महानगरको भर्नामा चलखेल
काठमाडौं । काठमाडौं महानगरपालिकाले ठूलो संख्यामा कर्मचारी भर्ना खुला गरेसागै कर्मचारी भर्तीको नाममा चलखेल थालेको छ । महानगरमा दोस्रो वरीयताका हाकिम तथा जुन पार्टी सत्तामा गयो, सोही पार्टीको प्रिय बन्न सक्ने विशेष कला भएका ज्ञानेन्द्र कार्कीले नांगो ढंगले उक्त भर्नामा चलखेल थालेका छन् ।
महानगरमा कर्मचारी भर्ना तथा नियुक्तिका लागि आफ्नै पदपूर्ति समिति छ । विगतमा गरिएका भर्तीहरू पनि सोही समितिमार्फत गरिएको थियो । पछिल्लो समय हरेक सरकारी निकायका नियुक्तिहरूमा निष्पक्षताको प्रश्न उठ्ने र विवाद हुन थालेपछि लोकसेवाको विशेष निगरानीमा परीक्षा हुन थालेको थियो । यसअघि गरिएको परीक्षा लोकसेवाका कर्मचारीहरूले नै गराए पनि सो आयोगकै कर्मचारीका आफन्तहरू ठूलो संख्यामा भर्ती भएका थिए ।
तर, सबै प्रशासनिक अधिकार लिएर बसेका दोस्रो वरीयताका हाकिम कार्की भने चलखेल गर्ने र पैसा उठाउने मौका यही हो भन्दै महानगर आफैंले सबै परीक्षा लिनुपर्ने र कुनै हालतमा आयोगलाई परीक्षा गर्न सुम्पिन नहुने पक्षमा छन् । अहिले पनि महानगर आफैंले परीक्षाको प्रक्रिया सुरु गर्ने वा आयोगलाई गुहार्ने भन्नेमा विवाद भएको छ । महानगरका कार्कीलगायतका कर्मचारीहरू आयोगको एकजना प्रतिनिधि माग्ने र अरू सबै काम आफैंले गर्नुपर्ने पक्षमा छन् भने कार्यकारी प्रमुख तामाङ सबै काम आयोगले हेरोस् भन्ने पक्षमा रहेको बताइन्छ । विभागीय मन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको दबाब थेग्न नसकेर तामाङ यो निष्कर्षमा पुगेको बताइन्छ ।
त्यसो त महानगरमा आन्तरिक बढुवामा पनि व्यक्ति हेरेर बढुवा गर्ने गरेको भन्दै कर्मचारीहरूमा पनि व्यापक असन्तुष्टि छाएको छ । चौथो तहमा बढुवा हुनुपर्नेमा केही कर्मचारीलाई भने नगरिएको तर सोही मापदण्डबमोजिमका कर्मचारीहरलाई भने गरिएको भन्दै पुरै प्रक्रिया रोक्न कर्मचारीहरू अदालतको सहारामा पुगेका थिए । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोमा अदालतको मानहानि गर्दै सेवा अवधि गणनाबाट झन्डै १ सय कर्मचारी बढुवा भएका थिए । तर, सोही मापदण्डअनुरूप गर्नुपर्ने केही कर्मचारी पनि अझै बढुवा भएका छैनन् । उनीहरूले एकथरीको बढुवा भइसकेको र आफूहरू मात्र अन्यायमा परेको भन्दै स्थानीय विकास मन्त्रालयका सचिवसमक्ष पुनरावेदन दिएका थिए ।
सचिवले फैसला गरी बढुवा गर्नुभन्दा पनि महानगरबाट बढुवाको निर्णय नगरिएपछि रविन फुायाल प्यासी, वासु दुलाल, मदनकिशोर गुरागार्इंलगायतका थुप्रै कर्मचारी अन्यायमा परेको बताइन्छ । एकै मापदण्डमा समेत अन्ययापूर्वक बढुवा हुन नसकेका त्यस्ता कर्मचारीहरू महानगरमा १९ जना रहेका छन् ।
त्यस्तै, महानगरमा कांग्रेसको पालामा भर्ती भएका ठूलो संख्यामा रहेका कर्मचारीहरूले दुईतिरको सरकारी कार्यालयबाटै स्थायी जागिर खाइरहेका छन् । स्थायी भइसकेको भन्दै ती कर्मचारीहरूले महानगरमा पनि राजनीति गर्ने र काममा ध्यान नदिने गरेको बताइन्छ । सयौंको संख्यामा रहेका ती कर्मचारीहरूमध्ये कुचीकार नाइके तीर्थ पोडे महानगरको १९ वडाका साथै खानेपानी तथा ढल निकास कार्यालय जावलाखेलमा स्थायी छन् भने राम नेपाली महानगरको २ नम्बर वडाका अतिरिक्त टिचिङ अस्पतालमा स्थायी कर्मचारीका रूपमा कार्यरत छन् ।
त्यस्तै, कुचीकार रूपा पोडे महानगरको २१ वडामा स्थायी जागिरका अतिरिक्त नेपाल राष्ट्र बैंक न्युरोडमा समेत स्थायी कर्मचारीका रूपमा कार्यरत रहेको बताइन्छ । यसरी, एउटै व्यक्ति दुवै सरकारी निकायमा स्थायी नियुक्ति लिन नपाउने व्यवस्था छ । तर पनि उनीहरू काम नगरेर उल्टै ठूला कुरा गरेर हिाड्ने गरेको एक कर्मचारीले नाम नबताउने सर्तमा जानकारी दिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply