डोलिन्द्रको पद धरापमा
काठमाडौं । साझा प्रकाशनको अध्यक्ष पद चप्काएर आफ्नै व्यवसाय चम्काइरहेका डोलिन्द्रप्रसाद शर्माको पद धरापमा परेको छ । साझाको अध्यक्ष शर्मासहित अरू तीन जना सञ्चालकहरूले पद छाड्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।
पूर्वशिक्षामन्त्री चित्रलेखा यादवले नियुक्त गरेका अध्यक्ष शर्मा, सञ्चालकहरू दीनानाथ शर्मा, प्रदीप नेपाल र डा.कृष्णहरि बरालको पद पुनरावेदन अदालत, पाटनको निर्णयसँगै धरापमा परेको हो । पहिला सहकारी मन्त्रालयअन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डअन्तर्गत रहेको साझालाई पछि शिक्षा मन्त्रालयअन्तर्गत गाभिएको थियो । तर, मन्त्री यादवले अध्यक्ष र तीनजना सञ्चालक नियुक्त गरेपछि सहकारी बोर्डका उपाध्यक्ष सरोज शर्माले पुनरावेदन अदालत, पाटनमा मुद्दा दायर गरेका थिए । उनले साझा प्रकाशनलाई शिक्षा मन्त्रालयमा लैजाने गरी गरेको भनिएको मन्त्रिपरिषद्को निर्णय खारेज गर्नुपर्ने र शिक्षामन्त्रीले अवैधानिक रूपमा मनोनयन गरेका अध्यक्षलगायत तीनजना सञ्चालकहरू खारेज गरिनुपर्ने व्यहोराको मुद्दा दायर गरेका थिए ।
केही दिनअघि पुनरावेदनले फैसला गर्दै सहकारी बोर्डका तर्फबाट शर्माले दिएको मुद्दामा आंशिक दाबी पुग्ने भनेपछि अध्यक्ष शर्मासहित अरू तीनजना सञ्चालकले अब साझाबाट हट्नुपर्ने देखिएको छ । यसअघि, साझा शिक्षा मन्त्रालयमा नगाभिँदा भने तीन जना सञ्चालक सेयरहोल्डरको तर्फबाट निर्वाचित भएर आउँथे भने तीन जना सञ्चालकमा जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक, शिक्षा मन्त्रालयका सहसचिव पदेन हुने व्यवस्था थियो । तर, शिक्षामा गाभिएपछि भने शर्मा, नेपाल र बराललाई मन्त्री यादवले मनोनयन गरेकी थिइन् । केही समयअघि भएको साझाको साधारण सभाले सेयरहोल्डरको तर्फबाट डा. विजय सुब्बा, जीवनचन्द्र कोइराला र हरिहर खनाललाई निर्वाचित गरेको छ । अब साधारण सभाबाट निर्वाचित तीनजना सञ्चालक कायम रहने भए पनि मन्त्रीले मनोनयन गरेका अरू तीनजना सञ्चालक भने हट्ने देखिएको छ ।
यसैगरी, दिवंगत प्रधानमन्त्री सुशील कोइरालाले गत वर्ष राजीनामा दिएकै दिन साझाको अध्यक्षमा मनोनीत भएका बर्दियाका तेजप्रकाश शर्माले भने साझाको अध्यक्षको अहिलेसम्म दाबी गरेका छैनन् । लथालिंग अवस्थामा रहेको साझाको अध्यक्षमा डोलिन्द्र रहेको हुँदा शर्माले अध्यक्षको दाबी गर्न नगएको बुझिएको छ । शर्माले दाबी गर्न नगएपछि डोलिन्द्रले नै अध्यक्ष र महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply