३६ बिघाबाट करोडौं असुल
काठमाडौं । लुम्बिनी क्षेत्रभित्र नयाँ लुम्बिनी ग्राम बनाउने प्रयोजनका लागि छुट्याइएको करिब ३६ बिघा जग्गा लुम्बिनी विकास कोषका पदाधिकारीहरूले गुपचुप रूपमा थाइल्यान्डका एक व्यक्तिको संस्थालाई ध्यानकेन्द्र बनाउन दिएपछि अहिले त्यसको तीव्र विरोध सुरु भएको छ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यको पालामा गुपचुप रूपमा ध्यानकेन्द्र बनाउन दिइएको उक्त जग्गामा ध्यानकेन्द्र बनाउनका लागि केही दिनअघि काठमाडौंबाट एउटा टोली गएर स्थलगत रूपमा नापजाँच गरेर फर्किएको छ ।
बृहत् लुम्बिनी गुरुयोजनाभित्रको उत्तरी दिशातर्फ पर्ने उक्त ३६ बिघा जग्गामा पर्यटकहरूका लागि विभिन्न सुविधायुक्त स्थान, हरित बगैंचा, कर्मचारीहरूका लागि आवासगृह र लोपोन्मुख तथा दुर्लभ पन्छी सारसको संरक्षण गर्ने हेतुले अन्तर्राष्ट्रिय सारस संरक्षण केन्द्र बनाइने योजना रहेको थियो । तर, त्यही जग्गामा थाइल्यान्डको धम्मकाय नामक एक जना व्यक्तिको संस्थालाई ध्यानकेन्द्र बनाउन स्वीकृति दिएर कोषका केही पदाधिकारी र उच्च राजनीतिज्ञहरूले समेत करोडौं रकम असुलेको यतिबेला अनुमान लगाइन थालिएको छ ।
अहिले लुम्बिनी क्षेत्रभित्र दुई वटा ध्यानकेन्द्रहरू छन् । जसमा, पण्डिताराम मेडिटेसन सेन्टर र गोयन्काले स्थापना गरेको धम्मजननी नामका ध्यानकेन्द्रहरू रहेका छन् । तर, ती दुवै ध्यानकेन्द्र राम्ररी चल्न सकिरहेका छैनन् । भइरहेका ध्यानकेन्द्रहरू नचलिरहेको अवस्थामा अर्को ध्यानकेन्द्र निर्माणका लागि ३६ बिघा जग्गा दिइनुले ठूलो आर्थिक चलखेल भएको बताइन्छ । सूत्रका अनुसार, उक्त जग्गामा ध्यानकेन्द्र बनाउनका लागि मोलमोलाइ गर्न केही वर्षपूर्व केही राजनीतिकहरू थाइल्यान्डसम्म समेत पुगेका थिए । उक्त जग्गाबारे थाइल्यान्डमै सम्झौता भएको बताइन्छ । उक्त जग्गा थाइ नागरिकलाई दिलाउने कार्यमा कोषका सदस्य–सचिव अजितमान तामाङ, योजना प्रमुख इमानसिंह मोक्तान र पूर्व कार्यकारी सदस्य प्रवीन्द्रराज शाक्यको समेत मिलेमतो रहेको बताइन्छ ।
अहिले कोषका उपाध्यक्ष भिक्षु निग्रोधले उक्त जग्गामा ध्यानकेन्द्र बनाउनका लागि कार्य अघि बढाउन निर्देशन दिएपछि नापजाँचको काम सुरु भएको बताइन्छ । सोही क्रममा केही दिनअघि मात्रै काठमाडौंबाट रामेश्वर श्रेष्ठले नेतृत्व गरेको टोली उक्त जग्गा भएको ठाउँमा नापजाँच गर्न पुगेका थिए । श्रेष्ठलाई उपाध्यक्ष निग्रोधको सहयोगीको रूपमा समेत चिनिन्छ । अहिले निग्रोधको उठ्तीपुठ्तीको काम पनि श्रेष्ठले नै सम्हाल्दै आइरहेका छन् । तर, लुम्बिनी क्षेत्रमा भइरहेका ध्यानकेन्द्रहरू नै नचलिरहेको अवस्थामा अर्को ध्यानकेन्द्र आवश्यक नभएको भन्दै कर्मचारीहरूले विरोध जनाउन थालेका छन् । गुपचुप रूपमा विदेशी संस्था र व्यक्तिलाई ३६ बिघा जग्गा ध्यानकेन्द्र बनाउन दिएकोमा कर्मचारीहरूले कोषका पदाधिकारीहरूलाई र्याखर्याख्ती पार्ने भएका छन् । तर, तराईमा आन्दोलन चलिरहेको हुँदा कोषका पदाधिकारीहरू भने विगत ४ महिनादेखि काठमाडौंमै थन्किएर रहेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
Leave a Reply