बिकासमा काँग्रेसको अवरोध
गुल्मी । नेकपा (एमाले) का सचिव गोकर्ण बिष्ट उर्जा मन्त्रि भएदेखि गुल्मीको ३ नम्बर क्षेत्रमा बिधुत बिस्तारको काम धमाधम भइरहेको छ । शुरूको गतिमै काम भएको भए यसको काम अहिले अन्तिम चरणमा आइपुग्ने समय हो । तर, कतिपय ठाँउमा काँग्रेसका केहि जिल्ला नेता र ठेकेदारको लापर्वाहिका कारण बिधुत बिस्तारको काममा ढिला भइरहेको छ ।
नेपाल बिधुत पा्रधिकरण क्षेत्रिय कार्यालय बुटवलले गुल्मीको भनभने गाविसको लागी पठाएका बिधुतका पोल र तार यहाँका काँग्रेस नेताका अवरोधका कारण बितरणमा समस्या आएको छ । काग्रेस जिल्ला कमिटीका सचिव खिलध्वज पन्थी र जिल्ला कमिटीका सदस्य काँसि बहादुर बोहोराले वितरणको जिम्मा पाएको बिधुत पा्रधिकरण गुल्मीका प्रमुख दिपक सापकोटालाइ कुनै पनि हालतमा उक्त पोल र तार वितरण नगर्न दबाब दिएपछि भनभने गाविसका जनता छिट्ट्रै बिधुतको उज्यालो पाउने अवसरबाट बञ्चित हुने भएका छन् । सापकोटा लाई दबाब दिने मध्यका जिल्ला कमिटी सदस्य बोहोरा भनभने गाविस वडा नम्बर सात निवासी हुन् ।
उता काँग्रेस निकट ठकेदार मनिराम थापा भने गोकर्ण बिष्टले ठुला परियोजना अन्तर्गत बिधुत निर्माणका लागी पारेका तार र पोल समेत आफुलाइ टेण्डर परेको ठाँउमा आफुले र आफ्नो पार्टीले पारेको समेत भन्न भ्याएका छन् । उता बाहोराले पार्टीको आडमा अन्य बिकासका काममा पनि अवरोध पुर्याएका छन् । बिकास निर्माणका लागी गाविस सचिव बाट हुने सिफरिसमा पनि बाहोराले अनावश्यक रूपमा दबाब दिदा सचिवलाइ समेत स्वतन्त्र रूपमा जनतालाइ सेवा दिन कठिनाइ परेको स्थानीयले बताए् । पञ्चायत कालदेखि जनतालाइ त्राहिमाम बनाएर आफ्नो स्वार्थ पुरा गर्दै आएका बाहोराले पछिल्लो समय बिकासका काममा राजनितीक पुर्वाग्रह राख्दा भनभनेका जनतालाइ झन् अँध्यारो तर्फ धकलेका छन् । उता गुल्मीका विभिन्न ठाँउमा काँग्रेस नेताले लाखौ रकम बराबरको खानेपानीका पाइप वितरण गरेका छन् ।
उनीहरुको यस्तो रवैया प्रति कांग्रेसकै कतिपय नेता असन्तुष्ट छन् । काँग्रेसका एक असन्तुष्ट नेताले भने–‘हिजो हामिले पञ्चायत कालदेखि माओवादिको बाह्र बर्षे द्वन्दसम्म आफुलाई दाउमा राखेर पार्टीलाइ बचाउन योगदान गरिरहँदा जुनबेला खिलध्वज पन्थीहरू माओवादि भएर तम्घास आसपासमा चन्दा आतङ्क मच्चाइ रहेका थिए तर आज तिनै चन्द्र भण्डारिहरूको बुइ चढेर जिल्लाको दोसा्रे तहको नेता समेत बन्न भ्याइसकेका छन् जसले गर्दा हिजो देखि काँग्रेसका लागी मरिमेट्ने यहाँका नेता कार्यकर्तामा निरासाको चरम उतार चढाव आएको छ ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply