कस्ता छन् शीतल निवासका सारथि ?
काठमाडौं । राष्ट्र्रपतिमा निर्वाचित भएको ठीक सय दिनपछि राष्ट्र्रपति विद्यादेवी भण्डारीले छ विज्ञ नियुक्त गर्नुभएको छ । कात्तिक ११ गते राष्ट्र्रपति निर्वाचित भण्डारीले माघ २१ गते आफ्नो राजनीतिक विज्ञमा सुशील प्याकुरेल, अर्थ राजनीति विज्ञमा धनहर्क राई, परराष्ट्र्र विज्ञमा डा. मदनकुमार भट्टराई, पर्यटन विज्ञमा जगन्नाथ महासेठ, महिला सशक्तीकरण विज्ञमा डा. मीना आचार्य र सञ्चार विज्ञमा माधव शर्मालाई नियुक्त गर्नुभएको छ ।
यसअघिको सल्लाहकारको पद मन्त्रिपरिषद्को निर्णयबाटै हटाएर विज्ञको पद सिर्जना गरी उनीहरूलाई नियुक्त गरिएको हो । यसअघिका राष्ट्र्रपति डा. रामवरण यादवको सल्लाहकार टिमले राखेको राष्ट्र्रपति पदको गरिमा जोगाउन नवनियुक्त विज्ञहरूले कत्तिको सक्छन् भन्ने कोणबाट उनीहरूको अहिल्यैबाट मूल्यांकन गर्न थालिएको छ । विज्ञको समूहमा राष्ट्र्रपति भण्डारीले सबै उमेरले ६० वर्ष नाघेकालाई छान्नुभएको छ । सबै विज्ञलाई राज्यमन्त्रीसरहको तह दिइएको छ ।
नवनियुक्त विज्ञहरूको पृष्ठभूमि हेर्दा उनीहरु कुनै न कुनै रुपमा आआफ्नो क्षेत्रमा स्थापित छन् । लामो समय सामाजिक जीवन बिताएका ती विज्ञहरुले मुलुकको सर्वोच्च संस्थाको सार्वजनिक छवि िनिर्माणमा कस्ते भूमिका खेल्छन् ? राष्टपति भण्डारी स्वयम्को सार्वजनिक छवि पनि धेरै हदसम्म त्यसमा निहित रहने छ ।
सुशील प्याकुरेल
राजनीतिक विज्ञ प्याकुरेल चर्चित अधिकारकर्मी हुन् । नेपालम मानव अधिकारका क्षेत्रमा एक नम्बर मानिंदै आएको अनौपचारिक सेवा केन्द्र (इन्सेक) का संस्थापक अध्यक्षसमेत रहेका उनी राष्ट्रिय मानव अधिकार आयोगका सदस्य भइसकेका छन् । प्याकुरेल परिवारको भण्डारी परिवारसँग २०३० को दशकदेखिकै घनिष्ठता थियो । प्याकुरेल २०४६ को जनआन्दोलनका लागि बनेको संयुक्त वाममोर्चाका सदस्यसमेत थिए । गैरवामपन्थी वृत्तमा समेत प्याकुरेलको राम्रो पहिचान छ ।
धनहर्क राई
अर्थ राजनीतिक विज्ञ राई राष्ट्र्रपति भण्डारीका गुरु हुन् । लामो समयसम्म भोजपुरको माध्यमिक विद्यालयको शिक्षक रहेका उनी २०४८ र २०५१ सालमा एमालेका तर्फबाट सांसद निर्वाचित भएका थिए । त्यसपछिको समय राजनीतिबाट बिस्तारै अल्लगिएका उनी धरान क्याम्पसमा अर्थशास्त्र पढाउँथे ।
माधव शर्मा
सञ्चार विज्ञ शर्मा २०२८ सालदेखि निरन्तर पत्रकारितामा छन् । ४२ वर्षअघि पोखरामा ‘नयाँ नेपाल’ दैनिकबाट पत्रकारिता आरम्भ गरेका शर्मा २०३६ सालको चर्चित ‘छानबिन’ साप्ताहिकका सम्पादक तथा प्रकाशक थिए । प्रेस काउन्सिको सदस्यसमेत भइसकेका शर्माको सम्पादनमा अहिले पनि पोखराबाट पोखरा हटलाइन राष्ट्रिय दैनिक प्रकाशित भइरहेको छ । उनी मोफसलका पत्रकारहरूको संस्था मेची–महाकाली मिडिया सोसाइटीका संस्थापक अध्यक्ष पनि छन् ।
डा. मदनकुमार भट्टराई
परराष्ट्र्र मामिला विज्ञ डा. भट्टराई जापानका लागि नेपाली राजदूतका रूपमा चारवर्षे कार्यकाल पूरा गरी हालै स्वदेश फर्किएका हुन् । जर्मनीका लागि समेत राजदूत भइसकेका उनी परराष्ट्र्र मन्त्रालयका पूर्वसचिव हुन् । समकालीन कूटनीतिज्ञहरूका बीच सूचना, ज्ञान र सम्पर्कका हिसाबले उनी अब्बल मानिन्छन् । डा. भट्टराईले दुई विषयमा विद्यावारिधि गरेका छन् ।
जगन्नाथ महासेठ
पर्यटन विज्ञ महासेठ नेपाल सरकारका अवकाश प्राप्त कर्मचारी हुन् । लामो समय कृषि मन्त्रालयअन्तर्गतका निकायहरूमा काम गरेका उनले कृषि मन्त्रालयकै सहसचिवबाट अवकाश प्राप्त हुन् । खासगरी ग्रामीण पर्यटन र कृषि विषयमा दखल राख्ने उनले कृषि विषयमा स्नातकोत्तर गरेका छन् । उनी एमाले नेता रघुवीर महासेठका दाजु हुन् ।
डा. मीना आचार्य
महिला सशक्तीकरण विज्ञ आचार्य जिउँदा सहिदका रूपमा सम्झिइने पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यकी छोरी हुन् । लामो समयदेखि महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा उनी क्रियाशील छिन् । उनले विकास र लैंगिक विषयमा विद्यावारिधि गरेकी छन् ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply