अक्टोपससँग प्रहरी महानिरीक्षक लसक्कै
काठमाडौं । नेपाल प्रहरीमा आफूलाई सोझो र व्यावसायिक भनेर चिनाउन चाहने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले केही शंकास्पद व्यक्तिहरूका लागि प्रहरीको स्रोत साधन दुरूपयोग गरिरहेको पाइएको छ । प्रहरी महानिरीक्षक अर्यालको हिमचिम नेपालमा अक्टोपस भनेर चिनिने र नेपाली सांसद भएर पनि भारतको हितमा ठाडै वकालत गर्ने अमरेशकुमार सिंहसँग रहेको बताइन्छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्नुपर्ने प्रहरी प्रशासनको उच्च पदमा रहेको महत्वपूर्ण व्यक्तिका संगत सिंहजस्ता शंकास्पद व्यक्तिसंग भएपछि तिनको भूमिकामाथि नै प्रश्नचिन्ह उठ्न पुगेको छ । अझ अर्को कुरा त, अर्याल प्रहरी महानिरीक्षक भएदेखि सिंहले एक थोपा पेट्रोल पनि किनेर आफ्नो सवारी साधानमा प्रयोग गर्नुपरेको छैन । स्रोतका अनुसार सिंहले चढ्ने विभिन्न गाडीका लागि प्रहरी कल्याण कोष अन्तर्गतको नक्सालस्थित पेट्रोल पम्पबाट पेट्रोल उपलव्ध गराइने गरिएको छ । पहिले सचिवालयबाट चिट ल्याइने र सोही आधारमा तेल हालेपछि पछि सचिवालयले कुपनको व्यवस्था गर्ने गरिएको छ । त्यसरी सुविधा लिनेमा चुनावी सरकारका गृहमन्त्री माधवप्रसाद घिमिरे पनि रहेका छन् ।
त्यसो त कुनै राजकीय भूमिकाका नरहेका सिंहको नियमावली विपरीत निजी सुरक्षा गार्ड पनि महानिरीक्षक अर्यालले नै व्यवस्था गर्दै आएका छन् । महानिरीक्षक अर्यालले अहिले प्रशासनमा रमेशशेखर बज्राचार्य र मानवस्रोतमा वीरेन्द्रबाबु श्रेष्ठलाई सबै अधिकार दिएर उनीहरू मार्फत नै रकम लेनदेन गर्ने गरेको बताइनछ । कल्याण कोष अन्तर्गतका सबै ठेक्का प्रशासनले हेर्छ भने सरुवा बढुवा र भर्ना मानवस्रोतले हेर्छ । बढी चलखेल हुने यि दुई निकायमा यसअघि पनि यि दुबै एआइजीलाई आलोपालो जिम्मेवारी दिइएको थियो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply