पोखरा विमानस्थलमा उस्तै धन्दा
काठमाडौं । पोखरा क्षेत्रीय विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रूपान्तरण गर्ने योजना अघि बढे पनि विमानस्थल परियोजनाका प्रमुखकै कारण योजना अन्योलमा परेको छ ।
आयोजना प्रमुख प्रदीप अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसँग मिलेर आयोजनालाई आर्थिक चलखेलको थलो बनाएका छन् । अधिकारीले आयोजनाको जिम्मेवारी लिएयता हरेक आयोजनामा लागत बढाएर आयोजना तहसनहस पार्ने काम गरेको आरोप लागेको छ ।
अहिले पनि आयोजनाअन्तर्गतका हरेक ठेक्काहरूमा कमिसनकै लागि लागत बढाउने र आयोजना ढिलाइ गर्ने काममा अधिकारीको एक मात्र ध्यान जाने गरेको बताइएको छ ।
उनले २०७२ चैत ६ गते राइजिङ नेपालमा सूचना प्रकाशित गरी आयोजनाबारे टेन्डर आह्वान गर्न लगाएका थिए ।
ग्याबिन आरसी रिटेनिङ वाल निर्माणका लागि टेन्डर आह्वान भएकोमा नियोजित तरिकाबाट मृत सञ्जीवनी ज्वाइन्ट भेन्चरलाई ठेक्का दिलाएर नियमावलीविपरीत काम गरेको बताइएको छ ।
उक्त कामका लागि २० वटा कम्पनीले फर्म दर्ता गराएकोमा सुरुमा चारवटालाई सर्ट लिस्ट गरिएको थियो । सो कामका लागि कन्सल्टेन्सी लगाई ५ लाख रुपैंयाँ खर्च सुरुमा देखाइएको तर पछि कन्सल्टेन्सीको रिपोर्टका आधारमा भन्दै लागत ३ करोड पुर्याइएको बताइन्छ ।
गत वर्ष उक्त कम्पनीले काम गर्दा लागत बढाए पनि काममा गुणस्तर नआएको बताइन्छ । सो ग्याबिन वाल लगाए पनि पानीको बहावले दुई रोपनी जग्गा बगाएर लगेको थियो ।
अहिले पनि सोही कम्पनीलाई मात्र ठेक्का दिने गरी प्रावधान सच्याउनेतिर अधिकारी लागेको बताइन्छ । भवन मर्मत गर्न ५ लाख रुपैंयाँको लागतसम्म मात्र विना प्रतिस्पर्धा ठेक्का दिन मिल्ने नियम छ । तर, उनले सो कम्पनीलाई ९ लाख ३० हजार रुपंैयाँको ठेक्का दिएका थिए । यसरी नियमावलीविपरीत काम हुँदा पनि सुब्बा र खरिदारलाई १० हजार घूस खाएको बहानामा
रंगेहात पक्रिने अख्तियार रमिते बनेर बसेको छ ।
त्यसो त अधिकारी मुगुमा हुँदा गरेको अनियमितताको फाइल खोल्ने मात्र आँट गरे पनि उनको जागिर चिप्लिने निश्चित रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply