रातो घरको करामत
काठमाडौं । आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटा र नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको सम्बन्धलाई अहिले सबैले बाध्यताको सम्बन्ध भन्न थालेका छन् । निगमको सञ्चालक समितिको अध्यक्षमा मन्त्रालयका सचिव रहने व्यवस्था भएको हुँदा निगमका कतिपय कार्यहरूप्रति सचिव सापकोटा सन्तुष्ट नरहेको बताइन्छ । तर, सचिव सापकोटा असन्तुष्ट रहे पनि केही कारणहरूले भने उनी चुपचाप बस्न बाध्य भएको बताइन्छ ।
सूत्रका अनुसार सचिव सापकोटा र खड्काबीच बाध्यताको सम्बन्ध कायम रहनुमा अख्तियार दुरुपयोग अनसुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको हात रहेको बताइन्छ । उनीहरूबीचको सम्बन्धलाई रातो घरले जुटाइदिएको सम्बन्ध भनिन्छ । त्यसो त सचिव सापकोटा र खड्का अख्तियार प्रमुख कार्कीको निकट मानिन्छन् । विगतमा सापकोटा अख्तियारको सचिवसमेत सम्हालिसकेका व्यक्ति हुन् भने खड्कालाई पूर्ववर्ती सरकारका आपूर्ति मन्त्रीले हटाउन खोज्दा अख्तियार प्रमुखको दबाबमा थमौती गरिएको थियो ।
यसैबीच, निगमको उच्च व्यवस्थापनले तेल ओसार्ने ट्यांकरको आवेदन खुलाएकै एक हप्तामा बन्द गरेको छ । गुपचुप रूपमै नयाँ ट्यांकरका लागि निवेदन मागिएको थियो । त्यसरी निवेदन आह्वान गरेको कुरा निगमका कर्मचारीहरूलाई समेत थाहा दिइएको थिएन । तर, जे–जतिका निवेदन परेका थिए, ती सबै ट्यांकर व्यवसायीहरूको दबाब र उनीहरूले सिफारिस गरेका मानिसहरूको मात्रै परेको बताइन्छ ।
निगमका उच्च कर्मचारीहरूको विभागीय जिम्मेवारी पनि हेरफेर गरिएको छ । निकै आकर्षक मानिने वितरण विभाग सम्हाल्न सीताराम पोखरेल पुगेका छन् । मुकुन्दप्रसाद घिमिरेले अवकाश पाएपछि पोखरेललाई उक्त विभागको जिम्मेवारी दिइएको हो । यसैगरी, निगमभित्र अराजक कर्मचारीका रूपमा चिनिने दीपक बराललाई एलपी ग्याँस विभाग र करुणा क्षत्रीलाई गुणस्तर विभाग दिइएको छ भने विशाल ओझालाई प्रशासन, रविनचन्द्र अधिकारीलाई लेखा, वीरेन्द्र गोइतलाई इन्जिनियरिङ र शरद पौडेललाई आन्तरिक नियन्त्रण विभाग प्रमुख बनाइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply