डिपुटीमा कसले बाजी मार्ला ?
काठमाडौं । कार्यक्षमताका आधारमा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नरहरू चयन हुने भए पनि अहिले सबै आकांक्षीले दौडधुप बढाएका छन् । भोलिदेखि रिक्त हुने डेपुटी गभर्नरका लागि १६ जनै कार्यकारी निर्देशकहरू विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् ।
भोलिदेखि डिपुटी गभर्नरद्वय महाप्रसाद अधिकारी र गोपालप्रसाद काफ्लेको अवधि सकिँदैछ । राष्ट्र बैंकमा नीति निर्माता तहमा रहेर राम्रो काम गरेका अधिकारी र काफ्लेको अवधि सकिएसँगै सबै कार्यकारी–निर्देशकहरूले डिपुटी गभर्नरमा आँखा लगाएका हुन् । तर, यसपटक भने कार्यक्षमता र योग्यताका हिसाबले सत्तारुढ दल एमालेसँग निकट रहेका कार्यकारी निर्देशकहरूले नै डिपुटी गभर्नरमा बाजी मार्ने देखिएको छ । विगतमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री र कांग्रेसकै अर्थमन्त्री डा.रामशरण महत भएको बेला गभर्नर नियुक्तिको प्रसंगमा सत्ता साझेदार दल एमालेसँग कुनै परामर्श नै नगरी डा.चिरञ्जीवी नेपाललाई गभर्नरमा नियुक्त गरिएको थियो । कांग्रेस सरकारको बेला गभर्नर मात्र नभएर सबै बैंक तथा वित्तीय संस्थाहरूमा अर्थमन्त्री डा.महतले एकलौटी रूपमा कांग्रेस निकटकाहरूलाई मात्र नियुक्त गरेका थिए ।
अहिले प्रधानमन्त्री र अर्थमन्त्री एमालेकै भएको हुँदा डिपुटी गभर्नरमा कांग्रेसले दाबी गर्ने नैतिक आधार नरहेको र दुवैमा प्रधानमन्त्री र अर्थमन्त्रीले मन पराएका व्यक्तिहरू चयन हुनुपर्ने आवाज उठिरहेको छ । तर, सत्ता साझेदार दल एमाओवादीले पनि एउटा डिपुटी गभर्नरमा दाबी गरेको बताइन्छ । अहिले कार्यक्षमताका आधारमा लक्ष्मीप्रपन्न निरौला, जनकबहादुर अधिकारी, भीष्मराज ढुंगाना, चिन्तामणि सिवाकोटी, महेश भट्टराई अग्रपंक्तिमा रहेका छन् भने डा.मीनबहादुर श्रेष्ठ, नरबहादुर थापा, शिवनाथ पाण्डे विनोद आत्रेय, शिवराज श्रेष्ठ, त्रिलोचन पंगेनी, प्रदीपराज पाण्डे, हरिप्रसाद काफ्ले, राजनविक्रम शाह, शंकरप्रसाद आचार्य र नारायणप्रसाद पौडेलले आ–आफ्नो तहबाट लबिङ गरिरहेका छन् ।
दुई डिपुटी गभर्नरका लागि गभर्नरले १६ जना कार्यकारी–निर्देशकमध्ये ४ जनाको नाम सिफारिस गर्नुपर्नेछ । गभर्नरले सिफारिस गरेका ४ जनामध्ये २ जनालाई मन्त्रिपरिषद्ले टुंगो लगाउनेछ । यही सन्दर्भमा गभर्नर डा.नेपालले आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । साथै, गभर्नरले अस्ति सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई समेत भेटेर आवश्यक परामर्श गरेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
Leave a Reply