पूर्वमाओवादी र पूर्वप्रशासकबीच भिडन्त
काठमाडौं । एमाओवादी छाडेर नयाँ शक्ति निर्माणमा लागेका डा. बाबुराम भट्टराईको पार्टीभित्र नजन्मिँदै विवाद सुरु भएको छ । राजनीति, प्रशासन, कलाकारिता आदि क्षेत्रका पुराना र थाकेका अनुहारहरूको भिड जम्मा गरेर घोषणा गर्न लागिएको उक्त पार्टीमा अहिलेबाटै वामपन्थी धार र अन्य धारबीच विभाजनको रेखा कोरिन थालेको छ ।
स्रोतका अनुसार त्यहाँभित्र मुख्यत तीन वटा विषयलाई लिएर विवाद सुरु भएको छ । पहिलो विषय भट्टराई पत्नी हिसिला यमीलाई पार्टीमा राख्ने कि नराख्ने भन्नेमा ठूलो विवाद छ । नयाँ शक्तिको प्रमुख भट्टराई स्वयं भएकाले अदृश्य रूपमा नै किन नहोस् हिसिलाको चुरीफुरी त हुने नै भयो । तर, बाहिर देखिने गरी उनलाई पार्टीमा राख्नु नहुनेमा अधिकांशको एक मत रहेको बताइन्छ । भ्रष्ट महिलाका रूपमा समाजमा बदनामी कमाइसकेको हुनाले उनलाई पार्टीमा राख्दा जनताको समर्थन लिन नसकिने भन्दै पूर्वमाओवादी र रामेश्वर खनाललगायतका पूर्वप्रशासकहरूले पार्टीमा नराख्न भट्टराईलाई सुझाव दिएका छन् । तर, भट्टराई स्वयं उनीहरूको सल्लाह मान्न तयार छैनन् । उनलाई भ्रष्ट भन्ने प्रमाण केही पनि नभएकाले यस्ता मनगढन्ते आरोपलाई आधार बनाएर हिसिलालाई आउट गर्न नहुने भट्टराईले बताउने गरेका छन् । नयाँ शक्तिमा दुई पटक गरेर ५७ सदस्यीय केन्द्रीय परिषद् बनाउँदा पनि अहिलेसम्म हिसिलालाई राखिएको छैन । दोस्रो विवाद माक्र्सवाद मान्ने कि नमान्ने भन्नेमा रहेको स्रोतले बतायो । मुमाराम खनाललगायतका पूर्वमाओवादीहरू माक्र्सवादलाई पार्टीको
वैचारिक लाइन बनाउनुपर्नेमा छन् । नयाँ शक्तिमा रहेका कलाकारहरू सरोज खनाल, करिश्मा मानन्धर, अशोक शर्मालगायतलाई माक्र्सवाद कुन चरीको नाम हो भन्नेसम्म थाहा नभएकाले यसमा उनीहरूको कुनै मत छैन तर पूर्वप्रशासकहरू रामेश्वर खनाल, डा. प्रवीण मिश्र, हरेराम कोइराला लगायतले माक्र्सवादलाई समातेर नयाँ शक्ति बनाउन नसकिने बताउने गरेका छन् । यसमा स्वयं भट्टराई पनि माक्र्सवाद अँगाल्नैपर्छ भन्नेमा नरहेको बताइन्छ । अर्को विवाद नयाँ पार्टीको औपचारिक घोषणा आउने नयाँ वर्षमा गर्ने कि नगर्ने भन्नेमा रहेको छ । पूर्वमाओवादीहरू आगामी २०७३ साल वैशाख १ गते नै पार्टी घोषणा गरेर जानुपर्ने लाइनमा छन् भने पूर्वप्रशासकहरूले केही वर्षसम्म समाजमा नयाँ गतिविधि सञ्चालन गरेर जनतामा भिजिसकेपछि मात्र पार्टी घोषणा गर्नुपर्ने धारणा राख्ने गरेका छन् । नयाँ शक्तिले काठमाडौंको बबरमहलमा साढे तीनतले घर भाडामा लिएर कार्यलय सञ्चालन गरिसकेको छ । उक्त घरको भाडा मात्र मासिक झन्डै तीन लाख भएको बताइन्छ । त्यत्रो भाडा तिर्ने पैसा कहाँबाट आउँछ भन्ने कुराले पनि नयाँ शक्तिभित्र विवाद उत्पन्न गराएको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply