सिम्रिकका अनुमति किन भए खारेज ?
काठमाडौं । नियमति उडानको आन्तरिक वायुसेवा सिम्रिक एयरलाइन्ससाग उडानयोग्य चारवटा जहाज भए पनि एओसी नवीकरण नभएका कारण एक सातादेखि उडान बन्द छ । सिंगल इन्जिनका अन्य दुईवटा वायुसेवा मकालु एयर र एयर काष्ठमण्डपको पनि उडान सञ्चालन हुन सकेको छैन । यी दुई सिंगल इन्जिनका दुवै वायुसेवाको एकाएक जहाज दुर्घटना भएपछि बााकी जहाज ग्राउन्डेड भएका हुन् ।
नियमित उडानको सिम्रिक एयरलाइन्सले १५ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान लाइसेन्स नवीकरण नगराएका कारण गत साउन ३१ गते आइतबारदेखि उडान बन्द छ । यो वायुसेवाको १५ महिनासम्म अनुमति नवीकरण नभएपछि चलिरहेकै वायुसेवा भए पनि अनुमति खारेजीमा पुगेको हो । यस हिसाबले अहिले नेपालका चल्तीका तीनवटा वायुसेवाको उडान बन्द भएको छ । दुईवटा वायुसेवाको उडान सञ्चालन अनुमति एओसी खारेज भएको छ भने एउटा वायुसेवाको एओसी भएर पनि जहाज नहुादा उडान हुन सकेको छैन ।
मन्त्रालयले दिएको चार वर्षको अनुमतिपत्रलाई सिम्रिकले १५ महिनाको समय दिादासम्म नवीकरण नगरेपछि यो समस्या आएको बताइन्छ । चारवर्षे इजाजतको म्याद सकिएको एक वर्षसम्म नवीकरण नभए स्वत: खारेजीमा जाने नियम छ । सिम्रिकलाई पछिल्लोपटक तीन महिनाको समय दिइसकेको र सो समयमा पनि अनुमति नवीकरण नगरेका कारण स्वत: खारेजमा गएको बताइएको छ ।
सिम्रिकले भने भूकम्प र नाकाबन्दीका कारण समयमा नै नवीकरण गर्न नभ्याएको र मानवीय त्रुटिका कारण नवीकरण फेल हुादा उडान नै बन्द गर्नुपरेको बताएको छ । यो वायुसेवाले पर्यटन सचिव स्तरबाट आवश्यक पहल नभएका कारण एकपटकका लागि भन्दै मन्त्रिपरिषद्सम्म नै आफ्नो इजाजत नवीकरणको फाइल अगाडि बढाउन लगाएको छ ।
एयरलाइन्सको अनुमति खारेजी प्रक्रियामा गएकाले र पर्यटनमन्त्री नियुक्त नभएकाले पनि सिम्रिकको काम पर्यटन मन्त्रालयबाट हुन नसकेको मन्त्रालय स्रोतको भनाइ छ । मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषद्ले मात्रै लाइसेन्स नवीकरण गर्न सक्छ, अन्यथा सिम्रिक एयरले नयाा वायुसेवाकै प्रक्रियामा नयाा अनुमति लिनुपर्छ ।
नयाा वायुसेवाको लाइसेन्स लिनुपर्दा २० करोड रुपैयााको चुक्ता पुाजी, २० लाख रुपैयाा बैंक ग्यारेन्टी, १० हजार निवेदन शुल्क, हरेक उडान रुटका लागि ३० हजार रुपैयाासहित आवेदन दिनुपर्ने पनि मन्त्रालयको भनाइ छ ।
सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले घरजग्गाबाट डुब्न लागेको राजेन्ऽ शाक्यको गुण एयरलाइन्सलाई किनेर सिम्रिक एयरलाइन्स बनाएका हुन् । चार वर्षअगाडि घरजग्गा कारोबारबाट आर्थिक समस्यामा परेपछि शाक्यको ऋण सकारेर थापाले गुण एयरलाइन्स लिएका हुन् । गुणको ७५ प्रतिशत सेयर लिएर सञ्चालन सुरु गरेको सिम्रिकले तीन वर्षअगाडि मात्रै अग्नि एयरका जहाज पनि सञ्चालन गर्न थालेका हुन् । घरजग्गा कारोबारबाटै समस्यामा परेको सुधीर बस्नेतको वायुसेवा अग्नि बन्द भएपछि सिम्रिकले सञ्चालन गरेको हो । अग्निका पााचवटा जहाज भए पनि सिम्रिकले दुईवटा मात्रै आवश्यक मर्मत गरेर उडाएको थियो । सिम्रिक एयरलाइन्स सञ्चालन गर्नुपहिले थापाको सिम्रिक एयर नामको हेलिकोप्टर कम्पनी रहेको थियो । यो अहिले पनि सञ्चालनमै छ । अहिले मानवीय त्रुटि र हेलचेक्र्याइाका कारण थापाको वायुसेवा सिम्रिकको उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले बताए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply