वाणिज्यमा सिइओ को ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकलाई प्रतिस्पर्धामा एक नम्बरमा पुर्याएर प्रमुख कार्यकारी अधिकृत (सिइओ) बाट कृष्णप्रसाद शर्माले तीन साताअघि अवकाश पाएपछि नयाँ सिइओका लागि छनोट प्रक्रिया अघि बढेको छ । बैंकले दुई साताभित्र नयाँ सिइओ पाइसक्ने थाहा भएको छ ।
अर्थ मन्त्रालयका सहसचिव कृष्णप्रसाद देवकोटाको संयोजकत्वमा गठित तीन सदस्यीय समितिसमक्ष सिइओका लागि १६ जनाले आवदेन दिएका छन् । माघ १५ गते आवेदन दिने समय सकिएपछि बैठक बसेर छनोट प्रक्रिया सुरु भएको संयोजक देवकोटाले जानकारी दिनुभयो । ‘अब छनोट सुरु गर्छौं, प्रस्ताव माग्छौं,’ उहाँले भन्नुभयो, ‘दुई साताभित्र टुंग्याउने योजना छ ।’ उक्त समितिले सिफारिस गरेका तीन जनामध्ये एक जना नियुक्त हुने प्रावधान छ ।
सिइओका लागि निवर्तमान सिइओ कृष्णप्रसाद शर्माले पनि आवेदन हाल्नुभएको छ । आफूले बैंकको खराब कर्जा घटाउनुका साथै निक्षेप तथा लगानी बढाएका कारण सिइओमा पुन: जिम्मा पाउने उहाँको अपेक्षा छ । यसैगरी, कृषि विकास बैंकका उपमहाप्रबन्धक अनिलकुमार उपाध्याय, वाणिज्य बैंककै कामु सिइओ भेषराज पन्थी, बैंककै ११औं तहमा कार्यरत कविराज अधिकारी र भूपेन्द्र पाण्डे र नवौं तहमा कार्यरत शालिग्राम वाग्ले, भर्खरै अवकाशप्राप्त डीजीएम सुरेन्द्रकुमार बजिमयोले पनि आवेदन दिनुभएको छ ।
खुला प्रतिस्पर्धाबाट कर्मचारी सञ्चय कोषको प्रशासक नियुक्त भएर राम्रो काम गरिरहनुभएका कृष्णप्रसाद आचार्यले वाणिज्य बैंकमा आवेदन दिनुभएको छ । उहाँको अझै एक वर्ष कार्यकाल बाँकी छ । यसैगरी, डा. घमानसिंह खड्का (मीनभवन), रामदेव यादव (धनुषा), किरणकुमार श्रेष्ठ (ललितपुर), सुन्दरराम बोहरा (काठमाडौं), कृष्णकुमार भट्टराई (काठमाडौं), अशोकुमार खड्का (काठमाडौं), गोपीकृष्ण न्यौपाने (भक्तपुर) र सुमन न्यौपाने (काठमाडौं) हुनुहुन्छ ।
अर्थ मन्त्रालयले सिइओ छनोटका लागि सहसचिव देवकोटाको नेतृत्वमा मन्त्रालयकै सहसचिव जीवनहरि अधिकारी र बैंकका सञ्चालक समिति सदस्य हरिकृष्ण ढकालको तीन सदस्यीय समिति बनाएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
Leave a Reply