लुम्बिनीको भेटी बाटैमा चट
काठमाडौं । लुम्बिनी घुम्न आएका चिनियाँ तीर्थयात्रीहरूद्वारा केही दिनपूर्व मायादेवी मन्दिरमा चढाउन छाडिएको बहुमूल्य सुन र रकम गायब भएपछि अहिले लुम्बिनीमा हल्लीखल्ली मच्चिएको छ । मन्दिरमा चढाउन सुरक्षाकर्मीहरूलाई सुन र मोटो रकम छाडिएको थियो ।
समाचारअनुसार केही दिनअघि चीनका बुद्धिस्ट तीर्थयात्रीहरू नेपाल हुँदै भारत घुम्ने उद्देश्यले लुम्बिनी आएका थिए । ती तीर्थयात्रीहरूले बिहान सबेरै मायादेवी मन्दिरको दर्शन गरेर भारत जाने कार्यक्रम तय गरेका थिए । बिहान सबेरै मायादेवी मन्दिरको ५ नम्बर गेटबाट भित्र छिर्न खोज्दा उनीहरूलाई सुरक्षाकर्मीहरूले रोक र अहिले मन्दिर खुल्ने बेला भएको छैन, केही सामानहरू चढाउनु छ भने छाडेर जानुस् भने । ती चिनियाँ यात्रीहरूले सुरक्षाकर्मीहरूले अह्राएबमोजिम सुन र केही डलर मन्दिरमा चढाउन सुरक्षाकर्मीहरूलाई छाडेर गए ।
तर, चिनियाँ यात्रीहरूले छाडेको सुन र रकम मन्दिरमा चढाइएन, ती एकाएक गायब भए । सुन र नगद गायब भएपछि हल्लाखल्ला मच्चियो । यो विषयमा व्यापक रूपमा कुरा उठेपछि कोषका सुरक्षा अधिकृत लीलाबहादुर श्रेष्ठले पनि गुपचुप पार्न चाहे । उनले केही सुन र पैसा त आएको हो, तर के भयो–भयो भनेर आलेटाले जवाफ दिए । पछि खोजतलास गर्दै जाँदा केही तोला सुनका साथै १८ सय डलर चढाउन सुरक्षाकर्मीहरूलाई जिम्मा दिइएको कुरा उठ्यो । तर, सुन र डलर मन्दिरमा नचढाईकनै गायब हुन पुग्यो ।
अहिले लुम्बिनीमा चढाउन छाडिएको सुन र डलर हराएको कुराले व्यापक चर्चा पाएको छ । तर, उक्त घटनाको जिम्मेवारी भने अहिलेसम्म कसैले पनि लिएका छैनन् । सुरक्षा अधिकृतका हिसाबले श्रेष्ठलाई स्पष्टीकरण सोध्ने र उनी दोषी ठहर भए कारबाही गर्नुपर्ने भए पनि कोषका पदाधिकारीहरूले मौनता दर्साइरहेका छन् । संस्कृतिमन्त्री नयाँ आएको हुँदा पनि कोषले उक्त घटनाको छानबिन गर्नेतिर कुनै चासो देखाइरहेको छैन । बरु, सदस्य सचिव अजितमान तामाङ भने नयाँ मन्त्री आएसँगै आफ्ना निकटस्थहरूसँग ‘मैले पाँचवटा मन्त्री फेरिसकें, अब जो आए पनि केही फरक पर्दैन’ भन्दै हिँड्ने गरेको बताइन्छ ।
यसरी नै कोषभित्र भएका अनियमितता छानबिन गर्न तत्परता देखाइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सदस्य सचिव तामाङलाई दुई÷तीनपटक नै बोलाएर स्पष्टीकरण लिइसकेको छ । हरेकपटक अख्तियारले तामाङलाई बोलाउने र कागज गराएर छाड्ने गरिरहेको छ । केही महिना पहिले अख्तियारले कोषको कागजपत्र खिचेर कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply