वायुसेवामा ५२ वर्षमा स्थायी
काठमाडौं । नेपाल वायुसेवा निगममा मनपरी हिसाबले कर्मचारी नियुक्ति र सरुवा हुन थालेको छ । अहिलेसम्म विभिन्न तहमा गरी ८० जनाभन्दा बढीले करारमा नियुक्ति पाइसकेका छन् भने जागिर खाने उमेर गइसकेका व्यक्तिहरूलाई पनि स्थायी नियुक्ति दिने गरी प्रक्रिया सुरु गरिएको छ । ३५ वर्ष उमेर कटेपछि सरकारी सेवामा अयोग्य हुने भए पनि अधिकांश नियुक्ति मापदण्डविपरीत हुन थालेको भन्दै कर्मचारी संगठनले विरोध गरेका छन् । वायुसेवाको क्षेत्रमा कार्यअनुभवको समेत सर्त मानेर अहिले निगममा यस्तो विज्ञापन निकालिएको छ, जसका आधारमा ५२ वर्षमा एक व्यक्ति स्थायी हुँदै छन् । इन्जिनियर सोहन महर्जन निगममा ५२ वर्ष उमेरमा स्थायी नियुक्ति पाउने भाग्यमानी कर्मचारीको सूचीमा परेको बताइएको छ । किनकि उक्त पदमा उनलाई मात्र मिल्ने गरी सर्त राखेर विज्ञापन गरिएको छ ।
कृपासुर शेर्पा पर्यटनमन्त्री भएपछि मात्र निगममा ८० जनाभन्दा बढी कर्मचारी भर्ती गरिएको बताइन्छ । लामो समयदेखिको अनियमितता र बेथितिले सञ्चयकोषसँग ऋण लिएर कर्मचारीको तलब खुवाउन परिरहेको निगममा अस्वाभाविक ढंगले कर्मचारी भर्ती भएको र केहीको फेरि नियुक्तिपत्र तयार हुँदै गरेको बुझिएको छ । कर्मचारी व्यवस्था विभागका रूपेशनरसिंह श्रेष्ठले आफ्नो पनि एक जना मान्छे भर्ती गर्नुपर्ने भन्दै नियुक्तिपत्रमा सही गर्न ढिलो गरेको बताइएको छ ।
भत्ता बुझे पनि पोसाक लगाउँदैनन्निगममा उच्च स्तरका कर्मचारीहरूले पोसाक भत्तास्वरूप हरेक वर्ष १० हजार बुझे पनि कार्यालय पोसाक खरिद नगरी उक्त रकम यत्तिकै खाने गरेको थाहा भएको छ । निजामती कर्मचारीमा सचिवसमेतले पोसाक लगाएर कार्यालय आउँछन् । तर, निगमका कर्मचारीहरू भने ८ तहसम्मले पनि पोसाक लगाउन छोडेका छन् । ८ तहका कर्मचारीलाई कायममुकायम डेपुटी डाइरेक्टरको जिम्मेवारी दिने गरिएको छ । ‘जब उनीहरू उक्त पदमा पुग्छन् तब लगाइरहेको कार्यालय पोसाक फुत्किन्छ’– एक कर्मचारीले भने । त्यसरी पोसाक नलगाउने कर्मचारीहरू निगममा ठूलो संख्यामा रहेको थाहा भएको छ । निगमका कर्मचारीहरूले सेतो सर्ट, निगमको लागो भएको टाई र निलो पाइन्टलाई पोसाकका रूपमा तोकिएको छ । व्यवस्थापन सुधार गर्न पनि सबैले कार्यालय पोसाक लगाउनुपर्ने कुरा लामो समयदेखि उठे पनि निगममा पोसाक लगाएका छैनन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply