नेपाल प्रहरीको सीआईबीले बढायो सक्रियता
काठमाडौं । विगतदेखि नै ठूलाखाले आर्थिक अपराध, विभिन्न व्यक्तिको अपहरणका घटना र पुराना तथा रहस्यमय तर तथ्य नखुलेका अपराधको अनुसन्धानमा सफलता पाउादै आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले फेरि पनि त्यस्ता अनुसन्धानमा क्रमश: सफलता पाउादै आएको छ । चार महिनाअघि डीआईजीहरूको कार्यविभाजनका क्रममा सीआईबीको नेतृत्व सम्हाल्न पुगेका नवराज सिलवालले सीआईबीलाई पुन: एउटा गतिशील र भरपर्दो युनिटका रूपमा स्थापित गरेका छन् ।
नक्कली प्रमाणपत्रधारी फन्दामा
नक्कली चिकित्सक र इन्जिनियरलाई समातेर कारबाही गरेको ब्युरोले पाइलटतर्फ पनि अनुसन्धान थालेको छ । यसै क्रममा नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा गोमा एयरलान्इसमा को–पाइलटका रूपमा कार्यरत विशाल कार्कीलाई सीआईबीले पक्राउ गर्यो । कार्कीलाई आईएस्सीको नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा कुपण्डोलबाट पक्राउ गरिएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणसागको समन्वयमा अनुमतिपत्र प्राप्त गरेका विमान चालकहरूको शैक्षिक प्रमाणपत्रमाथि प्रहरीले छानबिन गरेको हो ।
डाक्टरहरू पनि चिरिप्पै
सुनसरीको इटहरीमा अवस्थित पशुपति मोडेल अस्पतालका सञ्चालक पशुपति चौधरीलाई केही समयअघि प्रहरीको केन्ऽीय अनुसन्धान ब्युरोले बिरामी जााच्न लाग्दालाग्दै पक्राउ गरेको थियो ।
३७ वर्षका चौधरीलाई अस्पतालमा वरिष्ठ डाक्टरका रूपमा बिरामीहरूले हेर्थे । प्रहरीले पक्राउ गरेपछि बल्ल स्थानीयले थाहा पाए उनी त नक्कली डाक्टर रहेछन् । प्रहरीले अनुसन्धान गर्दै जाादा चौधरीले भारतको पटनाबाट डाक्टरको नक्कली सर्टिर्िफकेट किनेको खुल्न आएको छ । त्यस्तै सिरहा विष्णुपुरकी ३३ वर्षीया विनिता यादवलाई कलेज अफ मेडिकल साइन्स भरतपुरमा पढाउादै गर्दा सीआईबीले पक्राउ गर्यो । उनले पनि डाक्टरको नक्कली प्रमाणपत्र किनेकी रहिछन् । नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकको प्रमाणपत्र लिने परीक्षामा पास भएकी उनको एमबीबीएस पासकै प्रमाणपत्र नक्कली भएको सीआईबीले जनाएको छ । पक्राउ गरेरै अनुसन्धान गर्दै गर्दा उनको मानसिक अवस्थै बिग्रिएपछि महाराजगन्जस्थित शिक्षण अस्पताल पठाइएको थियो । सीआईबीले केही महिनायता नक्कली डाक्टरहरूमाथि ‘क्वाक’ अप्रेसन चलाइरहेको छ । त्यस क्रममा १७ जना नक्कली डाक्टर पक्राउ परिसकेका छन् ।
निजी अस्पताल क्लिनिक मात्रै होइन, कति त सरकारी अस्पतालमा कार्यरतसमेत नक्कली भेटिएका छन् । प्रारम्भिक चरणमा आफूसाग नभएको ज्ञान छ भन्ने र नक्कली काम गर्नेविरुद्ध क्वाक अप्रेसन चलाइएको सीआईबीका डीआईजी सिलवालले जानकारी दिए ।
‘नागरिकको जनस्वास्थ्यमा ठूलो खेलवाड र लापरबाही देखिएपछि क्वाक अप्रेसन सुरु गरिएको हो,’ डीआईजी सिलवालले भने ।
नक्कली डाक्टरहरूको बिगबिगी बढिरहेको उजुरी दिनप्रतिदिन बढ्दै गएपछि मेडिकल काउन्सिलले सीआईबीलाई अनुसन्धानका लागि अनुरोध गरेको थियो ।
अर्काको नाममा काउन्सिलमा परीक्षा दिन आएकालाई पनि सीआईबीले पक्राउ गरेको छ । काउन्सिलको परीक्षा हलमा नक्कली विद्यार्थी भेटिनुले नक्कली डाक्टरले कसरी काउन्सिलको प्रमाणपत्र लिन्छन् भन्ने कुराको पुष्टि गरेको छ । सीआईबीले अहिलेसम्म प्रमाणपत्र नक्कली भेटिएकालाई मात्रै कारबाही गरिरहेको छ । तर, कसरी नक्कली प्रमाणपत्र पाइरहेका छन्, मेडिकल काउन्सिलको परीक्षा पास गर्न कसले सहयोग गरिरहेको छ, नक्कली विद्यार्थी बनेर परीक्षा हलमा आउनेलाई कसले सहयोग गरिरहेको छ भनेर विस्तृत अध्ययन भने गरेको छैन । अर्को चरणमा सीआईबीले विस्तृत अनुसन्धान गर्ने बताएको छ । सीआईबीले अनुसन्धान थालेपछि कतिपय नक्कली डाक्टरहरू भागेका छन् । काउन्सिलका अनुसार अहिले नेपालमा १७ हजार डाक्टर छन् । तीमध्ये १ हजारभन्दा बढी नक्कली भएको भन्दै सीआईबीले अनुसन्धान सुरु गरिरहेको छ ।
२१ वर्षअघिको हत्या पर्दाफास
ब्युरोले २१ वर्षअघि इटालियन नागरिकको हत्या गरी फरार भएका टासी गुरुङलाई पक्रेको छ । २०५२ असोज २७ गते काठमाडौं ठमेलको रेगी पबमा इटालियन नागरिक क्यारारो डेभिडको कुटपिट तथा छुरी प्रहारबाट हत्या गर्ने मनाङ जिल्ला मनाङ गाविस नावल गाउा घर भएका गुरुङलाई प्रहरीको केन्ऽीय अनुसन्धान ब्युरो सीआईबीले केही दिनअघि काठमाडौंको होटल कन्ट्री यार्डबाट पक्राउ गरेको हो । इटालियन नागरिक डेभिड क्यारारो र उनका दुईजना महिला साथीहरू एन्टेनोला केसराइनी र लारा स्किबिना ठमेलको रेगी पबमा बसिरहेका थिए । त्यतिबेला टासी र उनका साथीहरूले इटालियन महिलाहरूमाथि आपत्तिजनक व्यवहार गरेका थिए । त्यसै विवादमा टासी र उनका साथीहरूले डेभिडलाई कुटपिट र छुरी प्रहार गरेर सख्त घाइते बनाएका थिए । उनलाई रेगी पबका सञ्चालक रामकृष्ण डंगोलले वीर अस्पतालमा उपचारका लागि लैजाादा डाक्टरहरूले मृत्यु भइसकेको घोषणा गरेका थिए ।
घटनाको डेढ वर्षसम्म टासी नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बसेको र त्यसपछि नक्कली पासपोर्ट लिएर अमेरिका पुगेको सीआईबीका प्रमुख डीआईजी नवराज सिलवालले जानकारी दिए । टासीले गोरखा छोप्राककी विमलादेवी पोखरेलको नामको नागरिकतामा आफ्नो फोटो टाासेका थिए । त्यसै नागरिकताका आधारमा उनले सवारीचालक अनुमतिपत्र पनि बनाएका थिए । उनी साढे ३ वर्षअघि काठमाडौं फर्किएका थिए । उनकी पत्नीले लाजिम्पाटको सांग्रिला होटलनजिकै पश्मिना पसल सञ्चालन गर्ने गरेकी छन् । २१ वर्षअघि इटलीका नागरिकको हत्या भएपछि त्यसले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको थियो । यस घटनामा संलग्न आठजना अझै फरार रहेका सीआईबीले जनाएको छ । ‘उनीहरू धेरैजसो विदेशमा नै रहेका’ डीआईजी सिलवालले जनाए । उनीहरूलाई पक्राउ गर्न इन्टरपोललगायतका निकायको सहयोग लिनेछौं,’ उनले भने ।
वन्यजन्तु तस्करको जालो तोडिादै
वन्यजन्तु संरक्षणका लागि भनेर नेपाली सेनाले समेत हरेक संरक्षण क्षेत्रमा आफ्नो बाक्लो उपस्थिति जनाउँदै आएको छ । नेपाल प्रहरीको केन्ऽीय अनुसन्धान ब्युरो सीआईबीले आन्तरिक संरचनामा वन्यजन्तु अपराध अनुसन्धानका लागि छुट्टै एकाइ ‘पिलर नं ४’ नै गठन गरेर वन्यजन्तु अपराध तथा आखेटोपहार ओसारपसार नियन्त्रणमा खटिएको छ ।
यही २०७२ चैत ७ गते काठमाडौंको बालुवाटारबाट नुवाकोटका मनोज, रेशम र सक्कल तामाङ भालुको पित्तसहित पक्राउ परे । सीआईबी टोलीले उनीहरूलाई पक्राउ गरी जिल्ला वन कार्याल हात्तीसारमा बुझाएको थियो ।
सीआईबीका प्रमुख डीआईजी सिलवालका अनुसार कतिपय वन्यजन्तुको आखेटोपहारका लागि नेपाली भूमि ‘ट्रान्जिट’का रूपमा प्रयोग गरिएको छ ।
चिरुको रौं तिब्बतबाट अवैध रूपमा निकासी गरी नेपालको बाटो हुादै भारत जान्छ भने बाघको छाला र हड्डी नेपालको बाटो हुादै तिब्बत पुग्छ । त्यहााबाट तेस्रो मुलुकमा समेत पुग्ने गरेको छ ।
१६ चैत २०७३ मा सीआईबीको टोलीले तीनवटा चितुवाको छालासहित तीनजनालाई पक्राउ गर्यो । यो घटनाको ठीक चार दिनअघि मात्र सालकको खपटा र अन्य वन्यजन्तुको हड्डीसहित दुई जना पक्राउ परेका थिए । यी घटनाअघि पनि निरन्तर रूपमा प्रहरीले चितुवा, सालक, हाब्रेलगायत वन्यजन्तुका आखेटोपहार बरामद गरिरहेको छ । २० वटा गैंडा मारेको आरोपमा इन्टरपोलको रेडकर्नर नोटिसमा परेका नेपालमा वन्यजन्तु तस्करीका खुाखार सिकारी राजकुमार प्रजा २०७१ माघ १६ गते मलेसियामा पक्राउ परेका थिए ।
उनलाई प्रहरीले माघ २५ गते नेपाल ल्याएर सार्वजनिक गरेको थियो । उनले २० वटा गैंडा मारी खाग बेचेको, पााचवटा गैंडालाई गोली हानी घाइते बनाएको र छुटै दुईवटा खाग बेचेको खुलेको थियो । प्रजालाई गैंडाको सिकार गर्ने पहिलो नम्बरको व्यक्ति मानिन्छ । प्रहरीले राजकुमार समूहका १३ जनालाई पक्रिएको थियो । वन्यजन्तुविरुद्धको अपराधमा नेपालीविरुद्ध इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको र पक्राउ परेको यो पहिलो घटना हो ।
यसअघि काठमाडौंमा वन्यजन्तु तस्करी गरेर बस्ने गरेका अमेरिकी नागरिक इयान ब्रेकरविरुद्ध पनि नेपालकै आग्रहमा रेडकर्नर नोटिस जारी भएको थियो ।
तर, उनी अझै पक्राउ पर्न सकेका छैनन् । यता २०७२ जेठ ७ गते बाघको छालासहित बर्दियाबाट जासु भनिने रामदत्त बन्जारन प्रहरी फन्दामा परे । त्यसअघि पुस ११ गते सुनसरीको इटहरीबाट पनि रामदयाल बाबरीय र श्रवण बाबरीय बाघको छालासहित पक्राउ परे । २०७१ माघ र फागुनमा कञ्चनपुरको त्रिभुवन बस्तीबाट तीनवटा बाघको छाला बरामद भयो । अनुसन्धान गर्दै जाादा यी तीनवटै छाला बन्जारन समूहले सिकार गरेको बाघको रहेको पुष्टि भयो । सीआईबीका प्रमुख डीआईजी सिलवालका अनुसार दुर्लभ वन्यजन्तु बाघ मार्न नेपालमा पनि बन्जारन समूह सक्रिय रहेको देखिएको छ ।
वन्यजन्तुको कारोबारलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धि १९७५ विरुद्धको अपराध मानिन्छ । यस्तो अपराध गर्नेलाई पााच वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply