मधेसमा माधव सक्रिय

काठमाडौं । मधेस आन्दोलनका कारण ठूला राजनीतिक दलले मधेसमा कार्यक्रम गर्न नसकिरहेका बेला एमाले नेता माधवकुमार नेपालले भने मधेसमा सक्रियता बढाएका छन् । कोही पनि मधेस छिर्न नसकिरहेका बेला दसैंअगावै गृहजिल्ला रौटहट गएर कार्यक्रम गरेका नेपालले गत महिना पश्चिम तराईमा पनि घुमिसकेका छन् ।
यसपटक आइतबार बेलुकी मधेस झरेका उनी बारा, पर्सा, सर्लाहीलगायतका मध्यतराईका जिल्लामा कार्यक्रम गरेर आज काठमाडौं फर्किएका छन् । मधेसमा झरेर उनले नयाँ संविधानबारे मधेसमा रहेको भ्रम चिर्ने प्रयास गरेका छन् । बाराको गढीमाई नगरपालिकाको सिमरामा सोमबार आयोजित अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले संविधानमा मधेसी, जनजाति, आदिवासीलगायतका समुदायको अधिकार छँदैछैन भने जस्तो भ्रम फैलाएर मधेसमा आन्दोलन भइरहेको बताए ।
सबैको हक अधिकार समेटिएको संविधानबारे मधेसवादी पार्टीले भ्रमफैलाएर आफ्नो स्वार्थसिद्ध गर्नका लागि आन्दोलनमा सर्वसाधारण मधेसी जनतालाई उक्साएको उल्लेख गर्दै नेता नेपालले निर्वाचनमा मधेसी जनताले नै हराएका केही थान नेताले अहिले भोटको राजनीति गरेको बताए । एमाले नारायणी अञ्चल कमिटी इन्चार्ज केदार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता नागेन्द्र चौधरी, बलवीर चौधरी, पुरुषोत्तम पौडेल, अच्युत मैनाली, विरोध खतिवडा, बिचारी यादव, राजकुमार गुप्ता, मुनु सिग्देललगायतको सहभागिता थियो । कार्यक्रममा बारा र पार्टीका अगुवा कार्यकर्ताको बाक्लोउपस्थिति थियो ।
मंगलबार नेता नेपालले सर्लाहीको हरिवनमा युवा संघले गरेको भेलालाई सम्बोधन गरेका थिए । भेलालाई सम्बोधन गर्दै नेता नेपालले नेपालको संविधान मधेसमैत्री भएको बताए । नयाँ संविधानले मधेसका हक अधिकार नखोसेको उल्लेख गर्दै नेता नेपालले भने–‘कसैले मधेसका हक अधिकार खोसिएको प्रमाणित गर्छ भने एमाले त्यसैको पछि लाग्छ ।’ अनावश्यक आन्दोलन गरेर मधेसका जनतालाई दु:ख नदिन पनि नेता नेपालले मधेसी दललाई आग्रह गरे ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply