सरल तर विम्बात्मक
बाटो हिँड्दाहिँड्दै जीवनदेखि हार खाएकाहरू पनि छन् यहाँ । यात्रामै केहीले बाटो छिचोलेर उद्देश्य चुमेका पनि छन् । मान्छेहरू जस्तोसुकै समस्या आए पनि बाटामै हिँड्छन् लक्ष्य खोजेर । तर, मान्छेले गन्तव्यमा छिटो पुग्न बाटो बदल्न पनि सक्छ, कहिलेकाहीँ । त्यसो त बाटो हिँड्नेहरू सबै लक्ष्यमा पुग्दैनन् । कति त बाटोमै विश्राम लिन बाध्य हुन्छन् । कतिले बाटो बदलेर अन्यत्र लान्छन् । यही यथार्थलाई ‘बाटो खोज्दै बाटोमा’ कविताले उजागर गरेको छ ।
नेपाली साहित्यमा परिचित नाम हरिमाया भेटवालको पछिल्लो कृति हो ‘बाटो खोज्दै बाटोमा’ । नेपाली साहित्यको महŒवपूर्ण विधामध्ये नाटकमा कलम चलाउनेहरू कमै छन्, त्यसमा पनि नारी हस्ताक्षर एकाध मात्रै भेटिन्छन् । त्यहीमध्येको अग्रस्थानमा रहन्छिन् हरिमाया । कथा, नाटक र कवितामा कलम चलाउँदै आएकी उनको तेस्रो कृति ‘बाटो खोज्दै बाटोमा’ प्रकाशित भएको छ । यसअघि उनका दोस्रो दर्जा, मैनका मान्छेहरू कथासंग्रह, ‘आहाल’ नाटकसंग्रह प्रकाशित भइसकेका छन् ।
कविता विधामा उनको यो पहिलो कविताकृति हो । थोरै तर स्तरीय लेख्ने हरिमायाका कथा, नाटक मात्रै होइन, कविता पनि सामाजिक यथार्थ र प्रगतिशीलता आधारित हुने गर्छन् । संग्रहभित्रका ५५ वटै कविता उत्तिकै गहकिला, विचारमूलक र जीवनजगत्सँग जोडिएका विविध विषयवस्तुमा आधारित छन् । शीर्ष कविता ‘बाटो खोज्दै बाटोमा’ले मान्छेले आफ्नो जीवनमा केही न केही उद्देश्य लिएर हिँडेको हुन्छ । मान्छेको हिँडाइ बाटाले नै निर्धारण गर्छ । यात्रामा रहने हरेक मान्छेको अनगिन्ती बाटाहरूको विम्ब यस कविताले खोतलेको छ ।
‘बाटो खोज्दै बाटोमा’ कविता कृतिभित्रको ‘आमा’ शीर्षकको कविताले मेसिनजस्तै ‘सन्तान जन्माउनकै लागि बाँचेकी आमा’को चित्कारको घुम्टो खोलिदिएको छ । बिहान जसरी पूर्व क्षितिजबाट लाली छाउँदै घाम उदाउँछ त्यसरी नै एउटी आमाले आफ्ना सन्तानका लागि जिन्दगीको सम्पूर्ण क्षितिजको लगानी गरेकी हुन्छिन् । आमाले सन्तान हुर्काएजसरी घामले हरेक दिनको सिर्जना गर्छ । फेरि रातपछिको उज्ज्वल दिनको सुरुवात त आखिर घामबाटै हुन्छ, जसरी आमाको काँखमा लुट्पुँटिँदै एउटा बालक जवान हुन्छ र बाध्यताको यान चढेर टाढाटाढासम्म गएर पसिना बगाउँछ । आमाको काँख छोडेर सपनाहरू दूरदूर भएर सात समुद्र तर्न बाध्य हुन्छन् । के दूर क्षितिजमा उदाउँदैन घाम ? के त्यहाँ आमाले जन्माउँदिनन् सन्तान र गर्दिनन् सुन्दर भविष्यको कल्पना ? हरिमायाले यस्तै–यस्तै कल्पना गरेकी छन् सिर्जनामा । उनको कलमले हाम्रो समाजको युवा पलायन, माटोको माया र आमाको चिन्तालाई उदाउँदो घामसँग तुलना गरेर सुन्दर भविष्य खोज्दाखोज्दै टाढा धेरै टाढा पुगेका सन्तानको मायालु स्वरमा संगीत भरेको छ । छोटा छन् । गहकिला छन् । यथार्थ छन् अनि समसामयिकतामा भिजेका छन् कविताहरू । सामाजिक यथार्थको चित्र बोकेर दौडिएका अधिकांश कविताले हाम्रा वरपरका ससाना लाग्ने जीवनजगत्का वास्तविकतालाई बोकेका छन् । । बजार शीर्षकको चार लाइनको कविताले मान्छे अत्याधुनिक सुखसुविधा भोगी भएर आफ्नो दायित्व बोधबाट टाढिएको यथार्थलाई यसरी उठाएको छ ः
पहिले–पहिले बजार जाँदा
बिसाउँदै हिँड्दै गर्थे
तर, अहिले बजार आउँछ हिँडेरै घरमा
र बिसाउँछ विलासितामा ।
सत्ता, राजनीति, क्यालेन्डर, नदी, सुत्केरी सिंह, अँध्यारोका मान्छे, माझी, पातहरू, अविश्वास, किसान, नागरिकता, सरकारी समय, समयजस्ता कविता अत्यन्तै छोटा (चार लाइनको सिंगो कविता ) भए पनि ती कविताहरूले घरदेखि समाज, समाजदेखि देश, देशदेखि विश्वमा व्याप्त कुरीति, वर्तमान राजनीति र सत्ता राजनीतिको फोहोरी खेल अनि त्यसबाट आक्रान्त भई आफ्ना जीवनको क्यालेन्डर नै बदल्न बाध्य आम नागरिकका समस्यालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ ।
हरिमायाको कविता सिर्जनाको आधार भनेको वर्तमानमा विभाजित वर्गीय समाज, महिला र पुरुषबीचको असमानता, राजनीतिमा देखिएको चाकडी चाप्सुली प्रवृत्ति अनि मान्छेका जीवनभोगाइका अप्ठ्यारा पाटाहरू नै अगाडि आएका देखिन्छन् । तमाम विषयलाई सरल तर विम्बात्मक प्रस्तुतिले कवितालाई माथिल्लो उचाइमा पु¥याएको छ ः
श्रमले झरेको मेरो पसिनालाई
कसैले सर्वत बनाएर पियो भने
तिमीले नठान्नू म पानी भएँ…
उल्लिखित कवितांशबाट के प्रस्ट हुन्छ भने कवि हरिमायाको कलम नेपाली साहित्यको नाटक, कथा मात्र होइन, कवितामा समेत उत्तिकै अब्बल छ भन्ने पुष्टि भएको छ ।
पुस्तक ः बाटो खोज्दै बाटोमा
कवि ः हरिमाया भेटवाल
विधा ः कविता
प्रकाशक ः शब्दार्थ प्रकाशन
संस्करण ः २०७२ असोज
मुल्य ः रु. १७५।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply