भएको रहेछ र क–कसले गरेका रहेछन् ?
मधेसमा स्कुल र कलेज छैन ? पहाडमा भन्दा धेरै छन् ! मधेसमा अस्पताल छैन ? पहाडमा भन्दा धेरै र उपल्लास्तरका छन् ! मधेसमा बाटो पक्की छैनन् ? पहाडमा भन्दा बेसी छन् ! मधेसमा नहर छैन ? पहाडमा भन्दा बेसी छन् ! मधेसमा नुन पाइादैन ? पहाडमा पनि मधेसतिरैबाट लगिन्छ । अहिले उता मुस्ताङ कि कता हो, रू ६० प्रतिकेजी भो रे ! मधेसमा चिनी छैन ? चिनी मिल नै मधेसमा भएपछि, किन नहुनु ? मधेसमा खाने पानी छैन ? हातेकल, इनार, धारा आदिबाट मधेसमा घरघरै पानी पुग्छ जबकि पहाडमा १ गाग्री पानी ल्याउन उकालो–ओरालो गर्दै घन्टौं हिाड्नुपर्छ ! मधेशमा बस, ट्रक, ट्रयाक्टर, मोटरसाइकल चल्दैन ? पहाडैमा बरू कम ठाउामा मात्र चल्छ । मधेसमा चामल छैन ? धान बेसी फल्ने नै मधेसमा हो ।
पहाडमा त मकै, कोदो, र खडेरीमा त सिस्नु र जंगलबाट गिठा–भ्याकुर खोजेर ल्याई खाएर पनि ज्यानसम्म बचाउाछन् ! मधेसमा बजार छैन ? त्यो लहान छ नि, लहान ! त्यस्तै मात्र पनि बजार, पहाडमा देखाउनुस् त ! मधेसमा बिजुली छैन र ? मधेसका स्कुलमा, मधेसी नानीहरूलाई पढ्न दिादैनन् ? रोकेको, कतै देखिादैन ! मधेसका कलेजमा मधेसी युवाले पढ्न पाएका छैनन् ? कतै त्यस्तो देखिन्न ! मधेसकाले लोकसेवा, प्रहरी, शिक्षक आदिको जााच दिन पाएनन् ? नपाएको भए, ती सेवामा त्यत्रा मधेसी कताबाट पुगे त ? संवैधानिक पदमा मधेसीले पुग्न पाएनन् ? यसमा त, वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सर्वोच्च अदालतबाट भरखरै सेवानिवृत्त प्रन्या रामकुमारकै उदाहरण नै काफी होला ! सर्वोच्च अदालतकै न्या. बलिराम कुमार, अवधेश यादव, गिरिशचन्ऽ लाल, कमल नारायण, ताहिर अली आदिको नाम पनि सुन्नुभएकै होला !
पञ्चायतकालमा पनि, अनिरूद्ध बाबु, भगवती बाबु, रामानन्द बाबु, सुरेन्ऽ बाबु, रूऽ बाबु, गौरीशंकर बाबु आदि सर्वोच्च अदालतलगायत कतिपय संवैधानिक निकायमा पुग्नुभएकै हो ! मधेसीहरूले मन्त्री बन्न पाएनन् ? म पनि के बच्चा भा’को नि ! तपाईंहरू नै कतिपय मन्त्री भ’को हैन र ? मधेसीले काठमाडौमा घररघडेरी किन्न पाएनन् ? लु, छानबिन गर्नुस् त, मधेसमै ! काठमाडौंमा घरजग्गा जोड्ने आर्थिक हैसियत भएका मधेसी ठूलाबडामध्ये, क– कसको चाहिा काठमाडौंमा घर घडेरी रहेनछ ? मधेसीले राजनीतिक दल खोल्न र चुनाव लड्न पाएनन् ? लौ ! तपाईहरूकै त्यत्राबिघ्न दल भइसके, चुनावै लड्या हो ! अब हराउनु–जिताउनु त, जनताले गर्ने हो, अरूको के दोष ? लु नेताजीहरू, अब स्पष्ट भन्नुस् त ! मधेसीको कुन–कुन अधिकार खोसिएको रहेछ, कसले खोसेको रहेछ र कुन रूपमा फिर्ता माग्नुभएको हो ?
– नरेश न्यौपाने, अछाम
नयाँ संविधानलाई हार्दिक स्वागत
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply