पर्यटन बोर्डमा चाँडै प्रमुख
काठमाडौं । करिब डेढ वर्षदेखि प्रमुख नहुँदा अस्तव्यस्त रहेको नेपाल पर्यटन बोर्डले अब भने नयाँ कार्यकारी–प्रमुख पाउने सम्भावना बढेको छ । भ्रष्टाचार र अनियमितताले थिल्थिलो बोर्डका तत्कालीन प्रमुख सुवास निरौलासहित माथिल्लो तहका दुई दर्जनजति कर्मचारी निलम्बनमा परेपछि बोर्डको काम लथालिंग बन्न पुगेको थियो ।
अब भने बोर्डले प्रमुख कार्यकारी–प्रमुख छान्नका लागि प्रक्रिया अगाडि बढाएको छ । उक्त पदका लागि प्रारम्भिक छनोटमा परेका १२ जनामध्येबाट छनोट गर्न थालिएको छ ।
जसका लागि, आगामी मंसिर २७ र २८ गते छनोटमा परेकाहरुलाई विषयवस्तुको प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ । छानिएका १२ मा डा.हरि शर्मा, डा.ज्ञानेन्द्ररत्न तुलाधर, डा.नारायण प्रधान, डा.होम गुरुङ, डा.रघु विष्ट, ज्ञानेश्वर महतो, लोकबहादुर खत्री, विष्णु जिसी, भूमिलाल लामा, शिवशरण केसी, दीपकराज जोशी र सुवास निरौला रहेका छन् । छनोटमा परेकाहरुलाई बोर्डका सदस्य घनेन्द्र श्रेष्ठ संयोजक, अर्का बोर्ड सदस्य राजेन्द्र सापकोटा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय सदस्य रहेको कमिटीले छनोट गर्ने बताइएको छ ।
यसैगरी, बोर्डको प्रशासकीय प्रमुख कमल भट्टराई संस्कृति मन्त्रालयबाट सरुवा भएर सामान्य मन्त्रालयमा गएपछि बोर्ड प्रशासकीय प्रमुख विहिन बन्न पुगेको छ । मन्त्रालयमा सहसचिव भएर आएलगत्तै बोर्डको जिम्मेवारी पाएका भट्टराईप्रति बोर्डका सदस्यहरु र कर्मचारीहरुसमेत रुष्ट रहँदै आएका थिए । बोर्डको दैनिक कामप्रति चासो नराख्ने र ठूला कामहरु आउँदा आत्तिने स्वभावका भट्टराई हट्दा कर्मचारीहरुसमेत खुसी भएको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply