तोडफोडको निन्दा
नेकपा (एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री कमरेड माधवकुमार नेपालको रौतहटको गौर नगरपालिका–३ स्थित घरमा आज मधेसी मोर्चासम्बद्ध व्यक्तिहरूले गरेको आक्रमण र तोडफोडप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारको व्यवहार र रवैया अविलम्ब नियन्त्रण गर्न हाम्रो पार्टी सम्बन्धित पक्षलाई समयमै सचेत गराउन चाहन्छ ।
जुनसुकै आन्दोलनले आफ्नो संयम र विवेक गुमाउनु हुँदैन । राजनीतिक नेतृत्व तहका बरिष्ठ नेताहरूको घरमा आक्रमण वा तोडफोड गरेर कुनै समस्याको समाधान हुन सक्दैन । यसले परिस्थितिलाई झन् खराब र नाजुक बनाउने निश्चित छ । तसर्थ मधेसकेन्द्रित दलहरुले यस्ता क्रियाकलापहरुलाई तुरुन्त नियन्त्रण गरेर वार्ता, संवाद र समझदारीको माध्यमबाट निकास खोज्बन पनि हाम्रो पार्टी गम्भीरतापूर्वक आग्रह गर्न चाहन्छ ।
आन्दोलन गर्ने पनि तरिका हुन्छ नि ?
मधेस आन्दोलन भित्रका जायज माग सम्वोधन गर्नुपर्छ । र गलत छ भने राज्यले यि यि माग गलत छन् । पुरा हुन सक्दैनन् भनेर प्रष्ट बुझाउनुपर्छ । त्यही त प्रजातन्त्रमा आन्दोलन गर्ने अधिकार सबैलाई हुन्छ तर त्यसको विधी र तरिका हुन्छ । आन्दोलनको नाममा नाजायज काम गर्न मिल्दैन । सामाजिक सद्भाव बिथोल्ने गरी गतिविधी अघि बढाउनुहुँदैन । बिरामीलाई एम्बुलेन्सबाटै ओर्लन नदिइकन आगजनी गर्ने, औषधि बोकेको गाडीमा बम हानेर तहशनहस पार्ने लगायतका काम गर्नु हुँदैन । एम्बुलेन्समा आगजानी गर्ने तथा जनतालाई त्रस्त पार्ने काम गर्ने ले जनताको मन जित्न सकिंदैन । उल्टो अराजकता बढ्छ ।
तराई मात्र होइन सिङ्गो देशै अशान्त छ । समस्या छिटो टुङ्ग्याउने काम गर्नुपर्छ । अहिले आपसी विश्वासको ठूलो संकट छ । पहिले एक अकापसमा विश्वास अभिवृद्धि गर्ने काम गर्नुपर्छ । हुनत अहिले एमालेको नेत्रृत्वमा सरकार छ । तर यो एमालेको मात्र समस्या होइन । यो त सिङ्गो राष्ट्रको समस्या हो । यो समस्या काँग्रेस सरकारकै पालामा सुरु भएको हो । तर अहिले समाधान गर्ने दायित्व सरकारको मात्र हो की भन्ने ढंगले उ पन्छिरहेको छ । समाधानको दायित्व उसको पनि होइन र ?
यस क्षेत्रमा हाम्रो पार्टीलाई निक्कै असर पुर्याएको छ । मधेसको आन्दोलन नै एमालेप्रति टार्गेट भइरहेको भान हुन्छ । अहिले मधेसमा एमालेलाई जथाभावी भन्ने, निशानामा पार्ने काम गरिएको छ । पार्टीका कार्यकर्ताहरु त्यो आन्दोलनबाट पिडित भएका छन् । त्यसैले छिटो समाधान गर्नेतिर लाग्नुपर्छ अन्यथा काम गर्ने वातावरण बन्दैन ।
जनता खासमा पिडित छन् । यहाँ सबै कुरा ठप्प छ । आन्दोलन हुन थालेको १०० दिन नाघ्यो । अब अति भइसक्यो । तत्काल समस्या समाधान गर्नुपर्यो भन्ने उनीहरुको मत छ ।
– त्रिलोकी चौधरी, अध्यक्ष, नेकपा(एमाले), बारा
नाकाबन्दी विरुद्ध भिडीयो
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply