टायर बलेपछि मन्त्री मत्थर
काठमाडां । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलको हठका कारण अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको स्थानलाई लिएर विवाद उत्पन्न हुन पुगेको छ । आगामी जेठ ६ र ७ गते हुन लागिरहेको सम्मेलन मन्त्री पोखरेलले काठमाडौंमा नै गराउन चाहिरहेका छन् भने लुम्बिनीका स्थानीय बासिन्दा र बुद्धिष्ट संघ/संस्थाहरूले भने लुम्बिनीमा गराउन तीव्र दबाब दिइरहेका छन् । मन्त्री पोखरेलले बुद्धको जन्मस्थल लुम्बिनीलाई उपेक्षा गरेर अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौंमा आयोजना गर्ने टुंगो लगाएपछि अहिले विवाद सिर्जना हुन पुगेको हो । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनकै सन्दर्भमा छलफल गर्न यही चैतको दोस्रो साता लुम्बिनी पुगेका मन्त्री पोखरेलविरुद्ध लुम्बिनीको पर्सा चोकमा टायर बालेर विरोध प्रदर्शनसमेत गरिएको थियो । लुम्बिनीमा मन्त्री आउने थाहा पाएपछि स्थानीयहरूले पर्सा चोकमा टायर बालेर अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमै गर्नुपर्छ भनी नारा लगाएका थिए । मन्त्री पोखरेल उपस्थित रहेको सो छलफल कार्यक्रममा पनि नाराबाजी गरिएको थियो । रूपन्देही क्षेत्र नं. ७ का सांसद कमलेशकुमार गोस्वामी, अर्का सांसद इस्तियाक अहमद खानलगायत स्थानीय बासिन्दाले बौद्ध सम्मेलन लुम्बिनीमै गर्नुपर्ने दबाब दिएका थिए । यसअघिका दुई सम्मेलन पनि लुम्बिनीमै भएको हँुदा अहिले पनि लुम्बिनीमै गर्नुपर्नेमा सबैको जोड रहेको थियो । मन्त्री पोखरेलले भने सुरक्षा र गर्मीका कारण काठमाडौंमा सम्मेलन गर्न लागेको बताएका थिए । उनले सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत २९ देशका व्यक्तिहरू आउने भएको हँुदा सुरक्षा र लुम्बिनीमा गर्मी हुने भएका कारण काठमाडौंमै गर्न लागिएको बताएका थिए । मन्त्री पोखरेलले सम्मेलन जहाँ गरे पनि लुम्बिनीकै लागि गर्ने हो भनी त्यस कार्यक्रममा जवाफ दिएका थिए । त्यस अवसरमा मन्त्री पोखरेलले आफ्नो बचाउ गर्दै काठमाडौंमा बौद्ध सम्मेलनबारे अन्तक्र्रिया गर्ने र बुद्ध जयन्तीचाहिँ लुम्बिनीमा नै मनाइने बताएका थिए ।
यसैबीच, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई भव्यतापूर्वक मनाउन मन्त्रालयले प्रमुख कार्यकारी अधिकृतमा बच्चु श्रेष्ठलाई नियुक्त गरेको छ । केही दिनअघि श्रेष्ठ खुला प्रतिस्पर्धाबाट सिइओमा नियुक्त भएका हुन् । उनीसँगै अर्का एकजनाले पनि सिइओको अन्तर्वार्तामा भिडेका थिए । यसअघि मन्त्री पोखरेलले विज्ञापन नै आह्वान नगरी दोलखातिरका एकजना आफन्तलाई मौखिक निर्देशनमा सिइओको जिम्मेवारी सुम्पिँदा त्यसले विवाद उत्पन्न गरेको थियो । तर, नियुक्त हुनअघि नै मन्त्रीका नातेदार विवादमा मुछिएपछि ती नातेदार सिइओ छनोटको प्रतिस्पर्धामा भाग नलिएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply