अखिलमा नेतृत्वको दौड
काठमाडौं । अनेरास्ववियुको २२औं महाधिवेशन आगामी माघ २७ बाट काठमाडौंमा सुरु हुने भएपछि चुनावी सरगर्मी बढेको छ । महाधिवेशन आउन करिब २ महिना बाँकी हुँदा अनेरास्ववियुका कार्यकर्ता चुनावी चलखेलमा लागेका छन् । केही दिनअघि अनेरास्ववियुले पत्रकार सम्मेलन गरेर महाधिवेशनको औपचारिक घोषणा गरेपछि अखिलका कार्यकतालाई महाधिवेशनको रन्को लागेको हो । विगतका वर्षहरूमा नेतृत्व छनोट र विधान सम्मेलन एकै पटक हुने गरिएकामा यो पटक विधान सम्मेलन पहिला नै भइसकेकाले यो महाधिवेशले सम्पूर्ण ध्यान नेतृत्व चयनमा केन्द्रित हुनेछ ।
अखिलमा आगामी नेतृत्वका लागि उपाध्यक्ष थोमस बास्तोला, दीपक गौतम र ऐन महर तथा महासचिव नवीना लामाले अध्यक्षको दाबेदारी प्रस्तुत गरेका छन् । अहिले अध्यक्षमा चार जनाको नाम चर्चामा आए पनि अन्तत: दुई जनाबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । अध्यक्ष र महासचिवमा मौका नपाउनेहरूलाई उपाध्यक्षलगायत विभिन्न पदहरूमा समेट्न सक्ने ठाउँ भएकाले अहिले नै को कुन पदमा उठ्ने भन्ने निश्चित नभएको बताइन्छ ।
एउटै खेमाबाट गौतम र बास्तोला र अर्को खेमाबाट लामा र महरबीच नै कसले प्यानलको आधिकारिक टिकट फुत्काउने भन्ने प्रतिस्पर्धा छ । यस पटक चार उपाध्यक्ष बनाउने र सबै खुला पद हुने भएकाले उपाध्यक्ष पदका आकांक्षीहरूको संख्या निकै देखिएको छ ।
अध्यक्ष नबनेको र महासचिव नभएको अवस्थामा महर उपाध्यक्ष नै दोहोरिने सम्भावना छ भने सचिव राधिका खतिवडा र अनुशासन आयोगका अध्यक्ष जीवन राईमध्ये एक महासचिव उठे अर्को उपाध्यक्ष उठ्ने सम्भावना छ ।
सचिव महेश बर्तौला कुनै हालतमा महासचिव पद नछोड्ने भन्दै देशव्यापी दौडाहामा छन् । सचिव अब्दुल हुसेन खाँ र रश्मी आचार्य पनि महासचिवका सशक्त दाबेदार छन् । सरोज यादव पनि महासचिवकै प्रतिस्पर्धामा छन् ।
सचिवालय सदस्य सुनिता बराल, तुलसीराम मैनाली, स्थायी कमिटी सदस्य शैलेश लामा, सचिव भक्तकुमारी लामालगायतले उपाध्यक्षमा दाबी गरेका छन् ।
सबैभन्दा बढी सचिव पदका आकांक्षी देखिएका छन् । सात सचिवका लागि अधिकांश सचिवालय सदस्यले दाबी गरेका छन् । ३ समावेशी र ४ खुला पदका लागि डेढ दर्जन बढी आकांक्षी देखिएका छन् ।
सो पदमा सचिवालय सदस्यमा भविन्द्र खत्री, अशेष घिमिरे, आरसी लामिछाने, सुदेश पराजुली, श्रमिक बडाल, कमला बोहोरा, यशु लामा, सम्झना अधिकारी आरती लामा, मकर खड्का, बसन्त ढकाल, धर्मेन्द्र रोकाया, ओसिम आलम, दुर्गानन्द ठाकुर, गोविन्द गिरी, सीता थापालगायतले दावी गरेका छन् ।
सचिवालय सदस्यका लागि सुर्दशन सिवाकोटी, कमलमणि गौतम, सम्झना गौतम, डम्बर अधिकारी, करुणा पराजुली, शिशिर भण्डारी, यामराज पाण्डे, सुदीप शर्मा, विनय शाह, सञ्जय लामा, सुमन न्यौपाने, नरेश रोकाया, श्याम प्रजापति, दिपेन्द्र अधिकारीलगायतको चर्चा छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply