तीन सांसद रिक्तै
काठमाडौं । नयाँ संविधान जारी भएपछि व्यवस्थापिका–संसद्मा स्वत: रूपान्तरण हुनुअघि संविधानसभामा रहेकै सदस्यहरू मात्रै कायम रहने भएका छन् । सभामुख सुवासचन्द्र नेम्वाङ संविधानसभामा रिक्त रहेका तीन सभासद् नथप्ने मुडमा रहेको हुँदा व्यवस्थापिका–संसद्मा अब नयाँ सांसद् छिर्ने सम्भावना कम भएको हो । साथै, अहिलेका सांसदलाई राजीनामा गर्न लगाएर नयाँ सांसद बनाइने कार्य पनि लगभग नहुनेजस्तै देखिएको छ ।
संविधानसभामा ६ सय १ जना सभासद् हुने व्यवस्था भए पनि तीन सिट भने रिक्त थियो । मन्त्रिपरिषद्ले मनोनीत गर्ने २६ सभासद्मा नेपाली कांग्रेसले १०, एमालेले ९, एमाओवादीले ४ र राप्रपा नेपालले १ सिट लिए पनि २ सिट भने मनोनीत गर्न बाँकी नै थियो । तर, संविधान जारी हुँदासम्म पनि ती २ सिटमा मनोनयन नगरिएकाले अब मनोनयन नहुने भएको छ । त्यस्तै, राप्रपाका सभासद् सूर्यबहादुर थापाको निधन भएपछि संविधानसभामा अर्को १ सिट पनि खाली थियो । रिक्त रहेको तीन सिटमा सांसद नथप्ने भएपछि अब व्यवस्थापिका–संसद् ५ सय ९८ जनाको मात्र
रहने देखिएको छ । संविधानको धारा २९६ को उपधारा १ मा ‘संविधानसभा व्यवस्थापिका–संसद्मा रूपान्तरण हुने’ मा स्पष्ट भनिएको छ– ‘यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको संविधानसभा यो संविधान प्रारम्भ भएपछि व्यवस्थापिका–संसद्मा स्वत: रूपान्तरण हुनेछ ।’ संविधानसभा स्वत: व्यवस्थापिका–संसद्मा रूपान्तरण भएपछि नयाँ व्यवस्थाअनुरूप रिक्त सदस्य नथप्ने र सांसदको पद खाली गराएर मनोनीत पनि गर्न नमिल्ने अर्थ लगाइएको छ ।
चुनाव हारेका वा पार्टीको माथिल्लो तहमा रहेकालाई मन्त्री वा कुनै पदमा नियुक्त गर्नका लागि भइरहेको सभासद्लाई राजीनामा गराउँदा त्यसले विकृति मात्र ल्याउने र संविधानको मर्मविपरीत हुने भएको हुँदा पनि त्यस्तो कदम नचालिने बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply