मोफसलका स्रष्टामाथि केन्द्रित
नेपाली साहित्यका प्राय: सबै विधाहरू समृद्ध, सम्पुष्ट र लेखकीय आयामका हिसाबले उन्नत रहे पनि समालोचना विधा भने तुलनात्मक रूपमा खुम्चिएको छ । अघिल्लो पुस्ताका समालोचकहरूले खनिदिएको समुन्नत गोरेटामा पछिल्लो पुस्ताले अपेक्षित रूपमा पाइला चाल्न अनिच्छुक रहेसूगै यो विधा खुम्चिने तहसम्म पुगेको हो । किनकि, समालोचकहरूले चिकित्सककै जस्तो भूमिका निर्वाह गर्नुपर्छ । कुनै पनि कृतिलाई चिरफार गरेर त्यसमा रहेका कमसल र समृद्ध पक्षलाई छुट्याउने कठिन कार्य र खुबीमा समालोचकको हात रहेको हुन्छ ।
समालोचना क्षेत्रमा युवा पुस्ताको रुचि र चासो आशातित रूपमा नदेखिए पनि मोफसलमा रहेर सिर्जन कार्यमा निरन्तर लागिरहेका बिर्खे अञ्जानले भने कविताका अतिरिक्त समालोचना विधालाई पनि आफ्नो लेखन माध्यम बनाएका छन् । त्यसकै संग्लो उदाहरण हो–शल्यक्रिया । उक्त समालोचना संग्रहित कृतिमा उनले आफ्ना एक दर्जनभन्दा बढी रचनालाई राखेका छन् र प्राय: काठमाडौंको साहित्य वृत्तमा रहेर होहल्लाको शृंखला सञ्चालन गर्ने स्रष्टाका भन्दा अन्य स्रष्टाका रचनामाथि उनले शल्यक्रिया गर्न चाहेका छन् ।
गुणवत्ताका दृष्टिले प्रश्न उठाउने ठाउू प्रसस्तै रहे पनि केही दशकयता नेपाली साहित्यमा गन्धे झारझैं सप्रिएको एउटै विधा हो, गजल । पछिल्लो समय त गजलको बाढी यति धेरै उर्लिएर आयो, त्यसले साहित्यका अरू विधालाई बगाएर लैजाला कि भन्ने त्रास र खतरासमेत महसुस हुन पुग्यो । तर, गजलबारे विस्तृत अध्ययन गर्न चाहनेहरूका लागि तयार पारिएको कृति ‘गजल दर्शन’बारे उनी लेख्छन्– ‘गजल हुन गजलको तत्व आवश्यक छ । खिर बनाउन जसरी दूध, चिनी र अन्य मसलाको आवश्यक पर्छ, त्यस्तै गजल हुन पनि त्यसको अंग मिलाउन जरुरी छ । त्यस कारणले पनि गजलको आफ्नै सैद्धान्तिक सामग्रीको अध्ययन बिना रहरले गजलकार हुन सकिँदैन । रहर, लहड र देखासिकीले गजल लेखिरहेकाहरूले नेपाली गजललाई फाइदा होइन, घाटा पुर्याइरहेको समयमा गजल दर्शनले तिनीहरूको मन मस्तिष्कमा नयाँ तरंग, नयाँ ऊर्जा र नयाँ उमंग थप्नेमा आशावादी हुने धेरै सम्भावना छ ।’
‘परिवेशभित्रका पीडाहरूका सर्जक हुन, कृष्ण पहारी । पहारीका मुक्तकहरूमाथि सामान्य कैंची चलाएका अञ्जानले देवराज खरेलको कविताकृति ‘आत्मध्वनि’ प्रति यस्तो टिप्पणी गर्न चाहेका छन्– ‘लामा र भद्दा रबरजस्तै तन्काएर अनुभूतिलाई विस्तृत गतिमा पुर्याउनुभन्दा समग्र चिन्तनलाई क्षणमै अभिव्यक्त गरेर समय सापेक्षतालाई संयोजन गर्न अग्रसर देखिने खरेलका कविताहरू मानसिक र मनोवैज्ञानिक तहको चेतना उत्खनन गर्न अग्रसर छन् ।’ उनले कृष्णादेवी शर्मा श्रेष्ठको महाकाव्य ‘क्रान्तिकारी विशेश्वर’, शान्तिनारायण श्रेष्ठको रचनाको विश्लेषण, खगेन्द्र गिरी कोपिलाको ‘व्यग्र चाँदनी’, नेपाली साहित्यमा निबन्ध लेखन, अञ्जलीको ‘म कवितामा देश खोजिरहेछु’, आर.आर. चौलागाईको काव्यप्रवृत्तिको विवेचना, श्यामप्रसाद न्यौपानेको ‘सोह्रदुनी आठ’, मनोज ढुंगानाको ‘म र काठमाडौं’, विमला कार्कीको ‘घाम नभएको आकाश’ माथि कलम चलाएका छन् ।
कविता, निबन्ध, मुक्तक, कथा आदि विधाका कृतिहरूमाथि समीक्षात्मक टिप्पणी सामेल ‘शल्यक्रिया’ मा मिलन समिर र लोकहरि पाण्डेय ‘क्षितिज’को कृति ‘गाउूमा साइरन बजेपछि’प्रति भने उनको यस्तो धारणा बनेको छ–‘देशमा क्रुरता छ, देशमा असहिष्णुता छ, देशमा दमन छ, देशमा व्यभिचार छ र देशभित्र अत्याचारको सिकार भएर निर्दोष जनता मकैसँग घुन पिसिएझैं पिसिएका छन् । हो, त्यो परिवेश, त्यो परिस्थितिलाई एउटा स्वरूप प्रदान गरेर आ–आफ्नै शैली र शिल्पद्वारा कुदेर मिलन र क्षितिजले नकारात्मक युग यथार्थप्रति असन्तुष्टि जाहेर गरेका छन् ।’
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply