प्रेरणा जगाउन सफल
अनेकन् सामाजिक परिस्थिति र समस्याहरूसाग जुध्न नसकेपछि एउटा मानिस जीवनलाई विसर्जन गर्ने टुंगोमा पुग्दछन् । जीवनभन्दा मृत्युलाई प्यारो ठान्न थालेका ती मानिसले एक दिन उर्लिरहेको बाग्मती नदीमा हेलिने विचार सागाल्छन् । जब ऊ नदीमा हाम फाल्न तयार हुन्छ, त्यति नै बेला खोला किनारको एउटा झुपडीभित्र एउटी बालिकाले वाचन गरिरहेको कविताले उसलाई ती बालिकाको स्वरले आकर्षित गर्छ । जब जीवनदेखि नियास्रिएका ती व्यक्ति झुपडीमा पुग्दछ, आशा र उत्साहले भरिएका उनका शब्दहरू सुनेपछि आत्महत्या गर्ने टुंगोलाई किनारा लगाउन चाहन्छन्, ती मानिस । त्यहीबेला ती मानिसले ती बालिकाबारे बुझ्न खोज्छन्, त्यही राति उनकी आमालाई बाग्मतीले आफूमा समाहित तुल्याएको रहेछ ।
लेखक तथा प्रकाशक पुण्यप्रसाद प्रसार्इंले आफ्नो कृति हजार आशाहरूमा जीवनदेखि नियास्रिएका मासिनहरूलाई उत्प्रेरणा जगाउने क्षमता बोकेका यस्तैयस्तै घटना र सन्दर्भहरूलाई उजागर गर्न चाहेका छन् । २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पका बेला प्रकाशकसमेत रहेका प्रसाईले पुस्तक प्रदर्शनी आयोजना गरेका थिए, भृकुटीमण्डपमा । उनले यो पुस्तकमा भूकम्पले धर्ती कम्पायमान तुल्याएको बेला भृकुटीमण्डपको दृश्य चित्रसमेत खिच्दै विपद्को बेला धैर्य, साहस र अत्यासहीनताले नै मानिसलाई माथि उठाउन र एक सक्षम मानिसको चिनारी गराउन मद्दत पुर्याउने कुरामा जोड दिन चाहेका छन् ।
आशा, उत्साह र प्रयत्नजस्ता पक्षलाई जीवनका अभिन्न अंग बनाउनुपर्छ भन्ने दर्शन धारामा बगेका उनका सिर्जनाले उत्प्रेरणाको दैलो उघार्न सघाउ पुर्याउँछ । ऋणमा चुर्लम्मै डुबेका आफ्ना दाजुले आत्महत्या गर्ने सोच बनाइरहँदा एउटा साधुको प्रेरणाले उनको दाजुको जीवनमा कोरिएको परिवर्तनको रेखा कृतिमा देख्न सकिन्छ । मानिसलाई जे चिजको आवश्यकता पर्छ, त्यही चिज नै माग्नुपर्छ भन्ने साधुले राजा मिदासको कथा पस्किएर उनको चिन्तनमा ल्याइदिएको परिवर्तनबारे पनि पुस्तकमा उल्लेख गरिएको छ । साहित्यकार झमककुमारी घिमिरेको जीवनयात्रालाई कथात्मक शैलीमा पस्कँदै दृढ इच्छाशक्तिकै कारण झमकमा लेखन प्रतिभा उदाएको स्पष्ट पारेका छन् । त्यति धेरै प्रतिभाका बाबजुद पनि केही गरेरै देखाउाछु भन्ने उनको संकल्प शक्तिका कारण लाखौं, करोडौं मानिसका लागि प्रेरणाको स्रोत बेनकी ती सानी केटीलाई कसैले उनको सफलताको रहस्य के हो भनेर सोध्यो भने उनी लेखिदिन्छिन्– सपना, दृढ इच्छाशक्ति र निरन्तर अभ्यास ।
‘एउटी अन्धीको प्रेमकथा’चाहिँ नीतिकथाजस्ता लाग्छन् । आफूलाई प्रेम गर्ने केटालाई हेर्ने उत्कट चाह ती अन्धी केटीको एक दिन पूर्ण हुन्छ, जब उनी आँखा दान पाएर देख्ने हुन्छिन् । तर, आफूलाई मन पराउने केटालाई अन्धो रूपमा पाएपछि ती केटीले हिजोसम्म आफू पनि अन्धी रहेकी कुरा बिर्सन्छे र भन्छिन्– ‘यस्ता अन्धासँग बिहे गरे जीवन कसरी चल्छ र ?’ मानिसहरूमा व्याप्त स्वार्थीपना, विश्वासघातलाई केलाउन यो रचना सक्षम देखिएको छ । कुनै मानिसले चुनावमा हार्दा उसका साथीहरू कम नै हुन्छन् तर जितको बेला भने बधाई दिनेहरूको लामो लस्कर नै लाग्छ । यो हरेक मानिसमा व्याप्त प्रवृत्तिजन्य पक्ष हो । साथी भनेको कस्तो चिज हो ? यसलाई पुष्टि गर्ने तरिकाले प्रसाई लेख्छन्–‘जितको बेला कसैलाई पनि मूल्यवान् छौ भनेर बोध गराउने मान्छेको कमी हुँदैन । साथी त केवल असफलता र हारको बेलामा नै चाहिने हो । त्यसैले, असफलता र दु:खमा जो तिम्रो छेउमा हुन्छ, त्यही हो तिम्रो सच्चा साथी ।’
‘हजार आशाहरू’मा उनले नेपाली साहित्यमा सफलता पाएकी झमकको कथा मात्र होइन, शारीरिक रूपले अपांग भए पनि सगरमाथाको चुचुरो चुम्ने सुदर्शन गौतमको कथा पनि भन्न भ्याएका छन् । मूलत: समाजभित्रका प्रेरक, प्रतिभाशाली र शारीरिक रूपले अशक्त भए पनि आफ्नो खुबी देखाउन नचुक्ने व्यक्तिहरूका सफल कथाका साथै जीवनदेखि हार, नैराश्य र उदासीको संघारमा पुगेर पनि पुन: जीवनको महत्ता बुझेका व्यक्तिहरूका कथासमेत भन्न भ्याएको छ, यो किताबले । विश्व साहित्यमा आत्मविश्वास जगाउने थुप्रै कृति भए पनि प्रसाईको यो पुस्तकले भने नेपाली समाजभित्रका प्रतिनिधि प्रेरक पात्र र घटनाहरूलाई उधिनेर प्रेरणाको मार्गमा अघि बढ्न हौसला प्रदान गरेको छ ।
कृति : हजार आशाहरू
लेखक : पुण्यप्रसाद प्रसाई
विधा : प्रेरक लेखहरूको सँगालो
प्रकाशक : डिकुरा पब्लिकेसन
पृष्ठ : ३०४
मूल्य : ४००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply