शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
१५ मंसीर, काठमाडौं । पश्चिमनवलपरासीमा नेपाली कांग्रेसको दुई गुटको विवाद पुनः सतहमा आएको छ । आज नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले उद्घाटन गर्ने पहिलो जिल्ला भेला संस्थापन पक्षले बहिष्कार गर्ने भएको छ। विभिन्न माग राखेर असहमति जनाउँदै संस्थापन पक्षले कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेको हो ।
नवलपरासीमा जिल्लामा बिक्रम खनालले इतर समूहको नेतृत्व गरेका छन् भने नेता देवेन्द्रराज कंडेलले संस्थापन समूहहको नेतृत्व गरेका छन् ।
दुई गुटले नै एक अर्काको कार्यक्रममा असहमति जनाउँदै आइरहेका छन् । पार्टीका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले एकलौटी रुपमा पार्टी चलाउन खोजेको,केन्द्रको निर्देशन अवज्ञा गरेको र गुट निकटका ब्यक्तिहरुलाई मात्र मनोनित गरेको लगायतका असहमति रहेको संस्थापन पक्षका नेता मोहन शर्माले जनाएका छन् । विद्यानअनुसार चल्नु पर्छ कि पर्दैन,वडागत तहबाट सम्मेलन भएर आउनुपर्छ भन्ने लगायतका माग राख्यौं, सभापतिजीले सुन्नुभएन, त्यसैले हाम्रा साथीहरु आजको भेलामा उपस्थित हुन्ननू, शर्माले भनेका छन् ।
देवेन्द्रराज कंडेल (सस्थापन) पक्षधरले जिल्लामा रहेको केन्द्रीय सदस्यहरू, प्रदेशसभा सदस्यहरुसहित भ्रातृसंगठनले समेत आपत्ति जनाइरहँदा जबर्जस्ती जिल्ला सम्मेलन गर्न खोज्नु गलत भएको नेता मोहन शर्माको भनाइ छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply