सशक्त नारी हस्ताक्षर
नेपालको एउटा विशिष्ट साहित्यकार परिवारमा जन्मिएर हुर्के बढेपछि आफूले जीवनकालमा भोगेदेखेका एवं अनुमान गरेका समकालीन विषय वस्तुहरुलाई आधार बनाएर लेखिएका कविताहरुको संग्रह रहेछ ‘रबरको मान्छे’ । आखिर यी कुराहरु सबै मानिसले आआफ्नै जीवनमा भोगेदेखेका छन् तर पनि शशी चालिसेले जस्तै ती अनुभूतिहरुलाई पहिल्याएर चिन्हित गर्न सक्दैनन् त्यसैकारण त ती देखेभोगेका विषयवस्तुहरुलाई अथ्र्याएर मानव जीवनका समक्ष पुन: प्रस्तुत गरिदिनु नै कवि, कवयित्रीहरुको विशेषता हो र यसैका निम्ति कवि कलाकार र आख्यानकारहरुको आवश्यकता पर्छ समाजलाई युगलाई र परिवेशलाई । उनीहरुले नै भइसकेको विषय घटिसकेका घटनाहरुको पुनव्र्याख्याााा गारोर प्रस्तुत गरिदिन्छन् । अहिले देशका जनताले असाध्य अमानवीय पीडा भोग्नु परिरहेको छ । मुलुकलाई छियाछिया पार्नखोज्ने वर्तमान आन्दोलनले आफ्नो अधिकार बहालीका नाममा जसरी अरुको अधिकारलाई कुण्ठित पारेर लामो त्रासदीको अवस्था सिर्जना भइरहेको छ त्यस्ता परिस्थितिको चित्रण गर्दै जनतालाई आह्वान गर्नु हुन्छ ।
देश बचाउ
डुब्न नदेउ देशलाई
काँध हाल बोक्न
खानुसम्म खानेलाई
ठोक ठोक्नुसम्म
देशद्रोही जतिलाई
डाँडा कटाउ
विदेश जाने नेता जति
सबैलाई भगाउ
(जनता पृ. ८६)
देशद्रोहीहरुलाई भगाउने मात्र होइन स्वयम् देशको निर्माणका लागि स्वयम् नजता नै जागृत हुनुपर्छ भन्ने विषयलाई प्रस्तुत गर्दै कवि अगाडि भन्नुहुन्छ–
सिटामोल न पाउँनेले
के को बाँच्नु अब देशमा
हेर अब जनता हो †
अब जाग्नुपर्छ
आफ्नै निम्ति भए पनि
अब बाँच्नुपर्छ
(जनता पृ. ८७)
यस्तै कविता संग्रहको अर्को सशक्त कविता ‘परिस्थिति’ पनि हो । त्यसमा केवल परिस्थितिको चित्रण त गरिएको छ तर परिस्थितिको निर्माण कसरी हुन्छ भन्ने विषय खोज्न पाठकलाई नै सुम्पिनुभएको छ । तर पनि यो कविता विचारगत समाधानका दृष्टिले उच्चकोटीको कविता बन्न पुगेको छ । कवि भन्नुहुन्छ–
‘विरोध के को ?
अन्याय शोषण र अत्याचारको
खुसी के मा ?
न्यायका निम्ति प्राप्त विजयमा
युद्ध कसको निम्ति ?
दमन शोषणको देश र राष्ट्रको
चेतना के को ?
परिस्थिति के को ?
दण्ड कसलाई
देश बेच्नेलाई
न्याय कसलाई
भोको पेटलाई
जाग्ने को ?
जनता
उठ्ने को ?
क्रोध
सुत्ने को ?
नामर्द
हाँस्ने को ?
विजय प्राप्तिपछिको
परिस्थितिमा
(परिस्थित पृ. ८२–८३)
उहाँको यस कविता संग्रहमा जति व्यक्तिका अनुभूतिका विषयवस्तुहरु समेटिएका छन् । यस्ता कविताहरुको ओज पनि छुट्टै प्रकारको देखिन्छ । कवि भन्नुहुन्छ–
राष्ट्रप्ेरमी जनताहरु
जसले सीमा मिचिदा
टुलुटुलु हेरेर हेरेर नबस्लान्
अर्काले आफ्नो सीमामिच्दा
आँखा चिम्लिएर बस्न नपरोस्
नेपाली भई गौरव गर्नलाई
आफ्नो काँधलाई देश थाम्ने
सागरनाथ झैं अग्लो र विशाल
काँध ठान्नुपर्छ
जसले राष्ट्र बचाओस्
(सगरमाथा बन्नुपर्छ, पृष्ठ ५८)
अहिले राष्ट्रले सबभन्दा पीडा भोगिरहेको अवस्थामा प्रत्येक नेपालीको कर्तव्य के हुनुपर्छ भन्ने भाव यसै कविताबाट प्रस्तुत गर्नुहुन्छ । यसरी शशी चालिसेको ‘रबरको मान्छे’ यो कविता संग्रहमा समाविष्ट ४२ वटै कविताद्वारा मानव जीवनका विभिन्न आयामहरुलाई समेट्ने काम पनि गर्नुभएको छ । उहाँको यो कविता संग्रहमा समसामयिक परिस्थितिलाई विभिन्न कोण र समस्याहरुका साथ प्रस्तुत गर्नुभएको छ । जसमा सामाजिक, भ्रष्टाचार, नोकरशाही प्रवृत्ति, लोकतन्त्रप्रति वितृष्ण फैलाउने व्यवहारसमेतको निन्दा भएको छ । अर्को चरम राष्ट्रघाती व्यवहारप्रति पनि त्यतिकै आक्रोश व्यक्त गर्नुभएको छ । अन्तमा उहाँको यो रबरको मान्छे कविता संग्रहले अझै लोकप्रियता एवं सफलता आर्जन गरोस् भन्ने हार्दिक शुभकामना ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply