गुट बचाउन मात्र पौडेलको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच आज प्रतिस्पर्धा हँुदै छ । आज हुने निर्वाचनका लागि उनीहरू हिजो दुवैको उम्मेदवारी परेको हो ।रमाइलो पक्ष त के छ भने उम्मेदवारी दर्तामा सभापति देउवाको प्रस्तावक फरमुल्लाह मन्सुर र समर्थक पद्मनारायण चौधरी बसेका छन् । जबकि चौधरी गत महिना सम्पन्न १३औं महाधिवेशनमा पौडेल समूहबाट खुलातर्फ केन्द्रीय सदस्यमा उठेर पराजित भएका थिए । उनी पौडेल समूह त्यागेर अहिले देउवाको समर्थक बसेका हुन् । प्रस्तावक मन्सुर पनि १३औं महाधिवेशनअघि मात्र देउवा समूहमा आएर त्यही समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
पौडेलको प्रस्तावकमा भने प्रकाशमान सिंह र समर्थकमा महामन्त्री शशांक कोइराला बसेका छन् । कांग्रेस संसदीय दलमा २ सय ४ जना सांसद रहेकोमा देउवासँग आरामदायी बहुमत छ । कांग्रेसनिकट स्रोतका अनुसार पौडेल समूहको छलफलमा पनि बढीमा ७० भोट मात्र पौडेलले ल्याउने अंकगणितीय हिसाब भएको छ । तर, पनि गुट बचाउन उम्मेदवारी दिनैपर्ने बाध्यताका कारण मात्रपौडेललाई उभ्याइएको स्रोतले बतायो । ‘देउवाले जितिहाल्छन् भनेर उम्मेदवारी नै नदिँदा आफ्नो गुट नै नजोगिने र पार्टी देउवाको कब्जामा जाने भएरै पौडेलले उम्मेदवारी दिनुभएको हो, जित्नलाई होइन,’ पौडेलनिकट एक सभासद्ले भने, ‘विगतमा हारिन्छ भनेर जान्दाजान्दै देउवाले कोइरालासँग प्रतिस्पर्धा गरेको पनि गुट बचाउन हो, जसका कारण आज उहाँले चुनाव जित्दै हुनुहुन्छ ।’आज संसदीय दलको कार्यालय सिंहदरबारमा हुने निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग गरिने भएको छ । मतदान भएको आधा घन्टाभित्रै परिणाम पनि आउने बताइएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
Leave a Reply