अजितबाट भिक्षुहरू आजित
काठमाडौं । आफूले मागेको लाखौं रकम नपाउने संकेत पाएपछि लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले एउटा जापानी बुद्धिस्ट संस्थाले निर्माणको अन्तिम चरणमा पुर्याइसकेको विहारको काम रोकेका छन् । कोषसँग ९९ वर्ष लिजमा लिएर जापानको सोकियो अर्गनाइजेसनले लुम्बिनी क्षेत्रभित्र थालेको विहार निर्माणको काम रोकिन पुगेको हो ।
जापानको उक्त संस्थाले कोषसँग सम्झौता गरेर सन् १९९३ देखि नै विहार निर्माणको काम थालनी गरेको थियो । जर्मनीको तारा फाउन्डेसनले बनाएको विहारभन्दा ठीक पश्चिम क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको उक्त जापानी बिहारको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । केही महिनाभित्रै काम सकेर उद्घाटनको तयारी पनि भइरहेको बताइन्छ । तर, काम टुंगिने बेलामा भने सदस्य सचिव तामाङले उक्त संस्थासँग ५० लाख रुपैयाँको बार्गेनिङ गरेका थिए । त्यति मोटो रकम दिन नसकिने जनाउ सो अर्गनाइजेसनले दिएपछि सदस्य सचिवले अर्गनाइजेसनलाई लिजमा दिएको जग्गा रद्द गरिएको पत्र थमाएका थिए ।
जग्गा रद्दको पत्र थमाएर काम अवरुद्ध बनेपछि अर्गनाइजेसनका पदाधिकारीहरूले केही समयअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेललाई भेटेर लिखित रूपमै सदस्य सचिव तामाङविरुद्ध लिखित उजुरी दिएका छन् । उक्त उजुरीपत्रमा सदस्य सचिव तामाङले आफूहरूसँग मोटो रकम मागेको र सो रकम दिन इन्कार गरेपछि जग्गा रद्दको पत्र थमाएको उल्लेख छ । तर, सो अर्जनाइजेसनले मन्त्रीलाई लिखित रूपमै निवेदन दिए पनि अहिलेसम्म कुनै कारबाही अगाडि बढ्न नसकेपछि सो जापानी संस्था अन्तर्राष्ट्रिय अदालतमा जाने तयारीमा समेत लागेको सूत्रको दाबी छ । सदस्य सचिव तामाङको बदमासीप्रति मन्त्रीले नै आँखा चिम्लिएपछि सो जापानी संस्थाका व्यक्तिहरूसमेत आजित बन्न पुगेको बताइन्छ ।
सन् १९९३ मै एउटा भियतनामी संस्थालाई लुम्बिनी क्षेत्रभित्र विहार बनाउन जग्गा लिजमा दिए पनि अहिलेसम्म केही काम हुन सकेको छैन । विहार बनाउन जग्गा लिजमा लिने अरू अन्तर्राष्ट्रिय संस्थाहरूलाई समयमै निर्माण सक्नेतिर सचेत तुल्याउनुको साटो ९० प्रतिशत काम सकिइसकेको संस्थाको काम रोक्नुको पछाडि सदस्य सचिव तामाङले आर्थिक बार्गेनिङ गरिरहेको स्वत: पुष्टि हुन पुगेको बताइन्छ ।
यसैगरी, सदस्य सचिव तामाङले लुम्बिनीमै विहारका लागि जग्गा लिजमा दिन अर्को जापानी संस्थासँग पैसाको बार्गेनिङ गरिरहेको बताइन्छ । सो संस्थासँग ३ करोड रुपैयाँमा कुराकानी भइरहेको थाहा हुन आएको छ । उक्त कार्यका लागि सदस्य सचिव तामाङले जापानी भाषामा समेत राम्रो दखल राख्ने होटल कासाईका म्यानेजर विनेश मानन्धरलाई मध्यस्थकर्ताका रूपमा खटाएका छन् । यसैगरी, लुम्बिनीको पश्चिमी विहार क्षेत्रको कोरिया विहारसँगै एउटा अमेरिकी संस्थालाई जग्गा लिजमा दिने क्रममा पनि पैसाको बार्गेनिङ गरिरहेको थाहा भएको छ । पहिला आफैंले जग्गा दिए पनि अहिले भने तामाङले फेरि पैसाको बार्गेनिङ गरेर काम अवरुद्ध तुल्याउन चाहेको बताइन्छ । कोषमा १५ महिना पदावधि बाँकी रहेका तामाङको अन्तिम समयमा कमाउनेतिर मात्रै ध्यान गएको र उनले लुम्बिनीको विकासमा खासै चासो नराखेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply