दुइटा हरि मिलेपछि
काठमाडौं । १५ दिनअघि मात्रै पूर्वसभासद् हरि रोका कृषि विकास मन्त्रालयमा एउटा प्रस्ताव लिएर गए । एमाले, माले हुँदै आफ्नै पार्टीमा आएर सभासद् भएका रोकाले प्रस्ताव ल्याएपछि कृषि विकासमन्त्री हरिबोल गजुरेलले नाइँनास्ती गर्ने कुरै भएन । करिब २ लाखबराबरको त्यो कामको जिम्मा मन्त्रीले रोकालाई दिए ।
काम थियो, किसानहरूको वर्गीकरण । आफू मन्त्री भएलगत्तै गजुरेलले किसानहरूको वर्गीकरण गर्ने आकर्षक प्रस्ताव अगाडि सारेका थिए । मन्त्रालयले जारी गरेको २७ बुँदे प्रतिबद्धतामा पनि सो कुरालाई अटाए । यसअघि, मन्त्रालयले किसानहरूको वर्गीकरण गर्ने कार्य सुरु गरेको भए पनि त्यो त्यति प्रभावकारी र वैज्ञानिक नभएको कुरा उठिरहेको थियो । काठमाडौंलगायत केही जिल्लामा किसानहरूको वर्गीकरण गर्न थाले पनि वर्गीकरणको कार्य वैज्ञानिक नभएको हुँदा त्यससम्बन्धी कार्यविधि बनाएर अगाडि बढ्न रोकालाई जिम्मा दिइएको थियो ।
मन्त्री गजुरेलसमक्ष रोकाले यो मेरो रुचिको विषय हो भनेपछि करसहित २ लाखको कामको जिम्मेवारी रोकाले पाएका हुन् । उनले १५÷२० दिनअघि मात्रै मन्त्रालयमा त्यस्तो प्रस्ताव लिएर गएका थिए । दाङ, सप्तरीलगायतका जिल्लामा गएर अध्ययन गरेका हुँदा पनि कार्यविधि बनाउन रोकालाई सजिलो हुन पुगेको बताइन्छ ।
किसानहरूको वर्गीकरण हुँदा त्यसले कुन किसानलाई कस्तो अनुदान, ऋण सहुलियत दिने भन्नेबारे प्रस्ट हुने मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले बताए । अहिलेसम्म मन्त्रालयअन्तर्गतका विभिन्न आयोजनाले वितरण गर्दै आएको अनुदान रकम र सहुलियत दरको ऋणमा पहुँच भएका व्यक्तिहरूको मात्रै हालीमुहाली रहेको कुरा बारम्बार उठ्ने गरेको हुँदा वर्गीकरण गरेपछि अनुदान र सहुलियत ऋण दिन सजिलो पर्ने बताइन्छ । प्रवक्ता कार्कीले भने– ‘वर्गीकरण भएपछि किसानले पाउने सहुलियत स्पष्ट हुनेछ ।’
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply