बहुमत पूर्वअध्यक्ष दीपकको पक्षमा

२०२२ सालमा शान्ति निकुञ्ज स्कुलमा कक्षा ९ मा अध्ययनरत सुजन खरेल ९आत्मराम० लाई अनेरास्ववियुको संस्थापक संयोजक मानिन्छ । आधा शताब्दी गुजारिसकेको अनेरास्ववियुले थुप्रै आरोहअवरोहसमेत बेहोरेको छ भने अहिले स्थापना कालमा जस्तो नभएर अनेरास्ववियुको मुद्दा र कार्यभारहरूसमेत बदलिएका छन् । खरेल अहिले जीवित छैनन् भने दोस्रो सम्मेलनबाट संयोजक बनेका नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष विश्वकान्त मैनाली अहिले सक्रिय राजनीतिमा छैनन् । त्यस्तै, तेस्रो सम्मेलनबाट अध्यक्ष भएका गोविन्दमान श्रेष्ठ अमेरिकातिर भासिएका छन् भने चौथो सम्मेलनबाट अध्यक्ष भएका मुकुन्दबहादुर श्रेष्ठको निधन भइसकेको छ ।
त्यसो त पाँचौं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष भएका टंक कार्की छैटौंबाट पनि नेतृत्वमा आएका थिए । लामो समय सक्रिय राजनीतिमा नरहेका उनी अहिले भने नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य छन् । सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक रहेका मानव अधिकारकर्मी गौरी प्रधान अहिले राजनीतिमा सक्रिय छैनन् भने सातौं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष भएका रामप्रसाद ज्ञवाली पनि अहिले राजनीतिमा सक्रिय छैनन् र पोखरातिर बसोबास गर्छन् । आठौं राष्ट्रिय सम्मेलनबाट पनि नेता तथा संगठनको आग्रहमा ज्ञवाली पुनस् अध्यक्ष भएका थिए ।
नवौं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष भएका झापाका चन्द्र भण्डारी पनि राजनीतिमा सक्रिय छैनन् भने दसौंमा अध्यक्ष भएका तुलबहादुर गुरुङ भने अहिले एमाले वैकल्पिक पोलिटब्युरो सदस्य छन् । त्यस्तै, ११औं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष भएका शंकर पोखरेल एमालेका पूर्वसचिव तथा हाल स्थायी समिति सदस्य छन् भने १२औं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष भएका रामनाथ ढकालको भने एमालेको सक्रिय राजनीतिमा रहँदारहँदै एक वर्ष अघि निधन भयो । अहिले सचिव तथा प्रचार विभाग प्रमुख रहेका योगेश भट्टराई २०५१ मा संगठन पुनर्गठनपछि महासचिवबाट अध्यक्ष भएका हुन् । १३औं राष्ट्रिय सम्मेलनबाट पनि भट्टराई नै अध्यक्ष भए भने २०५४ मा पार्टी विभाजन भएपछि पनि उनी माले अखिलका अध्यक्ष भए । तर, १४औं सम्मेलन गरेर रूपनारायण श्रेष्ठलाई अखिल अध्यक्ष बनाएपछि भट्टराई भने पार्टी काममा लागे । यता एमालेले भने संगठनमा फुट आएपछि अरुण नेपाललाई संगठन पुनर्गठन गरी अध्यक्ष बनायो । नेपालकै नेतृत्वमा रहेको कमिटीले १५औं राष्ट्रिय सम्मेलन गरेर हिक्मत कार्कीलाई अध्यक्ष चयन गर्यो । अहिले नेपाल पार्टीको पोलिटब्युरो सदस्य रहेका छन् भने कार्की पनि केन्द्रीय सदस्य तथा मेची अञ्चल इन्चार्ज रहेका छन् ।
यता विभाजनतर्फको १४औं राष्ट्रिय सम्मेलनमा उपाध्यक्ष रहेका रूपनारायण श्रेष्ठ योगेश भट्टराई पूर्णकालीन पार्टी काममा सक्रिय हुन थालेपछि बीचैमा अध्यक्ष भए तर उनले पनि आफ्नो कार्यकालमा सम्मेलन गर्ने अवसर पाएनन् । श्रेष्ठ अध्यक्ष भएपछि अर्को सम्मेलन आउने बेलामा रवीन्द्र अधिकारी संयोजक बने । मालेनिकट अनेरास्ववियुले गरेको १५औं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष चयन भएका अधिकारी एकतापछि बिदा भए र हाल पार्टी राजनीतिमा सक्रिय छन् । कास्कीबाट प्रत्यक्ष निर्वाचित उनी अहिले संसद्को विकास समिति सभापति, केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज रहेका छन् ।
अनेरास्ववियुको १६औं सम्मेलनबाट अध्यक्ष भएका राजेन्द्र राई हाल एमाले केन्द्रीय सदस्य छन् भने १७औं राष्ट्रिय सम्मेलनमा अध्यक्षमा निर्वाचित खिमलाल भट्टराई पनि अहिले केन्द्रीय सदस्य छन् । त्यस्तै, १८औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित ठाकुर गैरे पनि हाल एमाले पोलिटब्युरो सदस्य छन् भने १९औं सम्मेलनबाट पहिलोपटक महिला अध्यक्ष बन्न सफल रामकुमारी झाँक्री पनि एमाले केन्द्रीय सदस्य छिन् । त्यस्तै, २०औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित माधव ढुंगेल पनि हाल केन्द्रीय सदस्य छन् भने २१औं सम्मेलनबाट निर्वाचित र २२औं सम्मेलनबाट बिदाइ हुँदै गरेका किशोरविक्रम मल्ल पनि पार्टीले उचित जिम्मेवारी दिनेमा आशावादी छन् ।
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply