नायक अब किताबमा
नेपाली चलचित्र क्षेत्रमा स्थापित हुनेहरूले संघर्षका अनेक खुड्किलाहरू पार गर्नुपर्ने स्थिति अद्यापि कायम छ । झन् चालीसको दशकमा त कुनै व्यक्तिले नायकको भूमिका निर्वाह गर्न धेरै नै पापड पेल्नुपथ्र्यो । अल्पायुमै बितेका नेपाली चलचित्रका चर्चित नायक श्रीकृष्ण श्रेष्ठले पनि आफूलाई नायकका रूपमा स्थापित तुल्याउन धेरै नै संघर्ष गर्नुपर्यो । तर, जीवनको उत्तराद्र्धमा नायिका श्वेता खड्कासँग वैवाहिक सम्बन्धमा बाँधिएका नायक श्रीकृष्ण करिब १५ महिनाअघि पञ्चतत्त्वमा विलीन हुन पुगे । तत्कालीन समयमा नेपाली दर्शकहरूको हृदयमा अटाएका नायक श्रेष्ठको निधनले सिंगो चलचित्र जगत् नै स्तब्ध हुन पुगेको थियो ।
नायक श्रीकृष्णको जीवनमा जोडिन आइपुगेका तीन पात्रले उनलाई सम्झिने प्रयत्न गरेका छन् । ‘अमर नायकको सम्झनामा’मा उनका अभिभावकजस्तै प्रेमलाल श्रेष्ठ, पत्रकार श्याम स्मृत र पत्नी श्वेता खड्काले उनलाई सम्झिएका छन् । प्रेमलालले त श्रीकृष्णलाई नेपाली फिल्मी क्षेत्रमा स्थापित गराउन आफ्नो तहबाट यथोचित सहयोग गरेका थिए । उनको सहयोगले कतै काम गर्यो भने कतै गरेन । उनी सम्झिन्छन्, ‘म फाइन आर्टको कलाकार भएकाले २०४४ सालतिर यसै क्षेत्रका मेरा मित्रहरू सुन्दर श्रेष्ठ र रत्नकुमार श्रेष्ठसँग मिलेर चलचित्र नामक फिल्मी पत्रिका निकाल्ने गथ्र्यौ । जसको सम्पादक मोहन निरौला हुनुहुन्थ्यो । मोहन निरौलाको सम्बन्ध चेतन कार्कीसँग राम्रो भएकोले कार्कीले निर्माण गर्न लागेको चलचित्र भुमरीका लागि हामीले कुरा चलायौं । चेतन कार्कीले हिरोमा रिस्क लिन गाह्रो माने । हामी सबैको अनुरोधमा श्रीलाई सहायक हिरो बनाएर कार्कीले चलचित्र भूमरीमा ब्रेक दिएका थिए ।’
२०५२ सालमा नायक श्रीकृष्णसँग भेट भएपछि सम्बन्धलाई बाक्लो बनाएका पत्रकार स्मृतले पनि उनीसँग त्यसयता भएका उठबसलगायत अन्य प्रसंगलाई मिहिन रूपले केलाउन चाहेका छन् । श्रीकृष्णसँग करिब दुई दशक निकट रहेका पत्रकार स्मृतले उनलाई मिडियासमक्ष ल्याउन पनि उल्लेख्य भूमिका खेलेका थिए । स्मृत लेख्छन्, ‘त्यो दिन मलाई अझै याद छ, मैत्री एफएमको कमलपोखरीस्थित स्टुडियोको प्रत्यक्ष प्रसारणमा आइपुग्दा श्रीले धेरैपल्ट खोकेका थिए । जसले गर्दा श्रीलाई कम बोल्न लगाएर श्वेतालाई बढी बोल्न आग्रह गरेको थिएँ । यद्यपि लाखौं/करोडौं प्यारा रेडियोका श्रोताहरूको प्रेमको बलमा खोक्दाखोक्दै पनि धेरै बोलेका श्रीले त्यो बेलामा उपचारमा व्यस्त बनेको र औषधि खाइरहेको बताएका थिए । औषधिले पेलेरै विवाह र फिल्मको चटारोमा व्यस्त बनेका श्रीको श्वेतासँग विवाह भएको असार २३ गते होटल इन्द्रेणी कलिउड प्लानेटमा दिइएको रिफ्रेसमेन्ट पार्टीमा भएको भेट नै मेरो अन्तिम भेट बन्यो ।’
श्वेताले भने नायक श्रेष्ठसँग वैवाहिक सम्बन्ध गाँसिएलगत्तै उपचारका निम्ति भारत गएको प्रसंग उल्लेख गर्दै दिवंगत पतिको यादमा आफूले बिताएका कष्टप्रद दिनहरूको स्मरण गरेका छन् । बिहेको दुई दिनपछि नै उपचारका लागि भारतस्थित गंगाराम अस्पताल पुगेका नायक श्रेष्ठको तत्कालीन अवस्थाबारे पत्नी खड्काले यसरी सम्झिएकी छिन्, ‘म हरेक पटक उहाँलाई राखेको आईसीयू वार्डमा जाँदा औषधि खुवाउने समयमा केवल १० मिनेट मात्र बस्न दिइन्थ्यो । त्यो बेलामा उहाँलाई कतिखेर कुन औषधि कति मात्रामा खुवाउनुपर्ने हो ? त्यो सबै मलाई कण्ठ भइसकेको थियो । बेलाबेलामा उहाँ मलाई हेरेर भक्कानिएर रुन्थें । त्यो बेलामा हामीलाई सम्हालिन निकै गाह्रो हुन्थ्यो । यसले गर्दा पनि त्यहाँका डाक्टरहरूले मलाई धेरै बेर उहाँको सामुन्ने बस्न दिँदैनथे । त्यो बेला मलाई यति धेरै पीडा हुन्थ्यो, जुन म शब्दमा व्यक्त गर्न सक्दिनँ । ती पल मेरा लागि अत्यन्त पीडादायी थिए ।’
खासगरी, तीन जना लेखकले श्रीकृष्णको जीवनको तीन वटै कालखण्डबारे आ–आफ्नो कोणबाट लेखेका छन् । श्रेष्ठले श्रीकृष्णका संघर्षले भरिएका प्रारम्भिक दिनहरू, स्मृतले फिल्मी क्षेत्रमा जमिसकेका श्रीकृष्ण र पत्नी श्वेताले श्रीकृष्णका जीवनका अन्तिम स्थितिबारे प्रकाश पारेका छन् । यो पुस्तकबाट श्रीकृष्णको जीवनका सबै पाटाहरू नउघ्रिए पनि केही अंशबारे भने स्पष्ट हुन
सकिन्छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply