प्रस्तावित राजदूतले अदालत गुहारे
काठमाडौं । सरकारले राजदूत सिफारिस गरी संसदीय सुनुवाइका लागि समय तोकेर बोलाइसकेपछि राजनीतिक पूर्वाग्रहका रूपमा नाम फिर्ता लिइएकामध्ये चारजनाले सुनुवाइ प्रक्रिया अघि बढाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । २२ जनाको नाम राजदूतका लागि सिफारिस गरिए पनि एमाले नेतृत्वको सरकार ढलेर माओवादीको नेतृत्वमा सरकार बनेपछि कांग्रेसको दबाबमा १४ जनाको सुनुवाइबाट नाम फिर्ता लिने निर्णय सरकारले गरेको थियो ।
त्यसविरुद्ध दक्षिण कोरियाका लागि नाम सिफारिस भएका युवराज कार्की, जापानका लागि नाम सिफारिस भएका डा. खड्ग केसी, इजरायलका लागि नाम सिफारिस भएकी डा. शिवमाया तुम्बाहाम्फे र श्रीलंकाका लागि नाम सिफारिस भएका नारद भारद्वाजले सोमबार साउनमा सर्वोच्चमा निवेदन दर्ता गराएका छन् । एमाले कोटाबाट सिफारिस भएका भनी उनीहरूका नाम फिर्ता लिइए पनि सागै भएका महेन्ऽबहादुर पाण्डे र अलि अख्तर मिकरानीले भने निवेदनमा सही गरेका छैनन् । यसैगरी, राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)को कोटामा सिफारिस भएकाहरूले पनि मुद्दा दिएका छैनन् ।
स्रोतका अनुसार उनीहरूको पेसी बुधबार तोकिने भएको छ । निवेदनमा नेपालको संविधान २०७२ को धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण परमादेश आदेश जारी गर्न माग गरिएको छ ।
रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका–संसद् सचिवालय र संसदीय सुनुवाइ समिति, व्यवस्थापिका–संसद् सचिवालयलाई विपक्षी बनाइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply