बैंक डुबाएर फिल्ममा लगानी
काठमाडौं । केही समयअघि काठमाडौं फाइनान्समा गाभिएको गोरखा विकास बैंकलाई धराशायी स्थितिमा पुर्याउने ऋणिहरूमध्ये एक नम्बरमा पर्दछ, राकेश अडुकिया । रामै्र आर्थिक कारोबार गरिरहेको गोरखा बैंकबाट करोडौं ऋण लिएर अडुकियालगायत एउटा समूहले समयमै बैंकको ऋण चुक्ता नगरेपछि उक्त बैंक धराशायी हुादै फाइनान्समा गाभिन पुगेको हो ।
गोरखा बैंक डुबाउन अग्रणी भूमिका खेल्ने व्यापारी अडुकियाले नेपाली कांग्रेसका महान् नेता बीपी कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’मा आधारित फिल्ममा भने लगानी गरेको पाइएको छ । अडुकियाले मात्र खर्च बेहोरेको उक्त फिल्म यही असार १७ गतेदेखि प्रदर्शनमा आउन लागेको छ । तर, बीपी कोइरालाजस्तो महान् राजनीतिज्ञको सिर्जनामाथि निर्माण भएको फिल्ममा एकजना बैंक माफियाले लगानी गरेको विषयलाई लिएर भने आलोचना सुरु हुन थालेको छ । तर, बीपीको कृतिमाथि निर्माण भएको फिल्म ‘तीन घुम्ती’मा अडुकियाले लगानी गर्नुको भने रोचक पाटो रहेको छ ।
गोरखा बैंक संकटग्रस्त स्थितिमा पुगेपछि त्यसको व्यवस्थापनको जिम्मा नेपाल राष्ट्र बैंकले लिएको थियो । केही महिनाअघि मात्रै काठमाडौं फाइनान्समा मर्ज भएको उक्त बैंकको व्यवस्थापन सम्हाल्न गएका राष्ट्र बैंकका कर्मचारीहरू मुक्ति सापकोटा, अशोक राई र हरिशरण फुयााल पनि मर्ज भएपछि राष्ट्र बैंकमै फर्किएका छन् । तर, बैंकले आफूलाई च्याप्न थालेपछि एक दिन अडुकिया गभर्नरको ढोका ढक्ढक्याउन पुगे ।
नेपाली कांग्रेसको उच्च माध्यम पछ्याउादै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेट्न पुगेका अडुकियाले गोरखा बैंकबाट आफूले लिएको ऋणबारे पुनर्विचार गर्न आग्रह गरे । तर, गभर्नर नेपालले भने त्यहीबेला अडुकियासाग एउटा प्रस्ताव राखे, फिल्म तीन घुम्तीमा लगानी गर्नुपर्ने । त्यतिबेला तीन घुम्ती बनाउन कस्सिएका बाबुराम ढकाल लगानीकर्ता नपाएर छटपटाइरहेका थिए । ढकालले कांग्रेसको उच्च तहमै तीन घुम्तिका लागि लगानीकर्ता खोजिदिन आग्रह गरिरहेका थिए । कोइराला परिवारका सदस्यहरूले पनि बीपीको कृति तीन घुम्तीमा आधारित फिल्म बन्न लागेकोमा खुसी हुादै लगानीकर्ता खोज्नतिर चासो राख्न थाले र त्यस कार्यका निम्ति गभर्नर नेपाललाई जिम्मा दिएका थिए ।
गभर्नर नेपालले अडुकियालाई तीन घुम्तीमा लगानी गरे बैंकसाग उनले गरेको कारोबारमा सोच्न सकिने जवाफ दिएपछि गभर्नरलाई रिझाउनकै लागि अडुकियाले सो फिल्ममा लगानी गरेको बुझिएको छ । उक्त फिल्ममा लगानी गर्न थालेपछि गभर्नर नेपाललाई रिझाएर अडुकिया आफ्नो कारोबार मिलाउने दिशातिर अग्रसर रहेको बताइन्छ । अहिले बीपीको चर्चित कृतिमाथि बनेका फिल्म तीन घुम्तीको व्यापक रूपमा प्रचारप्रसार गरिएको छ । तर, बैंक डुबाउने माफियाले लगानी गरेको हुादा फिल्मको बजार सोचेजस्तो अनुकूल नहुने बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply