गृहमै पुगेर मन्त्रीलाई हप्कीदप्की
काठमाडौँ । आफैंले बोलाएका पाहुनाले सबका अगाडि आफैंलाई गाली गरे भने तपाईंलाई कस्तो लाग्छ ? गत साता गृहमन्त्री शक्तिबहादुर बस्नेतचाहिँ गाली सुन्दै टाउको निहुराएर मात्र बसिरहे ।
प्रसंग नलसिंह गाड जलविद्युत् आयोजनासँग सम्बन्धित थियो । संसद्को सार्वजनिक लेखा समितिले नलसिंह गाडको ठेक्कापट्टामा अनियमितताको गन्ध आएकाले काम अघि नबढाउनु भनेकाले आयोजना क्षेत्र (जाजरकोट) का सांसदसमेत रहेका मन्त्री बस्नेतमाथि काम फुकाइदिन दबाब परिरहेको थियो । बेलुकाबिहानैजसो निवासमा पुगेर नलसिंह गाडका कार्यकारी प्रमुख मोतीबहादुर कुँवरका साथै ठेकेदारले हत्तु पारेपछि मन्त्री बस्नेतले लेखा समितिका सभापति जनार्दन शर्मालाई छलफलका लागि गृहमा बोलाएका थिए । शर्मा त्यहाँ पुग्दा मन्त्री बस्नेत भित्र व्यस्त थिए । एकछिन एकछिन भन्दाभन्दै उनले त्यहाँ निकैबेर कुर्नुपर्यो । युद्धका बेलामा सहकर्मीलाई चड्कन दिएर चर्चामा आएका जनार्दनलाई रिसको पारो चढिसकेको रहेछ ।
भित्रबाट एकजना महिला फुत्त निस्केर नमस्ते भन्दै हिँडिन् । त्यसपछि उनलाई के चाहियो र ? मन्त्रीकोमा पस्नै पाएका थिएनन्, सोधिहाले, को त्यो आइमाई ? मन्त्री बस्नेत केही बोलेनन् । शर्मा पड्किरहे, यस्ता तस्कर र दलालहरूसँग गोप्यमा भेटेर के गर्न खोजेको ? अनि यस्ता दलालसँग भेटेर मलाई बाहिर कुराउने ? तपाईंले के गर्न चाहेको हो ? एमाओवादी पार्टीलाई रसातलमा पुर्याउने विचार छ ? मन्त्री बस्नेत केही पनि बोलेनन्, उनले मुन्टो निहुराइरहे । ठमेलतिर बस्ने ती महिला विदेशी थिइनन्, जसले नेपालमा चिनियाँ कम्पनीका लागि सहजीकरणको काम गर्छिन् । उनलाई नचिन्ने सरकारी अधिकारी र पदमा रहेका नेताहरू कमै छन् । भएछ के भने कुनै कामका सन्दर्भमा लबिङ गर्न उनी शर्माकोमा पनि पुगिसकेकी रहिछन् र उनले राम्ररी चिन्दा रहेछन् । कमिसनभन्दा तलका कुनै कुरै नगर्ने ती महिलाबारे मन्त्री बस्नेत केही बोल्दै बोलेनन् । त्यहाँ शर्माले चाहिँ मुखमा आए जति अपशब्दसमेत प्रयोग गर्न बाँकी राखेनन् ।
यसो त शर्मा र बस्नेतबीच जनयुद्धकालदेखि नै राम्रो सम्बन्ध छैन । युद्धकालमा बस्नेतकी पत्नी सत्या पहाडीले आफूमाथि बस्नेतले इच्छाविपरीत जबर्जस्ती यौन क्रियाकलाप गर्न खोजेको भन्दै पार्टीमा दिएको उजुरीको छानबिन शर्माले नै गरेका थिए । तर्क, तथ्यभन्दा मुढेबल प्रयोग गर्न रुचाउने शर्माले त्यतिबेला कानका जाली तात्ने गरी एक झापड हानेका पनि थिए । हालै केपी ओली प्रधानमन्त्री हुँदा शर्मा गृहमन्त्री बन्ने धुनमा थिए । तर, पार्टी तेस्रो शक्तिमा पुगेका बेला पनि राज्यमन्त्रीसरहको लेखा समितिको सभापति दिइएको भन्दै स्वयं प्रचण्डको उनको नामै लिन चाहेनन् । शर्माले चाहिँ आफ्नो भाग बस्नेतले खोसिदिएको झैं गरी आफूनिकटका मिडियामार्फत निरन्तर आक्रमण गरेको आरोप बस्नेतले लगाउँदै आएका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply