मन्त्रालय लुकाएर रामचन्द्रलाई चक्मा
काठमाडौं । सरकार गठन भएको २३ दिन पछि भएको मन्त्रिपरिषद् विस्तारमा सभापति शेरबहादुर देउवाले दुइटा मन्त्रालय लुकाएर रामचन्द्र पौडेललाई चक्मा दिए । पौडेलले मन्त्रीहरूको शपथ कार्यक्रममा सहभागी भएपछि मात्र आफूलाई देउवाले चक्मा दिएको पत्तो पाएका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा सपथ खाएकै दिन कांग्रेसले विमलेन्द्र निधी र रमेश लेखकलाइ सरकारमा सहभागी गराएको थियो । नयाँ सरकार बनेदेखि नै कांग्रेसले १३ वटा मन्त्रालय भागमा परेको प्रचार गरिदै आएको थियो । त्यसैमा टेकेर सभापति देउवाले शुरदेखि नै पौडेल गुटसँग वार्गेनिंग गर्दै आएका थिए । पार्टीले पाउने १३ मन्त्रालयमध्ये पौडेल समूहलाइृ तीनवटा दिने भन्दै संस्थापनले वार्गेनिंग शुरु गरेको थियो । तीनवाट बढेर चार वटामा पुगेपछि संस्थापन समुहले त्यो भन्दा वढी पौडेल समूहलाइृ मनत्री दिन नसकिने अड्डी लियो भने पौडेलले समूहको भेला नै बसेर ४० प्रतिशत भाग नपाए आफ्नो समुह सरकारमै नजाने निर्णय गर्यो । १३ को ४० प्रतिशतको अर्थ हुन्थ्यो पाँच जना मन्त्री । तर, देउवाले उपप्रधानमन्त्री निधीलाई पठाएर दुइटा मन्त्रालय वढाएको पौडेलले पत्तो नै पाएनन् । निधीले प्रधानमनत्री दाहाललाई भेटेर १५ मन्त्रालय नदिए पार्टी सरकारमै नरहने संकट उत्पन्न भएको भन्दै दाहालसँग लम्पसार परेपछि दुइटा मन्त्रालय थपिएको थियो । दुइटा मन्त्रालय पाएपछि निधीले पौडेललाई भेटेर पाँच जना मन्त्री दिने वचन दिए र नाम पठाउन आग्रह गरे । ४० प्रतिशत पाइयो भनेर पौडेल फुरुगं भए तर उनको खुसी २४ घण्टा नवित्दै दुखमा परिणत भयो । भोलिपल्ट विहान राष्टपति निवासमा मन्त्रीहरूको सपथमा पुग्दा त्यहाँ ११ जना नभएर १३ जना मन्त्रीको नाम बोलाउँदा उनी छाँगा वाट खसेजस्तै भए । दुइ जना पहिल्यै मन्त्री भइसकेकाले पार्टीले पाएका १३ मा ११ जनाले सपथ लिदै छन् भन्नेमा पौडेल विश्वस्त थिए । अहिले पौडेलको भागमा परेका मन्त्रीको संख्या ३३ प्रतिशत मात्र छ ।
पौडेल समूहमा भाँडभैलो
सभापति देउवाको वठ्याइ नबुझेर आफ्नो समूहलाइ ४० प्रतिशत वाट ३३ प्रतिशतमा भझारेको भन्दै यो समूहका नेताहरू पौडलसँग रुष्ट छन भने कतिपय नेताहरू मन्त्री नवनाएको भन्दै रुष्ट बनेको बुझिएको छ । पौडेलसँग सबैभन्दा रुष्ट शेखर कोइराला भएपनि उनले अरुले जसतो असन्तुष्टी छताछुल्ल बनाएका छैनन् । बलबहादुर केसीले त खुलेरै पौडेलको आलोचना गरिसकेका छन् । त्यसवाहेक कमला पन्त, किरण यादव, आनन्दप्रसाद ढुंगाना, ध्यानगोविन्द रन्जित लगायतका नेताहरू पनि असन्तुष्ट रहेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply