गुट बचाउन मात्र पौडेलको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच आज प्रतिस्पर्धा हँुदै छ । आज हुने निर्वाचनका लागि उनीहरू हिजो दुवैको उम्मेदवारी परेको हो ।रमाइलो पक्ष त के छ भने उम्मेदवारी दर्तामा सभापति देउवाको प्रस्तावक फरमुल्लाह मन्सुर र समर्थक पद्मनारायण चौधरी बसेका छन् । जबकि चौधरी गत महिना सम्पन्न १३औं महाधिवेशनमा पौडेल समूहबाट खुलातर्फ केन्द्रीय सदस्यमा उठेर पराजित भएका थिए । उनी पौडेल समूह त्यागेर अहिले देउवाको समर्थक बसेका हुन् । प्रस्तावक मन्सुर पनि १३औं महाधिवेशनअघि मात्र देउवा समूहमा आएर त्यही समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
पौडेलको प्रस्तावकमा भने प्रकाशमान सिंह र समर्थकमा महामन्त्री शशांक कोइराला बसेका छन् । कांग्रेस संसदीय दलमा २ सय ४ जना सांसद रहेकोमा देउवासँग आरामदायी बहुमत छ । कांग्रेसनिकट स्रोतका अनुसार पौडेल समूहको छलफलमा पनि बढीमा ७० भोट मात्र पौडेलले ल्याउने अंकगणितीय हिसाब भएको छ । तर, पनि गुट बचाउन उम्मेदवारी दिनैपर्ने बाध्यताका कारण मात्रपौडेललाई उभ्याइएको स्रोतले बतायो । ‘देउवाले जितिहाल्छन् भनेर उम्मेदवारी नै नदिँदा आफ्नो गुट नै नजोगिने र पार्टी देउवाको कब्जामा जाने भएरै पौडेलले उम्मेदवारी दिनुभएको हो, जित्नलाई होइन,’ पौडेलनिकट एक सभासद्ले भने, ‘विगतमा हारिन्छ भनेर जान्दाजान्दै देउवाले कोइरालासँग प्रतिस्पर्धा गरेको पनि गुट बचाउन हो, जसका कारण आज उहाँले चुनाव जित्दै हुनुहुन्छ ।’आज संसदीय दलको कार्यालय सिंहदरबारमा हुने निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग गरिने भएको छ । मतदान भएको आधा घन्टाभित्रै परिणाम पनि आउने बताइएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply