माक्र्सवादको उज्यालो : वैचारिक र दार्शनिक खुराक
अध्ययनशील नहुने छुट पत्रकारलाई छैन । पत्रकारिता जीवन सफल बनाउन पत्रकारले अध्ययन कार्यलाई नियमित जिम्मेवारीमा राख्नुपर्छ । समाजका हरेक विषयमा जानकारी र अध्ययन भए मात्र पत्रकारले राजनीतिक, सामाजिक र आर्थिक सवालमा सही सूचना र ज्ञान पस्कन सक्छ । पत्रकार आफूले नबुझेसम्म दर्शक, श्रोता वा पाठकलाई उपयुक्त सञ्चार गर्न सक्दैन । वर्तमान साक्षर समाजमा दर्शक, श्रोता वा पाठक सचेत हुने भएकाले उनीलाई खुराक दिने काम पनि सञ्चार क्षेत्रकै हो । त्यसका लागि पत्रकारसाग वैचारिक र व्यावसायिक ज्ञानका साथै र पेसागत दक्षता हुनु अत्यावश्यक छ ।
पत्रकारको त्यही वैचारिक र व्यावसायिक ज्ञानको दायरा फराकिलो बनाउने क्रममा प्रगतिशील श्रमजीवी पत्रकारको वैचारिक संगठन प्रेस चौतारी नेपाल (२०५५)ले ‘माक्र्सवादको उज्यालो’ पुस्तक प्रकाशन गरेको छ । आफ्नो आठौं राष्ट्रिय अधिवेशन (जेठ ६–८, २०७३) का सन्दर्भमा प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट चौतारीको सो नयाा कृति ‘माक्र्सवादको उज्यालो’ लोकार्पित भएको हो । ‘माक्र्सवादको उज्यालो’ मूलत: कम्युनिस्ट विचारधारा, माक्र्सवादी सिद्धान्त, जनताको बहुदलीय जनवादका विविध व्याख्या र नेपालको वाम आन्दोलनको उतारचढाव उल्लेख गरिएको पुस्तक हो । सो पुस्तकसागै पत्रकारितासाग सम्बन्धित अर्काे कृति ‘चौतारी’ पनि लोकार्पण भएको थियो । पत्रकारितासाग सम्बन्धित संस्थाले पत्रकारिता विषयका पुस्तक तथा अध्ययन सामग्री प्रकाशन गरिरहेका हुन्छन्, त्यो उनीहरूको नियमित दायित्व हो, तर यसपटक प्रेस चौतारीले फरक विधामा पनि प्रकाशनको यात्रा प्रारम्भ गरेर उदाहरणीय कार्य गरेको छ । चौतारीले विगतमा पत्रकारिताका विभिन्न स्मारिक पुस्तक प्रकाशन गरेको थियो भने यसका विभिन्न शाखाले पनि त्यस्तै प्रकारका प्रकाशन ल्याएका थिए, यसपटक आफ्नो कार्यकालको अन्त्यतिर निवर्तमान अध्यक्ष राजेन्द्र अर्याल नेतृत्वको कार्यसमितिले १७३ पृष्ठमा आकर्षक कभरसहितको ‘माक्र्सवादको उज्यालो’जस्तो बौद्धिक बहसमुखी पुस्तक प्रकाशन गरेर पत्रकारिता क्षेत्रले वैचारिक बहसमा पनि आफूलाई उत्तिकै सक्रिय राख्न सक्छ भन्ने नमुना प्रदर्शन गरेको छ ।
‘माक्र्सवादको उज्यालो’मा कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपालीमा अनुवादित सामग्री राखिएको छ । त्यो सामग्रीको ‘सफ्ट कपी’ कतिपय ठूला कम्युनिस्ट पार्टीका मुख्यालय वा तिनका वेबसाइटमा पनि पाउन कठिन भएको सन्दर्भमा चौतारीले त्यसलाई संग्रहनीय बनाएको छ । यस्तै, नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्र पनि यसमा समाहित गरिएको छ । राज्य र उत्पीडित वर्गबारे लेलिनको विश्लेषण, विचारको प्रादुर्भावबारेको माओत्से तुङको दार्शनिक विचार, आस्था र विश्वासबारे फिडेल क्यास्त्रोको मन्थन, वर्गीय मुक्तिबारे हो ची मिन्हको सोच पुस्तकमा छन् । तीमध्ये कतिपय सामग्री यसअघि अन्य पुस्तकमा पाइए पनि एकै पुस्तकमा वैचारिक शृंखलाका क्रममा ‘माक्र्सवादको उज्यालो’ले पस्केको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताका साथै स्वदेशी लोकप्रिय कम्युनिस्ट नेताका विचारलाई पनि ‘माक्र्सवादको उज्यालो’मा पर्याप्त स्थान दिएको छ ।
क्रान्तिको बाटोसम्बन्धी जननेता मदन भण्डारी, नयाा जनवादी क्रान्तिसम्बन्धी पुष्पलाल, नेपाली इतिहासको आलोचनात्मक विवेचनामा मोदनाथ प्रश्रित, विश्व कम्युनिस्ट आन्दोलनको पृष्ठभूमिबारे युवराज ज्ञवाली, जबजको दुई दशक र अबको बाटोबारे घनश्याम भुसाल, माक्र्सवादी दर्शनबारे वेदुराम भुसाल, संविधानको मर्मबारे प्रदीप नेपाल, झापा संघर्षदेखि सिंहदरबारसम्मको वाम आन्दोनलबारे डा. विजय पौडेल र प्रचार कार्यको सैद्धान्तिक मार्गदर्शनबारे सूर्य थापाका मननीय लेख सामग्री यसमा समेटिएका छन् । ती सामग्रीका माध्यमबाट कम्युनिस्ट शब्दावली, दर्शन र विचारधाराबारे सरल रूपमा बुझ्न सकिन्छ भने पत्रकारितामा जनपक्षीय विचार धारणा कसरी मिसाउन सकिन्छ भन्ने निचोड निकाल्न पनि पुस्तकले सहयोग गर्नेछ । त्यसका साथै प्रचार कार्यको सैद्धान्तिक मार्गदर्शनबारे सूर्य थापाको लेखले प्रेस चौतारीकर्मीलाई एक प्रकारको प्रशिक्षण दिनेछ । विश्वमा कम्युनिस्ट पार्टी र पत्रकारको सम्बन्ध तथा नेपालको यसको अभ्यास र व्यवबहार बुझ्न यो लेख महत्त्वपूर्ण छ । पुस्तक पत्रकारका लागि मात्र होइन, समालोचक र बुद्धिजीवी र सचेत पाठकका लागि हो भन्ने सन्देश प्रकाशकले दिएको देखिए पनि पत्रकारितासाग सम्बन्धित संस्थाको उत्पादन भएकाले मिडिया र दार्शनिक तथा सञ्चारको जनवादीकरणबारे थप अन्य सामग्री पनि यसमा भएको भए अझ पठनीय हुन सक्ने थियो । प्राविधिक त्रुटि भएर होला, पुस्तकमा मुद्रकको नाम, संस्करण, मूल्य र प्रकाशको ठेगाना तथा आईएसबीएन छुट हुन गएको छ ।
पुस्तक : ‘माक्र्सवादको उज्यालो’
प्रकाशक : प्रेस चौतारी नेपाल
विधा : दर्शन
संयोजन : राजेश राई, सम्पादन : सइन्द्र राई
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply