शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
१५ मंसीर, काठमाडौं । पश्चिमनवलपरासीमा नेपाली कांग्रेसको दुई गुटको विवाद पुनः सतहमा आएको छ । आज नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले उद्घाटन गर्ने पहिलो जिल्ला भेला संस्थापन पक्षले बहिष्कार गर्ने भएको छ। विभिन्न माग राखेर असहमति जनाउँदै संस्थापन पक्षले कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेको हो ।
नवलपरासीमा जिल्लामा बिक्रम खनालले इतर समूहको नेतृत्व गरेका छन् भने नेता देवेन्द्रराज कंडेलले संस्थापन समूहहको नेतृत्व गरेका छन् ।
दुई गुटले नै एक अर्काको कार्यक्रममा असहमति जनाउँदै आइरहेका छन् । पार्टीका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले एकलौटी रुपमा पार्टी चलाउन खोजेको,केन्द्रको निर्देशन अवज्ञा गरेको र गुट निकटका ब्यक्तिहरुलाई मात्र मनोनित गरेको लगायतका असहमति रहेको संस्थापन पक्षका नेता मोहन शर्माले जनाएका छन् । विद्यानअनुसार चल्नु पर्छ कि पर्दैन,वडागत तहबाट सम्मेलन भएर आउनुपर्छ भन्ने लगायतका माग राख्यौं, सभापतिजीले सुन्नुभएन, त्यसैले हाम्रा साथीहरु आजको भेलामा उपस्थित हुन्ननू, शर्माले भनेका छन् ।
देवेन्द्रराज कंडेल (सस्थापन) पक्षधरले जिल्लामा रहेको केन्द्रीय सदस्यहरू, प्रदेशसभा सदस्यहरुसहित भ्रातृसंगठनले समेत आपत्ति जनाइरहँदा जबर्जस्ती जिल्ला सम्मेलन गर्न खोज्नु गलत भएको नेता मोहन शर्माको भनाइ छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply