बिकासमा काँग्रेसको अवरोध
गुल्मी । नेकपा (एमाले) का सचिव गोकर्ण बिष्ट उर्जा मन्त्रि भएदेखि गुल्मीको ३ नम्बर क्षेत्रमा बिधुत बिस्तारको काम धमाधम भइरहेको छ । शुरूको गतिमै काम भएको भए यसको काम अहिले अन्तिम चरणमा आइपुग्ने समय हो । तर, कतिपय ठाँउमा काँग्रेसका केहि जिल्ला नेता र ठेकेदारको लापर्वाहिका कारण बिधुत बिस्तारको काममा ढिला भइरहेको छ ।
नेपाल बिधुत पा्रधिकरण क्षेत्रिय कार्यालय बुटवलले गुल्मीको भनभने गाविसको लागी पठाएका बिधुतका पोल र तार यहाँका काँग्रेस नेताका अवरोधका कारण बितरणमा समस्या आएको छ । काग्रेस जिल्ला कमिटीका सचिव खिलध्वज पन्थी र जिल्ला कमिटीका सदस्य काँसि बहादुर बोहोराले वितरणको जिम्मा पाएको बिधुत पा्रधिकरण गुल्मीका प्रमुख दिपक सापकोटालाइ कुनै पनि हालतमा उक्त पोल र तार वितरण नगर्न दबाब दिएपछि भनभने गाविसका जनता छिट्ट्रै बिधुतको उज्यालो पाउने अवसरबाट बञ्चित हुने भएका छन् । सापकोटा लाई दबाब दिने मध्यका जिल्ला कमिटी सदस्य बोहोरा भनभने गाविस वडा नम्बर सात निवासी हुन् ।
उता काँग्रेस निकट ठकेदार मनिराम थापा भने गोकर्ण बिष्टले ठुला परियोजना अन्तर्गत बिधुत निर्माणका लागी पारेका तार र पोल समेत आफुलाइ टेण्डर परेको ठाँउमा आफुले र आफ्नो पार्टीले पारेको समेत भन्न भ्याएका छन् । उता बाहोराले पार्टीको आडमा अन्य बिकासका काममा पनि अवरोध पुर्याएका छन् । बिकास निर्माणका लागी गाविस सचिव बाट हुने सिफरिसमा पनि बाहोराले अनावश्यक रूपमा दबाब दिदा सचिवलाइ समेत स्वतन्त्र रूपमा जनतालाइ सेवा दिन कठिनाइ परेको स्थानीयले बताए् । पञ्चायत कालदेखि जनतालाइ त्राहिमाम बनाएर आफ्नो स्वार्थ पुरा गर्दै आएका बाहोराले पछिल्लो समय बिकासका काममा राजनितीक पुर्वाग्रह राख्दा भनभनेका जनतालाइ झन् अँध्यारो तर्फ धकलेका छन् । उता गुल्मीका विभिन्न ठाँउमा काँग्रेस नेताले लाखौ रकम बराबरको खानेपानीका पाइप वितरण गरेका छन् ।
उनीहरुको यस्तो रवैया प्रति कांग्रेसकै कतिपय नेता असन्तुष्ट छन् । काँग्रेसका एक असन्तुष्ट नेताले भने–‘हिजो हामिले पञ्चायत कालदेखि माओवादिको बाह्र बर्षे द्वन्दसम्म आफुलाई दाउमा राखेर पार्टीलाइ बचाउन योगदान गरिरहँदा जुनबेला खिलध्वज पन्थीहरू माओवादि भएर तम्घास आसपासमा चन्दा आतङ्क मच्चाइ रहेका थिए तर आज तिनै चन्द्र भण्डारिहरूको बुइ चढेर जिल्लाको दोसा्रे तहको नेता समेत बन्न भ्याइसकेका छन् जसले गर्दा हिजो देखि काँग्रेसका लागी मरिमेट्ने यहाँका नेता कार्यकर्तामा निरासाको चरम उतार चढाव आएको छ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply