मधेसमा माधव सक्रिय
काठमाडौं । मधेस आन्दोलनका कारण ठूला राजनीतिक दलले मधेसमा कार्यक्रम गर्न नसकिरहेका बेला एमाले नेता माधवकुमार नेपालले भने मधेसमा सक्रियता बढाएका छन् । कोही पनि मधेस छिर्न नसकिरहेका बेला दसैंअगावै गृहजिल्ला रौटहट गएर कार्यक्रम गरेका नेपालले गत महिना पश्चिम तराईमा पनि घुमिसकेका छन् ।
यसपटक आइतबार बेलुकी मधेस झरेका उनी बारा, पर्सा, सर्लाहीलगायतका मध्यतराईका जिल्लामा कार्यक्रम गरेर आज काठमाडौं फर्किएका छन् । मधेसमा झरेर उनले नयाँ संविधानबारे मधेसमा रहेको भ्रम चिर्ने प्रयास गरेका छन् । बाराको गढीमाई नगरपालिकाको सिमरामा सोमबार आयोजित अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले संविधानमा मधेसी, जनजाति, आदिवासीलगायतका समुदायको अधिकार छँदैछैन भने जस्तो भ्रम फैलाएर मधेसमा आन्दोलन भइरहेको बताए ।
सबैको हक अधिकार समेटिएको संविधानबारे मधेसवादी पार्टीले भ्रमफैलाएर आफ्नो स्वार्थसिद्ध गर्नका लागि आन्दोलनमा सर्वसाधारण मधेसी जनतालाई उक्साएको उल्लेख गर्दै नेता नेपालले निर्वाचनमा मधेसी जनताले नै हराएका केही थान नेताले अहिले भोटको राजनीति गरेको बताए । एमाले नारायणी अञ्चल कमिटी इन्चार्ज केदार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता नागेन्द्र चौधरी, बलवीर चौधरी, पुरुषोत्तम पौडेल, अच्युत मैनाली, विरोध खतिवडा, बिचारी यादव, राजकुमार गुप्ता, मुनु सिग्देललगायतको सहभागिता थियो । कार्यक्रममा बारा र पार्टीका अगुवा कार्यकर्ताको बाक्लोउपस्थिति थियो ।
मंगलबार नेता नेपालले सर्लाहीको हरिवनमा युवा संघले गरेको भेलालाई सम्बोधन गरेका थिए । भेलालाई सम्बोधन गर्दै नेता नेपालले नेपालको संविधान मधेसमैत्री भएको बताए । नयाँ संविधानले मधेसका हक अधिकार नखोसेको उल्लेख गर्दै नेता नेपालले भने–‘कसैले मधेसका हक अधिकार खोसिएको प्रमाणित गर्छ भने एमाले त्यसैको पछि लाग्छ ।’ अनावश्यक आन्दोलन गरेर मधेसका जनतालाई दु:ख नदिन पनि नेता नेपालले मधेसी दललाई आग्रह गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply