पोखरा विमानस्थलमा उस्तै धन्दा
काठमाडौं । पोखरा क्षेत्रीय विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रूपान्तरण गर्ने योजना अघि बढे पनि विमानस्थल परियोजनाका प्रमुखकै कारण योजना अन्योलमा परेको छ ।
आयोजना प्रमुख प्रदीप अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसँग मिलेर आयोजनालाई आर्थिक चलखेलको थलो बनाएका छन् । अधिकारीले आयोजनाको जिम्मेवारी लिएयता हरेक आयोजनामा लागत बढाएर आयोजना तहसनहस पार्ने काम गरेको आरोप लागेको छ ।
अहिले पनि आयोजनाअन्तर्गतका हरेक ठेक्काहरूमा कमिसनकै लागि लागत बढाउने र आयोजना ढिलाइ गर्ने काममा अधिकारीको एक मात्र ध्यान जाने गरेको बताइएको छ ।
उनले २०७२ चैत ६ गते राइजिङ नेपालमा सूचना प्रकाशित गरी आयोजनाबारे टेन्डर आह्वान गर्न लगाएका थिए ।
ग्याबिन आरसी रिटेनिङ वाल निर्माणका लागि टेन्डर आह्वान भएकोमा नियोजित तरिकाबाट मृत सञ्जीवनी ज्वाइन्ट भेन्चरलाई ठेक्का दिलाएर नियमावलीविपरीत काम गरेको बताइएको छ ।
उक्त कामका लागि २० वटा कम्पनीले फर्म दर्ता गराएकोमा सुरुमा चारवटालाई सर्ट लिस्ट गरिएको थियो । सो कामका लागि कन्सल्टेन्सी लगाई ५ लाख रुपैंयाँ खर्च सुरुमा देखाइएको तर पछि कन्सल्टेन्सीको रिपोर्टका आधारमा भन्दै लागत ३ करोड पुर्याइएको बताइन्छ ।
गत वर्ष उक्त कम्पनीले काम गर्दा लागत बढाए पनि काममा गुणस्तर नआएको बताइन्छ । सो ग्याबिन वाल लगाए पनि पानीको बहावले दुई रोपनी जग्गा बगाएर लगेको थियो ।
अहिले पनि सोही कम्पनीलाई मात्र ठेक्का दिने गरी प्रावधान सच्याउनेतिर अधिकारी लागेको बताइन्छ । भवन मर्मत गर्न ५ लाख रुपैंयाँको लागतसम्म मात्र विना प्रतिस्पर्धा ठेक्का दिन मिल्ने नियम छ । तर, उनले सो कम्पनीलाई ९ लाख ३० हजार रुपंैयाँको ठेक्का दिएका थिए । यसरी नियमावलीविपरीत काम हुँदा पनि सुब्बा र खरिदारलाई १० हजार घूस खाएको बहानामा
रंगेहात पक्रिने अख्तियार रमिते बनेर बसेको छ ।
त्यसो त अधिकारी मुगुमा हुँदा गरेको अनियमितताको फाइल खोल्ने मात्र आँट गरे पनि उनको जागिर चिप्लिने निश्चित रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply