यो कुलो भत्काउने सरकार हो
यो देश गरिब हुन सक्ने देश नै होइन । यो गरिब हुनु सहज कुरै होइन, तर यसलाई बलजफ्ती गरिब बनाइयो । अब गरिब भइरहन्न, अविकसित भइरहन, पछौटे भइरहन यसले मञ्जुर गर्नुहुँदैन । तर, यसलाई मञ्जुर गर्न÷गराउन खोजिँदै छ फेरि पनि । त्यो कुरा हामी हुन दिँदैनौं । अब नेपालले विकास गर्छ, नेपाल समृद्ध हुन्छ । नेपाल अगाडि बढ्छ, यसलाई कसैले पनि रोक्न सक्दैन । हामी अलिक अप्ठ्यारोमा छौं, घेराबन्दीमा छौं । तर, सरकारबाट हटाउन सकिन्छ अहिलेको अवस्थामा । मलाई त सरकारबाट हटाउन सकियो । तर, हाम्रा उद्देश्य, कर्तव्य र अभियानहरूहरूबाट हटाउन सकिँदैन । हामी त्यो अभियानलाई अगाडि नै लान्छौं ।
प्रधानमन्त्री भएपछि एक महिना र केही दिनमा प्रधानमन्त्रीले संसद्मा भाषण गर्नुभयो । के भाषण गर्नुभयो ? के भाषण गर्नुभयो ? भारत भ्रमणमा जाँदै हुनुहुन्छ, त्यसबारे केही पनि भन्नुभएन । चिनियाँ राष्ट्रपति आउनुहुन्छ कि हुन्न, त्यसमा पनि केही भन्नुभएन । देशको विकास कसरी गर्नुहुन्छ, त्यसमा पनि केही भन्नुभएन । उहाँले के भन्नुभयो भने ‘म प्रधानमन्त्री हुँदा कसकसलाई १० लाख दिन्छु भनेको थिएँ, ५ लाख दिएको छु, ५ लाख बाँकी छ, त्यो दिन्छु ।’ हाम्रा कार्यकर्तालाई २ लाख दिन्न भनेको थियो, त्यो दिन्छु । उहिले घाइते भएका मेरा कार्यकर्तालाई १÷१ लाख थपिदिन्छु । कसरी गरिबी हटाउने ? पूर्वाधारको विकास कसरी गर्ने ? देशको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने ? यी विषयमा केही पनि कुरा आएनन् । हुलाकी राजमार्ग आफैं बनाउने कि अरूलाई दिने ? त्यो पनि भन्नुभएन । फास्ट ट्र्याकको पनि उहाँले भन्नुभएन । नेपाली जनता सबैले सुन्न चाहिरहेका थिए, तर उहाँले केही भन्नुभएन । म सानो हुँदा गाउँघरमा देखाउन ल्याउँथ्यो, १० पैसा, एक आना तिर्नुपथ्र्यो– आग्राका ताज देखो, दिल्लीका कुतुमिनार देखो भन्थ्यो, फिटिक–फिटिक गथ्र्योे ।
प्रधानमन्त्रीज्यूले भाषण गर्दा ताजमहल देखो, कुतुमिनार देखो गर्ने होइन । जनताले के चाहेको छ ? जनताका समस्यामा बोल्नुप¥यो । देशका समस्यामा बोल्नुप¥यो । अगाडि आएका प्रश्नको समाधान दिनुप¥यो । कमसेकम परराष्ट्र नीतिका मामिलामा, अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा, विकासका प्रश्नहरूमा राष्ट्रिय सहमति आवश्यक छ । तर, अहिले फास्टट्र्याक यसो गरिन्छ, उसो गरिन्छ भन्दै हिँड्छन्, एक उपप्रधानमन्त्री । सहमति भनेको केमा चाहिँ गर्ने ? कुन बुँदामा गर्ने ? के विषयमा गर्ने ? नेपाललाई क्षतविक्षत पार्ने गरी सीमांकनका विषय अरूका एजेन्डा बोकेर, अरूका एजेन्डाका भारी बोकेर, नाम्लो चुँडिने गरी भारी बोकेर संविधान संशोधनका कुरा गर्ने अनि सहमति कसरी हुन्छ ? सबैभन्दा पहिले राष्ट्रलाई पहिलो प्राथमिकता दिएर अघि बढौं भन्यो भने डिप्लोम्याटिक भएन भन्छन् । तर, पुराणहरूमा आउँछन् शिवजीले जटा फुत्त निकालेर पछार्र्दा एउटा नन्दी उफ्रन्छ ।
अर्को पछार्दा भृंगी उफ्रन्छ । अनेक जटा पछारेर नन्दी–भृंगी उफारेर राष्ट्रलाई गम्भीर र दीर्घकालीन क्षति पुग्ने गरी कोसँग सहमति गर्ने । संविधान संशोधनको सम्झौता गर्नुभएको थियो ? उहाँहरूले गरेका सहमति केका लागि, के विषयमा र कस्तो ? हामीसँग त भनेको छैन । सहमति केमा गर्ने ? हामी सहमतिका साथ अगाडि जान चाहन्थ्यौं । हामीले हिजो पनि चाहेको, आज पनि चाहिरहेका छौं । नेपाल–भारत, नेपाल–चीन, नेपाल–चीन–भारतका बीचमा समधुर सम्बन्ध होस् । एकअर्काको सावभौमसत्तालाई सम्मान गरौं । स्वतन्त्र हैसियतलाई सम्मान गरौं । स्वतन्त्र निर्णय अधिकारलाई सम्मान गरौं । एकअर्काको विकासमा सहयोग गरौं । कुनै समस्या त छैन । के समस्या छ ? हामीलाई भारतसँग कुनै समस्या छैन । यत्ति हो, यसो हात हाम्रातिर नहाले हुन्छ । त्यत्ति हो हाम्रो भनाइ । मैले प्रधानमन्त्री हुँदाखेरि पनि भनें– ‘हाम्रो सार्वभौमसत्ता स्विकारिनुपर्छ, सम्मान गरिनुपर्छ ।’ तर, सँगै सरकार हुँदा सल्लाहले नेपालको प्रतिनिधि हुनुपर्ने । राजदूत नेपालको प्रतिनिधि नभएर एउटा दल विशेषको प्रतिनिधि । तैपनि, गुटविशेषको प्रतिनिधि ।
र, सरकारविरोधी भूमिका खेलेको हुनाले सल्लाह गरेरै फिर्ता ल्याइएको थियो, त्यही दलले फेरि उही मान्छेलाई त्यहाँ पठाउँछ । म भन्न चाहन्छु– ‘नेपालको राजदूत हो र ? भयो र नेपालको राजदूत ?’ नेपाल भनेको सम्रग नै होला । अहिले सरकारमा भएका एक दर्जन, दुई दर्जन, तीन दर्जन मन्त्री मात्रै त होइन होला नि । यो आफ्नै बुताले जोरजाम गरेको बहुमतको सरकार पनि होइन । अर्काले जोरजाम गरिदिएको बहुमत हो । मैले अस्ति प्रधानमन्त्रीको सम्बोधन अघिसम्म अलिकति आस गरेको थिएँ, उहाँहरू अलिकति सहमति, संवाद, समझदारीतिर पो फर्कनुहुन्छ कि भन्ने । हिजोसम्म पनि सोचेको थिएँ । प्रधानमन्त्रीको वक्तव्य सुनिसकेपछि मैले बुझें– उहाँहरू सहमति होइन, कन्फन्टेसनको राजनीति चाहिरहनुभएको छ । म मेरो पार्टीको तर्फबाट भन्न चाहन्छु, हामी सहमति, सहकार्य चाहन्छौं । उचित ढंगले सहमतिका साथ राष्ट्रनिर्माणको काममा अगाडि बढौं । हामीले संविधान कार्यान्वयन गर्नु छ । संविधानको कार्यान्वयनलाई अहिलेको सरकारले धरापतिर धकेल्दै छ लगातार । यो नगरोस् भन्ने हाम्रो चाहना हो । २०७४ माघ ७ गतेभित्र प्रतिनिधि सभाको निर्वाचन भएन भने अरूले थैथै गर्दै सरकारमा पु¥याइदिएकाहरूले थाहा पाउनुपर्छ, त्यसपछि तिनको बस्ने ठाउँ कहाँ हुन्छ ?
देश असहज र अप्ठ्यारो अवस्थामा छ । हाम्रा यति धेरै युवा बाहिर गएका छन् । देश निर्माण गर्नुपर्नेछ । जनप्रतिनिधि कायम गर्नुपर्नेछ । अस्ति प्रधानमन्त्री हुने बेलामा अहिलेका प्रधानमन्त्रीले एउटा भाषण गर्नुभएको थियो । हावाबाट बिजुली निकाल्नेजस्ता हावादारी कुरा म गर्दिनँ भन्नुभयो । घामबाट बिजुली निकाल्ने, रेल कुदाउनेजस्ता कुरा गर्दिनँ भन्नुभयो । उहाँले के भन्नुभयो भने ७ अर्ब मान्छे छन् ३ अर्ब पर्यटक म ल्याउँछु । र, उहाँले भन्नुभयो– यस्ता सम्भव हुने खालका मात्र कुरा गर्नुपर्छ ।
युवा नै वास्तवमा देश निर्माणका निर्णायक शक्ति हुन् र संवाहक हुन् । यहाँ एउटा समस्या छ, शिशिर योगीको गीतजस्तो– ‘यो देशमा म एउटा मानिस खोजिरहेको छु… ।’ नेपालमा म एउटा मान्छे खोजिरहेको छु, त्यो हामी सबैको मनमा छ । कहाँबाट आउँछ, हाम्रो देश बनाइदिने मान्छे ? कहाँबाट आउँछ, त्यस्तो नवीन सोच भएको मान्छे ? कहाँबाट आउँछ– त्यस्तो भिजनरी, चमत्कारी नेता ? त्यो म आज तपाईंहरूलाई बताउन चाहन्छु, त्यो मान्छे मैले यही देखेको छु । त्यो तपाईं नै हो । देश बनाउने मान्छे, भिजिनरी मान्छे । केही गरौं भन्ने मान्छे, गर्न सक्ने मान्छे । त्यो तपार्इं नै हो । तपाईंले यदि ठान्नुभयो– ‘म देश बनाउन सक्छु, मैले बनाउनुपर्छ ।’ मैले नै देश बनाउने कर्तव्य बोकेर आएको छु भन्ने ठान्नुभयो भने देश बन्छ । हामीले विकास कसरी गर्ने भन्ने सोच्नुपर्छ । सम्पत्तिले विकास हुने होइन । सम्पत्ति त क्यासिनो गएर पनि सिध्याउन सकिन्छ । पैसा भएर विकास हुने होइन, विकास भएर पैसा हुने हो ।
मैले सरकार सञ्चालन गर्न छोटो समय पाएँ, तर दैलेखमा पेट्रोलखानी छ भन्ने पत्ता लाग्यो । मुस्ताङमा युरेनियम पत्ता लाग्यो । नवलपरासीमा फलामखानी पत्ता लाग्यो । अरू धेरै पत्ता लाग्थे होलान्, तर म खानी पत्ता लगाउन मात्र लागिनँ । अरू पनि धेरै गर्नु थियो । तर, ती काम गर्दा केही त पत्ता लागे । ती काम गर्न सकिन्छ । हाम्रो देश असाधारण छ । केही गरौं भन्ने भावना भयो भने गर्न सकिन्छ ।
फलामखानी मैले सिर्जना गरेको होइन, मैले बनाएको होइन । नवलपरासीमा छँदै थियो त्यो पहाड । तर, त्यो पहाड फलामखानी हो भन्ने कुरा थाहा पाउन मै प्रधानमन्त्री हुनुप¥यो । कमसे कम खोजीनिती हुनु प¥यो नि ! मुस्ताङमा युरेनियम छ । खोजेर, पत्ता लगाएर, परीक्षण गरेर आर्मीलाई सुरक्षाको जिम्मा दिइयो । तेलखानी पत्ता लागेको छ ।
असन्तुलित सम्बन्ध भयो भनेर सन्तुलित बनाउन खोजिँदै छ । असन्तुलित के–केमा भयो ? पाइप लाइन बन्ने भन्ने कुरा कुरै मात्र छ बन्ने भन्ने छैन । प्रधानमन्त्रीको अस्तिको भाषणले पाइप लाइन बनाउने फेरि एउटा कबोल गरेको छ । त्यही एक ठाउँभन्दा बाहिरबाट तेल नलिने कुराको फेरि प्रतिबद्धता ग¥यो । प्रधानमन्त्रीको वक्तव्यको आशय त्यही छ । धेरै लुकेका अर्थहरू छन् । तीनका सम्बन्धमा पछि प्रकाश पारौंला ।
यतिबेला हाम्रो देशलाई स्वाभिमान झुक्न नदिने युवाहरू, ज्यूँदा युवाहरू, काम गर्ने आत्मविश्वास बोकेका युवाहरूको आवश्यकता छ । जो हामीसँग छ, खालि हामीले जगाउन मात्र आवश्यक छ । तपाईं आफूले आफैंलाई मात्र विश्वास गर्नुस् । तपाईंकी आमाले गरिखान नसक्ने छोरा वा छोरी जन्माएको होइन । तपाईं गरिखान सक्ने छोराछोरी हुनुहुन्छ । त्यो आत्मविश्वास भयो भने मात्र देश बन्छ । दुनियाँ कहाँ पुगिसक्यो, हामी अलिक पछाडि छांै । यो पछाडि परेको अवस्थालाई हामी अगाडि बढाउन सक्छौं ।
यतिबेला हामी युवा होसियार हुनुपर्छ । विविधतायुक्त देश छ हाम्रो । सबैभन्दा अग्लो सगरमाथादेखि होचो केचेनाकलसम्मको विविधताले हामीलाई धेरै चीज दिएको छ । यो हाम्रो सम्पन्नता हो । यो भौगोलिक विविधताले वनस्पतीय, जैविक, सामाजिक, सांस्कृतिक, भाषिक अनेक प्रकारका विविधता पैदा गर्छ । हाम्रा खोलानाला दक्षिण बगेका छन् । देश पूर्व–पश्चिम फर्किएको छ । त्यसकारण, स्वाभाविक रूपमा खोला तर्न गाह्रो हुने भएकाले हिजो अनेक कुराको विकटता थियो । ती कुराहरू भिन्न–भिन्न ढंगले विकास भए । त्यसलाई हामीले बुझ्न जरुरी छ । हामी १ सय २५ जस्तो जातजाति र १ सय २५ जस्तो भाषाभाषी छौं । हामीलाई बर्बाद पार्न अरू केही चाहिन्न । जातीय साम्प्रदायिक द्वेष पहिचानका नाममा, अधिकारका नाममा थोपरे हुन्छ । अधिकार भनेको के ? छिमेकी मारामार गर्ने ? समृद्धितिर नजाने गरिबीतिर जाने, बाटा पुल नबनाउने भत्काउने, केही हुन नदिने बर्बाद गर्ने, त्यो बाटो सिकाउने अनि अधिकार देखाउने ? जसले अलिकति राम्ररी लान खोज्छ, त्यसका विरुद्ध एउटा अभियान चलाउने गरिन्छ ।
जस्तो अहिले एमाले मधेसविरोधी, केपी ओली मधेसविरोधी भनेर दुष्प्रचार गरिँदै छ । जसले तराईमा सिँचाइका योजनाहरू अगाडि सा¥यो, बजेट छुट्ट्यायो, जसले बाटो बनाउने बजेट छुट्ट्यायो, जसले तराईको सहरीकरणका लागि बजेट छुट्ट्याएको छ, पूर्व–पश्चिम रेल्वेका लागि बजेट छुट्ट्याएको छ, हुलाकी मार्गमा नयाँ १० वटा सहर निर्माण गर्ने कुरा गरेको छ, विकासका थुप्रै काम जसले अगाडि बढाएको छ ऊचाहिँ मधेसविरोधी । अनि, त्यहाँ पल्लो घरको जनतालाई तल्लो जातको होस्, मेरो इनार छुन पाउँदैनस् भनेर हेपेर राख्ने सामन्तहरू मधेसका मसिहा ? म मधेसका मसिहाहरूलाई सोध्न चाहन्छु– ‘कमसेकम छिमेकका दलितहरूलाई घरभित्र लगेर पसाउन सक्छौ ?’ त्यहाँका जनतालाई दबाएर ठगेका भरमा आफ्नो सामन्ती वर्चस्व नभत्कियोस्, नहल्लियोस् भनेर ध्यान अर्कातिर फर्काइदिएर भनेका छन्– ‘केपी ओली मधेसविरोधी !’ केपी ओली हिमाल, पहाड, तराई, पूर्व, पश्चिम सबैतिरका, सबै जाति, भाषा, धर्म, संस्कृतिका, सबै पेसा, व्यवसायका जनता समृद्ध र अधिकार सम्पन्न हुनुपर्छ, देशको विकास हुनुपर्छ भन्ने मान्यता बोकेको मान्छे हो । यस्ता भ्रम फिँजाउने तŒवहरू छन्, साम्प्रदायिकहरूसँग होसियार ।
रुवान्डामा चार महिनामा १० लाख मान्छे मरे । कोही विदेशीले आक्रमण गरेको होइन, आपसमा मारामार । फाटेको कट्टु फेर्न सक्ने हालत छैन तर अटोमेटिक बन्दुक र गोलीका मालाचाहिँ शरीरभरि बोकेर हिँडेको छ । अधिकारका लागि बन्दुकका माला चुँडिन्छ । पेटचाहिँ पिठ्युँमा गएर टाँसिएको छ, त्यो भर्ने अधिकार दिँदैन । आधा केजी चामल दिँदैन । बन्दुकचाहिँ दिन्छ । किनभने, छिमेकी छिमेकीमा हानाहान गराउनु छ । देश बर्बाद गराउनु छ । आज सिरियामा के हुँदै छ ? क्षेत्रीय विद्वेष, संकीर्णता । हिमाली भेग र पश्चिमी भेग । तराई र पहाड । पहाड र मधेस । यो जात र त्यो जात । यी विभिन्न प्रकारका कुरा गरिँदै छ । यी गरिबी हटाउने कुराहरू होइनन् । सबै जातिका जनता अधिकार सम्पन्न हुनुपर्छ । सबैले छोराछोरी पढाउन पाउनुपर्छ । सबैले खान, लाउन, बस्न पाउनुपर्छ । सबैले औषधि उपचार पाउनुपर्छ । सबैले उन्नति प्रगति गर्न पाउनुपर्छ । यो वा त्यो नाममा आफूहरूमाथिका पोस्टमा टक्क दुईचारजना पुग्ने अनि तलका जनताको जीवनस्तर नउठ्ने हुनुहुँदैन ।
अन्नपूर्ण हिमाल, गंगापूर्ण हिमाल, माछापुच्छे« हिमालको फेदसम्म जोडिएको दुर्गम कास्की जिल्लाको साक्षरता ९६ प्रतिशत हुने अनि घरछेउ स्कुल भएको, बाटो कतै नछेकिने सर्लाही र महोत्तरीमा साक्षरता प्रतिशत कति छ ? किन त्यहाँको साक्षरता कास्कीको भन्दा आधा पनि हुँदैन ? ५० प्रतिशत पनि साक्षरता किन पुग्दैन ? त्यहाँ जागरण ल्याउनुपर्दैन ? बोक्सी प्रथा, दहेज प्रथाविरुद्ध अभियान चलाउनुपर्दैन ? त्यही अभियान चलाउला भनेर एमाले तराईमा आउन पाउँदैन भनिँदै छ । यस प्रकारका सामाजिक पछौटेपन प्रवृत्तिहरूलाई आजका युवाहरूले आ–आफ्नो ठाउँमा समाप्त पार्नुपर्छ ।
आज तराईका युवाहरूले तराईमा रहेको सामाजिक पछौटेपनलाई अन्त्य गर्न अगुवाइ गर्नुपर्छ, त्यसमा हामी सबैले सहयोग पु¥याउनुपर्छ । समाजिक अभियानहरूमा, समानताका अभियानहरूमा, न्यायका अभियानहरूमा, राष्ट्रिय एकताका अभियानहरूमा हामी जानुपर्छ । त्यो काम हामी गर्न सक्छौं । हामी युवाले गर्न सक्छौं भनेर सबै युवाले सोच्नुपर्छ । कसैले हामीलाई समृद्धि ल्याएर बाँडिदिनेवाला छैन । कसैले आएर हाम्रो देश विकास गरिदिनेवाला छैन । हामी आफैंले गर्नुपर्छ । त्यसमा पनि हामी देख्दै छांै– जे सम्भावनाहरू थिए, ती सम्भावनाहरूलाई भत्काउन खोजिँदै छ । जुन कुलोबाट पानी आउँदै थियो, त्यो कुलो भत्काउनेहरू धेरै देखा परिसके । अहिलेको सरकार भनेको त्यही कुलो भत्काउने सरकार हो । यस्तो अवस्थामा हामी युवा सजग र सतर्क हुनु जरुरी छ र दृढ अभियानका साथ अगाडि बढ्नु जरुरी छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply