सेयरबारे सबै जानकारी

पकेट साइजको किताब तैपनि बृहत्, शक्तिशाली वित्तीय जानकारीसहितको क्रमबद्ध प्रस्तुतिको विम्ब हो, ‘सेयरबाट करोडपति’ । सेयर विश्लेषक रवीन्द्र भट्टराईको पछिल्लो संस्करणको पुस्तक हो । जीवनमा सही समय, अवसर र फरक सोचाइमार्फत समृद्ध बन्न चाहने व्यक्तिहरूका लागि हजारबाट लाख हुँदै करोडतिरको आर्थिक समृद्धिको मार्ग दर्शन देखाउने आधार हो, सेयरबाट करोडपति ।
एक समय विकासानन्दले भनेका थिए, म मेरो जीवनमा भएका सारा तनावहरूलाई हाँसेर पचाइदिन्छु, यसैगरी जिन्दगीका पलहरूलाई हाँसो र उल्लासपूर्वक जिउँदै प्रगतिपथमा कटिबद्ध भई स–सानो पुँजीबाट आर्थिक समृद्धिको सपना साकार पार्न मार्गचित्र देखाउने पुस्तक हो, सेयरबाट करोडपति ।
समाजमा दु:खै नगरी सम्पत्ति कमाउने अभिलाषा बोकेका थुप्रै जमात भेटिन्छन् । अपवादमा औंलामा गन्न सकिने व्यक्तिहरूबाहेक अन्य समृद्धितर्फ अघि बढेका पात्र भेटिँदैनन् ।
अध्ययन विश्लेषण गर्दै बजारको ट्रेन्ड पछ्याउँदै पोर्टफोलियोमार्फत अघि बढ्न सके सेयरबाट मनग्गे पैसा कमाउन सकिने आधारको सिलसिलेबार प्रस्तुति हो, सेयरबाट करोडपति ।
पुस्तकमा सेयरबाट करोडपति नामकरणबाट झट्ट हेर्दा कुनै एक व्यक्तिविशेषको जिन्दगीको भावना व्यक्त गर्न खोजेको जस्तो भान पर्छ, तर यथार्थ त्यस्तो होइन पुस्तकमार्फत लेखकले पैसालाई काम लगाउने ठाउँ सेयर बजार हो भनी अलि बढी नै प्रस्ट्याउन खोजेको देखिन्छ । यसै सन्दर्भमा लेखक थप प्रस्ट पार्न खोज्छन्, सुरुमा पैसाका लागि काम गर्दै जाने र बचतलाई सेयरमा लगानी बढाउँदै लाने तर्फको सोच लेखकको देखिन्छ ।
नेपली समाज जागिरप्रति बढी मोह राख्ने आकाङ्क्षा पालेको समाज हो । त्यहाँको समाजमा व्यवसायप्रति रहेको सङ्कुचित सोचबारे अलगअलग व्याख्या गर्न खोजिएको छ । अभिभावकले सानै उमेरदेखि आफ्ना बालबच्चालाई पैसाको व्यवस्थापन गर्न सिकाउनुपर्नेमा पुस्तकमा बढी नै जोड दिएको छ । जुन ज्यादै नै सकारात्मक पाटो हो ।
पुस्तकमा लेखक भन्छन्– ‘प्रकृति, प्रविधि र प्रणालीलाई काम दिई बुद्धिमत्तापूर्वक ढंगले वित्तीय स्वतन्त्रता हासिल गर्नुपर्नेमा लेखक बढी उदार देखिन्छन् । यस सन्दर्भमा उनी विस्टन चर्चिलले भनेको कुरा स्मरण गर्दछन् । ज्ञानमा गरिएको लगानीले सबैभन्दा बढी ब्याज दिन्छ । त्यसैले, जति सक्दो बढी जानकारीका लागि पुस्तक अध्ययन–विश्लेषण गर्नुपर्नेमा बढी ध्यानाकर्षण गर्न खोजिएको छ । यस खण्डमा पैसाले कमाएको पैसामा सबभन्दा बढी मोजमस्ती एवम् स्वतन्त्रा हुने बताएको छ ।
यो पुस्तकबाट सेयरबजारबारे रुचि राख्ने ऊर्जाशील र बजार प्रवेश गर्न चाहने एवं सेयरबाट समृद्धिको सपना देख्नेहरूका लागि प्राथमिक बजार, दोस्रो बजार, ब्रोकर कम्पनी, कारोबार प्रणाली, केन्द्रीय निक्षेप प्रणाली, डी–म्याट खाता सम्बन्धी जानकारी, सामूहिक लगानी कोष, लगानी व्यवस्थापन कम्पनीहरूको संक्षेपमा व्याख्या विश्लेषणमार्फत सरल तरिकाले प्रस्तुत गर्न खोजिएको छ । यसबाट पाठक एवं लगानीकर्तालाई बुझ्न र व्यवहारमा लागू गर्न सहज हुने आशा लेखकले लिएका छन् ।
पुस्तकका माध्ययमबाट लेखकले लगानीका तरिकाहरू, कम्पनी छनोटका आधारहरू बजार प्रवेश एवं वर्गीकरणका अवस्थाहरूलाई बडो सुझबुझपूर्ण तवरले पाठकसामु पस्कन खोजेका छन् । यति भन्दै गर्दा
सेयरबाट करोडपति बन्ने आधार सोझै खडा हुने र जोकोही पनि सजिलै करोडपति बन्न सक्ने भन्ने नकारात्मक म्यासेज दिनेतर्फ लेखकले प्रस्ट्याउन सकेका छैनन् । अपूर्ण व्यवस्थामै सीमित गरिएका छन् । जसले एउटा जमात विनाअध्ययन–अनुसन्धान छलफल नगरी लगानी गर्न तत्पर देखिए यसले बढाउने जोखिमको दायरा व्यापक हुनेतर्फ सजक गराउन लेखक चुकेका छन् ।
संसारमा महाविपत्तिपछिको समय सेयरमा लगानीका लागि हात बढाउन उपयुक्त हुने कुरा विगतका तथ्य एवम् तथ्यांकसहित देखाउन सक्नु ज्यादै नै सकारात्मक पाटो हो पुस्तकको ।
सेयर बजारमा सेयको न्यूनतम र उच्चतम विन्दु कसैले पनि पत्ता लगाउन नसक्ने भएकाले ट्रेन्डलाई आधार मानी कम्पनीले कमाएको मुनाफा, दिएको प्रतिफल एवं वित्तीय रूपमा आधारभूत कुराहरूको सबलता हेरी निर्धारण हुने उल्लेख गरिएको छ । जुन व्यावहारिक एवं यथार्थ हो । साथसाथै, लेखकले सेयर बजारको चक्र, सेयरको सिजन, पोर्टफोलियोको निर्माण गर्नेबारे बडो सरलताका साथ व्याख्या गर्न खोजेका छन् ।
पृष्ठ नं. १३५ मा लेखक भन्छन्– ‘सेयरसँग बिहे नगर्नू’ यसको तात्पर्य यो हो कि एउटा कम्पनीको सेयर किनेर जिन्दगी जाँदैन भन्ने मान्यताले सेयरमा लयानी गर्नेतर्फ सचेत गराएका छन् । तर, कतिपय अवस्थामा भ्यालु इन्भेस्टिङका बादसाह बेन्जामिन ग्राहमको भावना राखेर राम्रा सेयरसँग बिहे गरेरै बस्दा दीर्घकालमा कैयौं गुणा बढी प्रतिफल र पुँजीगत लाभ लिएको दृष्टान्तलाई लेखकले भुलेका छन् । यस सन्दर्भमा विनोद चौधरीले नबिल बैंकबाट लिएको लाभांशलाई पनि उठाइएको छ । यदि उनले नबिल बैंकको सेयरलाई बिहे गरेजसरी आजसम्म राख्नाले नै उनी अर्बौं लाभांश लिने हैसियतमा पुगेका हुन् । यसतर्फ लेखकको भनाइ र व्यवहारमा तारतम्य नपुगेको देखिन्छ ।
सेयरबजार जहिल्यै पनि ठीक हुन्छ, तर हामीले लगानी गर्ने तरिका बेठीक हुन्छ । यो नै हाम्रो शत्रु हो, यसैले ‘मेक द टङेन्ड योर फ्रेन्ड्स’ लागू गर्नुपर्नेमा जोड दिएका छन् । बजारमा गल्ती दोहोरिइरहन्छ, त्यसैले बडो सुझबुझपूर्ण तरिकाले विवेकशील निर्णय लिनुपर्नेमा बढी नै समय खर्चिनुपर्ने उल्लेख गरिएको छ, पुस्तकमा ।
पुस्तकको उत्तराद्र्धतर्फ सेयर बजारलाई सेक्स र त्यसपछिको व्यवहारतर्फ मिल्दोजुल्दो भनी शृंगारिक तवरले प्रस्ट पार्न खोजिएको छ । हुन पनि सम्भोग गर्दा र लगानी गर्दा मानिसले देखाउने व्यवहार तुलनीय नै देखिन्छ । सम्भोगको चरमोत्कर्षमा मानिसले संसार बिर्सन्छ, त्यसपछिको परिणाम भुल्छ, योभन्दा सांसारिक आनन्द र मोक्ष अन्त देख्दैन, त्यस्तै गरी बजार बढिरहँदा लगानीकर्ताले घट्ने कुरा चटक्कै बिर्सन्छ, भोलिका जोखिमहरू भुलिदिन्छ, विगतका गल्ती दोहोर्याइरहन्छ । यसै सन्दर्भमा सम्भोगमा स्खलनसँगै चरमोत्कर्षको उन्माद सकिन्छ । शिथिलताले आवेग उत्तेजना सारा समाप्त हुन्छ । यसैगरी, बजार घट्न थालेपछि धैर्यको बाँध टुट्छ, बढ्ने आशा ज्यादै कम हुन्छ र आवेगमा गलत निर्णय लिन लगानीकर्ता पुग्छ र ऊ अविवेकीको सिकार हुन्छ भनी बडो रोमान्टिक तवरले शृंगारिक व्याख्या गर्न खोजेका छन्, जुन पाठकका लागि पृथक् व्यवहारको पठनीय मसला बन्न पुगेको छ ।
पुस्तक सरसर्ती मध्य पृष्ठसम्म पढी बहकिँदा पाठकलाई सेयरबाट यत्तिकै पैसा करोडौं कमाइने आशा र सपना बाँडेको जस्तो भान हुन्छ । कामै नगरी सेयरबाट पैसा मनग्गे कमाइन्छ भन्ने नकारात्मक भावना जागृत हुनेतर्फ लेखकले जुन रूपमा प्रस्ट्याउनुपर्ने हो, त्यो नसकेको देखिन्छ ।
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply