नाकाबन्दीको कहरमा नेपाल
नेपालमा नाकाबन्दी गरेको हामीले हो । संविधान बनाउ‘दा हाम्रो विषयलाई लत्याइदिएपछि गरिदियौं नाकाबन्दी । हामीले भनेको कुरालाई पुरै बेवास्ता गर्ने अनि नाकाबन्दीमा अरूलाई दोष दिन हुन्छ ? हामीलाई विगत दर्जनांै वर्षसम्म आन्तरिक उपनिवेशका रूपमा नाकाबन्दी लगाउ‘दा विजयोत्सव मनाए जस्तो गर्नेले अहिले जथाभावी लात्ता नचाउ‘दै हिँड्न लाज मान्नुपर्ने हो । अहिले नाकाबन्दी लगाउने हामी हौं । काम गर्ने हामी जस अरूलाई दिन मिल्दैन ।’ यो भनाइ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भन्ने ठान्नु होला । सही कुरा के हो भने यो भनाइ उनको होइन भन्ने कुरामा विश्वास गरे फरक पर्दैन । उसो भए भारतीय विदेशमन्त्रीको हो कि यो उद्गार भन्ने लाग्न सक्ला । उनको पनि होइन यो आवाज । यो अभिव्यक्ति त नेपाली राजनीतिक नेताको हो भनेर सुन्दा अनौठो मान्नु पर्दैन । नेपालमा माननीय मन्त्रीसमेत भएर पटक–पटक मस्ती गरिसकेका नेता महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र रायहरू यही मंसिरको तेस्रो हप्तामा दिल्लीमा तीर्थाटन गर्न गएको बेलामा हैदरावाद मन्दिरबाट, भारती विदेश मन्त्रीस‘ग भेटघाट गरेर बाहिर निस्कने सन्दर्भमा प्रश्न गर्ने पत्रकारलाई जवाफ दिँदा प्रस्तुत हुन गएको हो, यो महावाणी ।
नेपाल २०७२ असोज ७ गतेदेखि भारतीय नाकाबन्दीको भुम्रोमाथि पिल्सिइरहेको कुरा बताइरहन नपर्ला । महाभूकम्पको विनाशकारी हमलाबाट आहत शरीर तंग्रन नपाउ‘दै नाकाबन्दीको अर्को बज्रप्रहारको सामना गर्न परिरहेको छ नेपाली जनताले । इन्धनको अभावले यातयात र कारखानाहरू मात्र मृतप्राय भएका होइनन्, जनताको चुल्होसमेत निभेका कारणले पेट खुम्चिन परिरहेको छ । अति आवश्यक पर्ने दाल, चामल, चिनी, तेलजस्ता खानेकुराको अभाव र तिनमा भएको अनुचित मूल्यवृद्धिले जनता पोलिन परिरहेको छ । शिक्षण संस्थाहरूले पढाइ सुचारू गर्न नसक्दा लाखौं बालबालिकाको भविष्यको उज्यालो किरणमा कालो पोत्ने काम भएको छ । बिरामीले औषधिबाट समेत वञ्चित हुनुपर्दा मृत्युको मुखभित्र पस्नुपर्ने परिस्थिति सिर्जना भएको छ । फस्टाइरहेको एक चिज मात्र देखिएको छ, त्यो हो तस्करी र कालोबजारी । यस्तो चक्रबाथमा हिमाल र पहाडका जनता मात्र होइन, तराईका सवा करोड नागरिकले पनि अत्यन्त कष्टकर दिनहरू गनिरहनुपरेको कुरा सर्वविदितै छ । जनतालाई यस्तो पीडा दिइरहेको नाकाबन्दीलाई सगर्व ‘हामीले गरेका हौं’ भन्नुलाई नेपाली जनताले दण्डनीय नमान्लान् भन्न सकिँदैन । जनताका माग पूरा गर्ने भन्ने हो भने शान्तिपूर्ण संघर्ष गर्न संविधानले अनुमति नदिएको छैन ? आन्दोलनको नाममा नाकाबन्दीको अपराधपूर्ण बाटोको अनुशरण गर्दा जनताको पेटै सुक्न परेको कुरालाई अब धेरै दिन सहन गर्न सकिन्छ जस्तो लागेको छैन ।
अहिले केही दिनयता आन्दोलन खस्केको देखिएको भए पनि विगतका दिनहरूमा तराईका आन्दोलनमा जनसहभागिता भएकै देखियो । संविधानसभाको दोस्रो निर्वाचनका हरूवा नेताको नेतृत्वमा जनता सहभागी भएको दृश्य जितुवा पार्टी र नेताहरूले टुलुटुलु हेरेर बस्नाका कारणले पनि समस्या खडा भएको नदेखिएको होइन । जितुवा हौं भन्ने पार्टीहरू र नेताहरू आफ्ना कार्यकर्ता र मतदातास‘ग बसेर समस्या बुझ्ने र अगाडिको बाटोलाई सुगम बनाउने विषयमा छलफल मात्र गरेको भए पनि यस्तो स्थिति देखा पर्ने थिएन भन्ने लाग्नु पनि अनुचित होइन । हरूवा नेताकै नेतृत्वमा जितुवा पार्टीका नेता र कार्यकर्ताहरू आन्दोलनमा होमिने परिस्थिति सिर्जना भइदिएको हुनाले आन्दोलनले उच्च रूप लिएको थियो भन्न नसकिने कुनै आधार पनि भेटिएको छैन ।
अहिलेको भारतीय नाकाबन्दी पहिलो होइन भन्ने कुरा हामीले मात्र सम्झिरहन परेको रहेनछ । यो कुराको गणना भारतीय सत्ताले समेत गरिरहेको रहेछ भन्ने कुरा भारतीय राज्यसभामा विदेश मन्त्रीले दिएको मन्तव्यबाट समेत पुष्टि भएको कुरा सबैलाई थाहा भएको छ । भारतले ‘नाकाबन्दी लगाएकै छैन’ भन्दाभन्दै पनि उनले ‘यो पहिलो होइन, राजीव गान्धीका समयमा पनि भएको थियो’ भनेर सत्य विषय उजागर गरेकी छन् । यस्तो वास्तविकता हुँदाहँुदै पनि उपरोक्त नेपाली नेताहरूको छदाइ आउनुलाई घृणा नगरेर के गर्ने । सही कुरा के हो भने मैले जान्न थालेपछि पनि भारतले ०२७ र ०४५ सालमा यस्तै नाकाबन्दी लगाएको थियो । त्यतिबेला अलि पुरानो जमाना भएको हुनाले सबैजसो घरमा दाउरा बाल्ने चुल्होको व्यवस्था थियो । यति धेरै सडक पनि थिएनन् र सडकमा हिँड्ने गाडीको संख्या नगण्य थियो । अहिले कार र मोटरसाइकलको बुई चढेर हिँड्ने सबै नागरिकको सवारी पैदल वा साइकलबाट हुने गर्दथ्यो भनेर सम्झाउन अनुचित लागेन । घरघरमा टुकी बाल्ने चलन थियो र त्यसका निम्ति आवश्यक पर्ने मट्टितेलको एक वर्षको व्यवस्था पहिल्यै गरेर बसेका हुन्थे जनता । जनताको संख्या कम र खेती गर्ने जमिनको फैलावटले गर्दा खाद्यान्नमा आत्मनिर्भर थियो नेपाल । नगण्य सरकारी हस्पिटलबाहेक प्राइभेट हस्पिटल पनि थिएनन् र औषधि उपचार गर्ने मानव चेतना पनि यति माथि उठेको थिएन । यसले गर्दा औषधिको प्रयोग पनि नगण्य हुनु स्वाभाविक थियो । स्कुलमा पढ्ने बालबच्चाको संख्या पनि अति सानो थियो र शिक्षण संस्थाहरू पनि नगण्य थिए, ती पनि सरकारी मात्र । प्राइभेट विद्यालाय त छँदै थिएनन् भन्दा सही कुरै भनेको ठहर्न सक्छ । त्यो समयको तुलनामा अहिले भएको भौतिक विकास र मानव चेतनाको उच्चताले गर्दा, विदेशबाट आयातै गरेर भए पनि नेपाली समाज आधुनिक तरिकाले बॉच्न थालिसकेको भेटिएको छ । आवश्यक वस्तुको आयात गर्ने नाका भने सबै भारतीय सिमानामा भएको कुरा बताइरहनुपर्छ जस्तो लागेको छैन । यसले गर्दा भारतीय नाकाबन्दीले पहिलाभन्दा निकै बढी असर गर्नु स्वाभाविकै भएको छ ।
वर्तमान नाकाबन्दी सुरू भएपछि राष्ट्रिय आत्मनिर्भरताका सम्बन्धमा बढी चर्चा हुनु पनि अनुचित होइन । सही कुरा गर्ने हो भने देश आत्मनिर्भर हुनुपर्छ भन्ने विषय अत्यन्त ग्रहणीय विषय भएको कुरा सत्य छ । आत्मनिर्भरताको चर्चा गर्दा नांगो बस्ने अवस्थामा कपडामा आत्मनिर्भर थियौं, गिठा भ्याकुर खोजेर खानुपर्ने अवस्थामा खाद्यान्नमा आत्मनिर्भर थियौं र आधुनिक औषधि उपचारको चेतना नउठेको युगमा औषधिमा आत्मनिर्भर थियौं भनियो भने सामयिक र अग्रगामी भइन्छ जस्तो लाग्दैन । मानवका आवश्यकता र क्षमताहरू निरन्तर विकसित र उर्धाेन्मुख छन् । आत्मनिर्भरताको भाव पनि यस्तै छ भन्ने बुझ्न अनिवार्य छ । आत्मनिर्भरताको अर्थ के पनि भन्न जरूरी छैन भने जनतालाई आवश्यक पर्ने सम्पूर्ण साधन देशभित्रै तयार हुन सकोस् । देशभित्र तयार हुन सक्ने वस्तु जति उत्पादन गर्नु र बढी भएकालाई निर्यात गर्न सक्ने हो भने देशमा नभएका आवश्यक पर्ने वस्तु विदेशबाट मगाउनुलाई पर निर्भर भएको मान्न सकिन्छ जस्तो पनि लाग्दैन । हामीले भारतलाई अत्यावश्यक पर्ने वस्तु तयार गरेर निर्यात गर्न सकेको भए हामी पनि जोरी खोज्नेलाई नाकाबन्दी लगाउने क्षमताले भरिभराउ हुन सक्थ्यौं । त्यस्तो गर्न नसकेको हुनाले नेपाल र भारतबीचको सन्तुलन भत्कियो र भारतले नेपाललाई सधैं हेम्न र अपमान गर्न सक्यो । आत्मनिर्भरताको अर्थ गिठा भ्याकुर खोजेर खानु, नांगो बस्नु, धामी झाँक्रीतिर फर्कनु, पैदल वा साइकल यात्राको ध्वॉस दिनु र इन्धनका रूपमा दाउरा प्रयोग मात्र गर्नु जस्तो पश्चगामी कदम होइन । यसको स्वभाव र चरित्र निरन्तर अगाडि हिँडिरहने र माथिमाथि चढिरहने हुन्छ भनेर बुझ्नुलाई सही बुझाइ मान्न सकिन्छ ।
नेपाल जस्ता भूपरिवेष्ठित देशहरूका निम्ति समुन्द्रसम्म पुग्ने बाटो पाउनु र छिमेकी देशका सीमानाका तोकिएका नाकाबाट बेरोकटोक सरसामान तथा मानिस आवत–जावत गर्न पाउनु अन्तर्राष्ट्रिय अधिकार हो । यो अधिकार अन्तर्राष्ट्रिय कानुनद्वारा संस्थागत गरिएको कुरा सबैलाई थाहा छ । तैपनि बढी शक्ति भएका देशहरूले समय–समयमा छिमेकी देशलाई दु:ख दिएको पनि नदेखिएको छैन । त्यस्तो गर्दा अन्याय गर्ने देशले संसारको आलोचना भने सुन्नु परिरहेको छ । भारत देश नेपालभन्दा भौतिक रूपमा केही बढी विकसित भए पनि चेतनामा निकै पछि छ जस्तो देखिनु अस्वाभाविक हो जस्तो लाग्दैन । यही पछौटे चेतनाको परिणाम हो नेपालमाथि नाकाबन्दी लगाएर तह लगाउ‘छु भन्ने मध्ययुगीन सोच । अहिलेको भारतीय नाकाबन्दीका कारणले नेपाललाई संसारको सहानुभुति प्राप्त भएको देखिन्छ भने भारतीय सत्तालाई आलोचना । उसको झूटो वक्तव्यका कारणले पनि ऊ आक्रमक हुन सकिरहेको भेटिँदैन । भारतीय नाकाबन्दीको अन्तर्राष्ट्रियकरणले उसलाई उत्साहका साथ प्रस्तुत हुन दिएको छैन र पछि नहटी नहुने अवस्था पैदा गरिदिएको छ । यो काममा विदेशमा बस्ने नेपालीहरूको संगठन (एनआरएन)को अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको छ । नेपालबासीहरूले यो संस्थालाई जति मुरी धन्यवाद दिए पनि कमै हुने देखिन्छ ।
व्यक्तिको स्वस्थताका निम्ति चारैतिर खुला वातावरणको आवश्यकता भए जस्तै देशको सुस्वस्थताका निम्ति पनि खुला वातावरणको आवश्यकता पर्दछ । नेपालका निम्ति भने त्यस्तो अवस्था रहेको देखिदैन । पूर्व, पश्चिम र दक्षिण सुगम भएको हुनाले भारतस‘ग खुला नाकाहरू स्थापित भएका छन् भने उत्तर चीनस‘ग यो सुविधाको प्रयोग अति कम मात्रामा भएको छ भन्दा झूटो भने जस्तो लाग्दैन । उत्तर चीनस‘ग पनि दक्षिणको जस्तै गरी नाकाहरू खोलेर पारवहन सन्धिसमेत गरी व्यापार–व्यवसाय सुसञ्चालन गर्ने र देशलाई औद्योगिकीकरण गर्न थाल्ने हो भने देशलाई आत्मनिर्भर हुने वातावरण प्राप्त हुन सक्थ्यो भन्ने लाग्नु बेठीक होइन । यस्तो गर्दा एकातिर भारतले नाकाबन्दी लगाउन सम्भव हँुदैन भने अर्कातिर लगाइहाले पनि आवश्यक सामग्रीको यस्तो अभाव हुने अवस्था सिर्जना हुन सक्तैन । यो सही कुरा थाहा हुँदाहँुदै पनि नेपालको राजनीतिक नेतृत्वको इच्छाशक्तिमा देखिएको समस्याले गर्दा यो काम सम्पन्न हुन सकिरहेको छैन । अहिले पनि नाका खोल्ने र चीनस‘ग नेपाललाई चाहिनेमध्ये एक तिहाइ इन्धन किन्ने सम्झौता गर्ने हल्ला चले पनि यो काम हुन नसक्नुमा यही विषयको निरन्तरता हो भन्न नसकिने ठाउ‘ देखिँदैन । उत्तरको नाका खोल्नुभन्दा दक्षिणतिर लम्पसार पर्नुमा आफ्नो भविष्य जाज्वल्यमान भएको देख्ने नेतृत्वकै कारण यस्तो भइरहेको छ भन्ने चर्चाभित्र झुटै कुरा छ भनेर मान्न सकिने आधारहरू भेटिएका छैनन् । जे होस् भारतले पछाडि नफर्की सुख पाउनेछैन र भारतमा गएर नेपालका विरोधमा बोल्ने नेताहरूलाई पश्चात्ताप गर्दै नेपाली जनतास‘ग नझुकी आराम गर्न मिल्नेछैन ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
Leave a Reply