नौ वर्षपछि चौतारीमा सर्वसम्मत नयाा नेतृत्व

काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत निर्वाचित भएका छन् । शनिबार सम्पन्न चौतारीको आठौं अधिवेशनले बस्नेतको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित गरेको हो । यसअघि हेटौंडामा सम्पन्न चौथो अधिवेशनबाट बालकृष्ण चापागाईंलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको थियो । त्यसयता कीर्तिपुरमा सम्पन्न पााचौं, बुटवलमा सम्पन्न छैटौं र विराटनगरमा सम्पन्न सातौं राष्ट्रिय अधिवेशनबाट चुनावी प्रक्रियाबाट क्रमश बालकृष्ण चापागार्इं, गगन विष्ट र राजेन्द्र अर्याल अध्यक्षमा निर्वाचित भएका थिए ।
यही जेठ ६ बाट सुरु भएको चौतारीको अधिवेशनले यसपटक सर्वसम्मत नेतृत्व घोषणा गरेको हो । यसका लागि प्रचार विभाग प्रमुख तथा पार्टी सचिव योगेश भट्टराई, उपप्रमुख तथा केन्द्रीय सदस्य सूर्य थापा, संस्थापक गोकुल बाास्कोटा, पूर्वमहासचिव प्रमोद दाहाल, पूर्वअध्यक्ष गगन विष्ट तथा पूर्वमहासचिव विष्णु रिजाल अहोरात्र खटेका थिए ।
चौतारीको वरिष्ठ उपाध्यक्ष माधव नेपाल, समावेशी उपाध्यक्षमा सइन्द्र राई, महिला उपाध्यक्ष टीका विष्ट तथा प्रदेशिक उपाध्यक्षहरूमध्ये १ बाट उपाध्यक्ष लीला भट्टराई, २ बाट लालबाबु सेख, ३ बाट विश्वमणि सुवेदी, ४ बाट गणेश पाण्डे, ५ बाट सविन प्रियासन चौधरी, ६ बाट वीरबहादुर गिरी र ७ बाट नरेन्ऽ साउद चयन भएका छन् ।
यसैगरी, महासचिव राजेश राई तथा उपमहासचिवमा रामकुमार एलन र हीरामान लामा चयन भएका छन् । यस्तै, सचिवहरूमा शुरोजंग पाण्डे, भरत केसी, रामकृष्ण शर्मा, अमृत तिमल्सिना, देवीका घर्ती मगर, भउचप्रसाद यादव र हेमकर्ण विक रहेका छन् ।
यसैगरी, कोषाध्यक्षमा इन्ऽ आचार्य, अनुशासन आयोग अध्यक्षमा जे पाण्डे र लेखा आयोग अध्यक्षमा विक्रम लुइाटेल निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय सदस्यहरूमा शन्तराम बिडारी, प्रकाश सिलवाल, हेमराज सिलवाल, तेजप्रसाद वाग्ले, सञ्चिता घिमिरे, उर्मिला कुावर, माधव तिवारी, एकिन्ऽकुमार कुावर, राजन दाहाल, शालिग्राम नेपाल, शरद सापकोटा, गोपाल गर्तौला, कमलराज तिमलसेना, चमिना भट्टराई, देवचन्ऽ भट्ट, प्रदीप आर्चाय, प्रकाश लम्साल, भरत खड्का, शिव ढुंगाना, श्याम कुावर, नारायणकुमार शाह, सटेन्ऽ जबेगु, नैन विश्वकर्मा, अम्बिका भण्डारी, फणि महत, दिलीप सिंह, गुञ्जन राय, भवानी कार्की, रामेश्वर कार्की, शिशिर सिम्खडा, जमुना शर्मा, विऽोही गिरी, गणेश पौडेल, पार्वती पाण्डे, घनश्याम गौतम, भेषराज बस्नेत, प्रतिमा परियार, गोविन्ददेव भारती, त्रिभुवन बीसी चयन भएका छन् ।
यसैगरी, लोग्सरी कुावर, धर्मराज गिरी, नवराज भण्डारी, सुभाषप्रसाद साह, नर्मदेव यादव, वृजलाल पासवान, एक्सन राई, नूतन श्रेष्ठ, यम राना, रूपा गहतराज, सन्तोष बराइली, मानबहादुर चौधरी र कमलबहादुर मल्ल रहेका छन् । यसैगरी, अनुशासन आयोगका सदस्यमा खगेन्ऽ अधिकारी, भगवान भण्डारी, नारायण पौडेल र केशव अधिकारी तथा लेखा आयोगका सदस्यमा नवराज बजगाई, शेरबहादुर चन्द, केसी लामिछाने र अमृत बास्कुने रहेका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत बिहीबार प्रज्ञा भवनमा चौतारीको आठौं राष्ट्रिय अधिवेशनको भव्य उद्घाटन गरेका थिए । कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, सचिव तथा मोर्चा संगठन प्रमुख गोकर्ण विष्ट, प्रचार विभाग प्रमुख योगेश भट्टराई, एमाले पोलिटब्युरो सदस्य तथा सूचना तथा सञ्चार मन्त्री शेरधन राई उपप्रमुख सूर्य थापा तथा विभिन्न संघरसंगठनका प्रतिनिधिहरूले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
यसैबीच, नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई नेतृत्व हस्तान्तरण, स्वागत तथा प्रमाणपत्र वितरण कार्यक्रमसमेत सम्पन्न भएको छ ।
सर्वसम्मत चयन भएका केन्द्रीय पदाधिकारीहरूलाई मोर्चा संगठन प्रमुख विष्टले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
यता, नवनिर्वाचित केन्द्रीय समितिको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । आइतबार सााझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर शान्त रात्रिभोज दिादै प्रधानमन्त्री ओलीले सम्पूर्ण सदस्यहरूलाई बधाई ज्ञापन गरेका हुन् ।
कार्यक्रममा उनले चौतारी आबद्ध पत्रकारले एमालेविरुद्धको भ्रम चिर्न सक्नुपर्ने बताए । यस्तै, उपत्यकामा उपलब्ध चौतारीका नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई प्रेस चौतारी रासस शाखाले पनि बधाई कार्यक्रय गरेको छ । शाखा अध्यक्ष कृष्णराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नवनिर्वाचित केन्द्रीय सदस्य प्रकाश सिलवाल र राससका अध्यक्ष कुलचन्द्र वाग्लेलगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
यसैबीच, चौतारीको नवनिर्वाचित कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । सोमबार काठमाडौंमा भएको सम्मेलनले अधिवेशन सफल पार्न सघाउ पुर्याउने सबैलाई धन्यवाद दिादै अर्को बैठक डाक्न आवश्यक तयारी गर्ने जिम्मेवारी पदाधिकारीहरूलाई दिएको छ । बैठकले अधिवेशनमा प्रस्तुत श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्नेलगायतका प्रस्ताव अनुमोदन गर्दै ती मागहरू सञ्चारमन्त्री शेरधन राईसमक्ष पेस गरेको छ । बैठकमा सञ्चारमन्त्री राईले सबै सदस्यलाई खादा ओढाएर बधाई दिएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply