सेनाले बचायो ४० करोड

काठमाडौं । वर्षौंदेखि ठेकेदारहरूमार्फत खाद्य सामग्री किन्दै आएको नेपाली सेनाले अब भने सिधै उत्पादक कम्पनीसँग किन्ने टुंगो गरेको छ । सेनालाई आवश्यक पर्ने दूध र बिस्कुट ठेकेदारमार्फत खरिद गर्दा महँगो पर्ने पाइएकाले सेनाले सिधै कम्पनीसँगै खरिद गर्ने निर्णय गरेको हो ।
अब भने सिधै कम्पनीसँग खरिद गर्दा ४० करोड रुपियाँ जोगिने देखिएको छ । सैनिक प्रवक्ता ताराबहादुर कार्की भन्छन्– ‘हामीलाई तीन वर्षमा ४० करोड रुपियाँ बचत हुन्छ ।’ सेनाले मितव्ययिता र आर्थिक पारदर्शितालाई ध्यानमा राखेर पनि सम्झौता गरेको कार्कीले बताए । खाद्य सामग्री सिधै उत्पादक कम्पनीसँग किन्दा सेनालाई ४० करोड जोगिनुका साथै ठेकेदारहरूले गर्ने चलखेलको पनि अन्त्य भएको बताइन्छ । त्यस्तै, विगतमा ठेकेदारहरूसँग हरेक वर्ष खरिद सम्झौता हुन्थ्यो । यस पटक सेनाले तीन वर्षका लागि लागि खरिद सम्झौता गरेको छ । प्रधानसेनापतिको अवधि तीन वर्षकै लागि भएको हुँदा आफ्नो कार्यकालभरि मात्रैका लागि वर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीले खाद्य सामग्री खरिदको सम्झौता गर्न निर्देशन दिएको बुझिएको छ ।
सेनाले रक्षा मन्त्रालयबाट स्वीकृति लिएर नै अहिले सम्झौता गरेको हो । विभागीय मन्त्रालयको स्वीकृति लिएरै सरकारको आर्थिक नियमभित्र रहेर सेनाले खाद्य सामग्री सिधै किन्ने सम्झौता गरेको सैनिक प्रवक्ता कार्कीले बताए । हो । सेनाले दूध खरिदका लागि हेटांैडा इन्डस्ट्रिज प्रालि र विस्कुटका लागि पशुपति विस्कुट इन्डस्ट्रिज प्रालिसँग तीन वर्षका लागि सम्झौता गरेको हो । यसका लागि सेनाले १ अर्ब ७३ करोड ६६ लाख रुपियाँ बराबरको सम्झौता गरेको छ । सेनाले तीन वर्षका लागि दूध र बिस्कुटका लागि सम्झौता गरेको हुँदा बीचमा दूध र बिस्कुटको मूल्य बढे पनि सम्झौता भएकै मितिमा तय भएको मूल्यमा नै कम्पनीले दिने पनि जनाइएको छ । कार्कीले भने– ‘कम्पनीसँग सिधै किन्दा गुणस्तरीयता पनि कायम हुन्छ ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply