बैंक अस्तव्यस्त, गभर्नर घुमघाममा मस्त
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालको असक्षमताको सिकार देशकै केन्द्रीय बैंक हुन पुगेको छ । राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर खाली रहेको एक महिना बितिसक्दा पनि गभर्नर नेपालले कसैको पनि नाम सिफारिस गर्न नसक्दा अहिले बैंकका सबै काम–कारबाहीहरू प्रभावित बन्न पुगेका छन् । डेपुटी नहुँदा राष्ट्र बैंकका दैनिक काम–कारबाहीहरू प्रभावित हुँदा त्यसले दीर्घकालीन असर पुर्याउने सम्भावना बढेको छ ।
डेपुटी नियुक्त नभएकै कारण पदपूर्ति समितिको बैठक बस्न सकेको छैन । पदपूर्ति समितिको काम ठप्प भएको हुँदा शाखा अधिकृतस्तरको तृतीय तहको परीक्षासमेत स्थगित हुन पुगेको छ । खुला प्रतिस्पर्धाद्वारा सो तहका लागि परीक्षा लिने कार्य मात्र रोकिएको छैन, राष्ट्र बैंकभित्रका अरू पदपूर्ति र बढुवाको समेत काम प्रभावित बन्न पुगेका छन् । यसैगरी, व्यवस्थापन समितिको बैठक पनि बस्न सकेको छैन । राष्ट्र बैंकको सञ्चालक समितिमा छलफलका लागि लगिने एजेन्डाहरू बनाउने काम सोही समितिले गर्ने गर्दछ । तर, डेपुटी प्रमुख रहने सो समितिको बैठक बस्न नसकेको हुँदा काम प्रभावित बन्न पुगेको हो ।
राष्ट्र बैंकका कर्मचारीहरूलाई दक्ष र विषयगत जानकारीमा पोख्त बनाउन विभिन्न तालिमहरू हुँदै आएका छन् । तर, डेपुटी नहुँदा तालिमका लागि कर्मचारीहरूको छनोट गर्ने र विभिन्न तालिमहरूमा पठाउने काम पनि पूरै रोकिएको छ । डेपुटीको अभावकै कारण बैंकहरूको निरीक्षण र सुपरीवेक्षण गर्ने काम पनि रोकिन पुगेको छ भने विभागीय कामहरू पनि प्रभावित बन्न पुगेका छन् । यसैगरी, महिना दिन बितिसक्दा पनि डेपुटी नियुक्त नहुँदा पुनर्निर्माणसम्बन्धी कामहरू पनि अगाडि बढ्न सकेका छैनन् ।
राष्ट्र बैंकमा रहेका अधिकांश समितिहरूको प्रमुख डेपुटी गभर्नर रहने प्रावधान रहेको छ । डेपुटीले निर्णय नगरी कुनै पनि समितिको काम अगाडि बढ्न सक्दैन । तर, गभर्नरले नै लामो समयसम्म झुलाएर डेपुटी नियुक्तिका लागि नाम सिफारिस गर्न नसकेपछि केन्द्रीय बैंकका दैनिक कामहरू प्रभावित त बनेको छ नै, डेपुटीको नाम सिफारिस गरेर बैंकको काम–कारबाहीलाई गति दिनेतिर गभर्नरको चासो नपोखिएको देखिएको छ । बरु, गभर्नर नेपाल भने राष्ट्र बैंकको अस्तव्यस्त अवस्थाप्रति भन्दा पनि देश दौडाहामा सामेल भइरहेका छन् । गत मंगलबार मात्रै गभर्नर नेपाल पूर्वाञ्चलको दौडाहामा थिए । राष्ट्र बैंकको कामका लागि नभई धनकुटाको वसन्तपुरमा पूर्व आपूर्ति मन्त्री सुनीलबहादुर थापाले खोलेको एउटा होटलमा उनी पाहुना लाग्न पुगेका थिए । पूर्वका विभिन्न पर्यटकीय थलोहरूमा उनले पूरै ६ दिन बिताएका थिए । त्यसअघि भने उनी सौराहा, लुम्बिनीलगायतको भ्रमणमा निस्किएका थिए । सौराहामा भएको एउटा गोष्ठीमा भाग लिने क्रममा उनले सौराहालगायत ठाउँमा केही दिन बिताएका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
Leave a Reply